२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समयमा उपचार नपाउँदा अछाममा सुत्केरीको मृत्यु

१७ आश्विन २०८१, बिहीबार ०८:४८

असोज १७, काठमाडौँ | समयमा उपचार नपाउँदा अछाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–६ की २९ वर्षीया सरिता देवी जैसीको उच्च रक्तस्रावका कारण ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार, गए राति करिब १२ बजे जैसीलाई सुत्केरी बेथा लागेको थियो।

परिवारका सदस्यहरूले उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना लैजाँदै गर्दा बीच बाटोमै बच्चा जन्मिएको थियो। बच्चा जन्मिएको केही समयपछि उनको रक्तस्राव सुरु भएको थियो। उनलाई स्वास्थ्य चौकी पुर्‍याइए पनि त्यहाँ आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान सल्लाह दिइएको थियो।


जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याउन करिब ७ घण्टाको समय लाग्दा, उपचार पाउनुअघि नै जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

अस्पतालमा ढिलो पुर्‍याएकाले मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिराज आचार्यले बताए।

यसअघि, बैतडीको पञ्चेश्वर गाउँपालिका–१ की १८ वर्षीया मनीषा घटालको पनि समयमा उपचार नपाउँदा मृत्यु भएको थियो। अत्यधिक रक्तस्रावका कारण उनले मृत बच्चा जन्माएकी थिइन्। पहिरोले बाटो अवरुद्ध भएकाले समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा मृत्यु भएको थियो।

सुदूरपश्चिममा हरेक वर्ष समयमा उपचार नपाएर सुत्केरी महिलाको मृत्यु हुने क्रम जारी छ। हेलिकप्टर उद्धारको व्यवस्था भए पनि सबैको पहुँचमा त्यो सेवा अझै पुग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ