११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने सरकारको तयारी

१८ आश्विन २०८१, शुक्रबार ०८:५३

असोज १८, काठमाडौँ | सरकारले अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने तयारी गरिरहेको जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संसद्को पूर्वाधार समितिमा अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जानकारी दिएको हो। मन्त्रालयका सचिव केशवकुमार शर्माले खुर्कोटको सिन्धुली रामेछाप जोड्ने पुलमा बेलिब्रिज जडान सुरु गरेको बताए। फोक्सिङटार पुलमा भने तत्काल बेलिब्रिज जडान गर्न नसकिने जानकारी दिए।


यो पुलमा ८० मिटरको बेलिब्रिज आवश्यक पर्ने तर सरकारसँग ५० मिटरको पुल मात्र भएका कारण त्यहाँ का लागि चाहिने पुल झिकाउनु पर्ने हुँदा समय लाग्ने उनको भनाइ छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुल तथा सडक पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने बताए। 'सबैभन्दा धेरै समय बीपी राजमार्ग पुनर्निर्माणमै लाग्छ। १२ किमि सडक त नाम निशाना नै छैन,' उनले भने।

पूर्वमन्त्री प्रकाश ज्वालाले सडकमा अलपत्र परेका यात्रु उद्धारमा सरकारले ध्यान दिनुपर्ने बताए। 'गाडीभन्दा पनि मान्छेको उद्धार पहिले हुनुपर्‍यो। दसैँमा यात्रु सहज रूपमा घरजाने वातावरण बनाउनुपर्‍यो। तत्काल पुल बनाउन नसके पनि बेलिब्रिज लगाउनु पर्‍यो,' उनले भने।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो