२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पृथ्वी राजमार्गका दर्जन ठाउँमा पहिरो, जथाभावी ओभरटेकले घण्टौँ हुन्छ जाम

१७ आश्विन २०८१, बिहीबार ०९:१२

असोज १७, काठमाडौँ | गत शुक्रबार र शनिबारको बाढीले पूर्वी नेपाल जाने बीपी राजमार्गलाई बगाएर २ किलोमिटर सडक कामै नलाग्ने गरी क्षतिग्रस्त पारेको छ। काभ्रेपलाञ्चोक र सिन्धुलीमा भएको यस घटनाका कारण अहिले देशभरका सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा थपिएको छ।

बीपी राजमार्ग मर्मतसम्भारको प्रक्रियामा रहँदा, पूर्वदेखि पश्चिम नेपालसम्म जाने सबै सवारीसाधन त्रिभुवन र पृथ्वी राजमार्गमा पुगिरहेका छन्। यद्यपि, यी दुई राजमार्ग पनि दुरुस्त छैनन्। नागढुंगा क्षेत्रको झ्याप्ले खोला पहिरोले सडकको दुर्दशा गर्दै आएको छ, जसले ३५ जनाको ज्यान लिएको थियो।


ट्राफिक प्रहरीले हाल सवारीसाधन चालकहरूलाई पृथ्वी राजमार्ग प्रयोग गर्दा सचेत गराइरहेको छ। त्रिभुवन राजपथमा सडकका दायाँबायाँ ट्राफिक प्रहरी खटिएका छन्। तर, पहिरोले अस्तव्यस्त सडकमा चाकहरूले जथाभावी ओभरटेक गर्दा अरुलाई पनि सास्ती भोग्नु परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालका अनुसार, धादिङ भित्रका दर्जनभन्दा धेरै स्थानमा सडक क्षतिग्रस्त छ।

स्रोतका अनुसार, बिहीबार बिहान ९ बजे बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित कृष्णभिरमा करिब १४ फिट सडक भासिएको छ। अहिले उक्त भासिएको स्थानमा सवारीसाधन एकतर्फी सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ। सिलवालले अन्य स्थानहरूमा पनि सडक दुरुस्त नभएको उल्लेख गर्दै झ्याप्ले खोला, नागढुंगा-नौबिसे सुरुङ्ग मार्गको मुख, खत्रीपौवाको पुल, गणेश मन्दिर इलाका, बाहुन डाँडा, चारकिलो २ नं. नौबिसे, कमेरे, चिरौँदी र परेवा भिर लगायतका स्थानमा पहिरोका कारण सडक क्षतिग्रस्त भएको जानकारी दिए।

सार्वजनिक यातायातमा अत्यधिक चाप बढेको र पहिरोले क्षतिग्रस्त भएको राजमार्गमा लामो जाम हुने गरेका कारण सवारी चालकहरूले लेन अनुशासन पालना गर्नु आवश्यक रहेको सिलवालले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ