By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    5 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    6 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    6 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दुबईको बुर्जखलिफा टावरमुनिबाट माननीय सांसदहरुलाई दर्दनाक पत्र
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दुबईको बुर्जखलिफा टावरमुनिबाट माननीय सांसदहरुलाई दर्दनाक पत्र
काठमाडौँ - KTMलेख

दुबईको बुर्जखलिफा टावरमुनिबाट माननीय सांसदहरुलाई दर्दनाक पत्र

साझासवाल
Last updated: November 18, 2016 4:31 am
साझासवाल
16 Min Read
Share

सम्मानिय माननीय सांसद ६०१ महोदयहरुमा सात समुद्र पारीको देश युएई (दुबई) रहेको बुर्जखलिफा टावर मुनिबाट पत्र कोर्दैछु । आशा छ, हजुरहरुले यो पत्र पढ्नुहुनेछ ।

सम्मानिय ६०१ सांसदज्युहरु, आराम हुनुहुन्छ होला ! म पनि दु:ख-सुख आराम नै छु, रातभरको १२ घन्टा डिउटी गरेर बसेको छु । अहिले मुलुकमा दुई पटक संविधान सभाको चुनाव भयो, सायद सन्सारमै यो पहिलो उदाहरण हो । जसबाट दोस्रो पटक भएको चुनावले बल्ल-तल्ल संविधान कुन चराको नाम रहेछ ? आम जनतालाई अनुभुती भयो । बिडम्बना जुन हर्सोउल्लास छाउनुपर्ने थियो आन्दोलन, हड्ताल, नाकाबन्दी र प्राकृतिक बिपत्तिले आक्रन्त आम मुलुकमा पार्यो । ती सबैलाई भुलेर अहिले चर्चा चलेको मान्य ६०१ सासदहरुको हाल बुझ्दै आएको ९७ हजार सेवा सुविधा तलबले महङ्गो आधुनिक जीवनशैलीमा त्यो प्रयाप्त थिएन र यहाँहरुको गहिरो पिडालाई मैले सुन्ने मौका पाए । अनलाइन समाचार फुर्सदमा हेर्ने मौका मिल्दा झट्ट “सांसदहरुको गुनासो १ लाख ६५ हजारले घर खर्च पनि पुग्दैन” भन्ने समाचारमा मेरो नजर गयो र तीन चार पटक दोहोर्‍याई तेहर्‍याई पढे र मनमा केही भावना उद्देलना आयो पत्र कोर्ने कोसिस गरे ।

पक्कै पनि हाल ९७ हजार तलब सेवा सुविधा २० बर्ष अघि बढेको रहेछ, ती समय धेरै कष्टकर जीवन-यापन हाम्रो मान्य सासदहरुले भुलेका छन् । त्यो मनमा मलाई पनि अनुभव भयो । अझै युरोप, अमेरिका तिर सरकारको सेवा, सुविधा संसद, सिनेट मेम्बरलाई उच्च छ जुन नेपालमा छैन । आज जुन मान्री सांसद भएर तपाईहरु ६०१ जना अहिले संविधानसभामा जनता र पाटीबाट मनोनयन भएर जानुभयो त्यो तपाईंको लागी महत्त्वपूर्ण छदैछ । हाल मासिक ९७ हजार सेवा सुविधा तलब लिने तपाईहरु शतप्रतिशत धनी काठमाडौवासी हुनुहुन्न, कोहि खोटाङ, कोहि जुम्ला, कोहि ताप्लेजुङ, कोहि गोर्खा, कोहि रौतहट, कोहि झापा, कोहि स्याङ्जाको हुनुहुन्छ । कतिपयको शैक्षिक योग्यता हेर्ने हो भने पनि अन्डर एसएलसि देखी केही डाक्टर पिएचडीवाला पनि हुनुहुन्छ तर सेवा सुबिधा तलबमान बराबर छ ।

आम जनता र मुलुकको लागि भनेर गाउँ-गाउँमा भोट माग्ने यहाँहरु मुलुक र जनताको जीवनस्तर उकास्न कस्तो सेवा सुविधा दिनुभएको छ ? यहाँहरुलाई बिमारी हुँदा सिङापुर, थाइल्यान्ड, लण्डन, अमेरिका, दिल्लीको अस्पताल छँदैछन् । करोडौं दोहन गरेर भए पनि सेवा सुविधा लिनुनै भएको छ ।

हुम्लाको एउटा प्रसव पीडामा छट्पटी गरिरहेकी महिला डाक्टर र अस्पतालको कल्पना गर्छ तर त्यसै अस्पताल र डाक्टरको अनुहार नदेखी मर्नुपरेको कैयन समाचार आईरहेका छन् । तपाईंहरुको सेवा सुविधाहरु प्राप्त गर्नु भएको नामवली पनि निकै देखेको छु । स्वर्गीय सुशील कोइराला १ करोड ६३ लाख, पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा ओलि १ करोड २६ लाख, रामकुमार प्रसाद साह ८० लाख, प्रथम राष्ट्रपति डा.रामवरण यादव ६० लाख (पछिल्लो समयमा अमेरिमा उपचारको लागि लगेको १ करोड पैसाको हिसाब नजोडी), झलनाथ खनाल ५५ लाख (फर्चौट हुन बाँकी) चक्र प्रसाद बास्तोला ५० लाख, नारायणकाजी श्रेष्ठ ३८ लाख, तुलसी गिरि २५ लाख, पुर्ण कुमारी सुवेदी २५ लाख, गोबिन्दराज जोशी २० लाख, खुमबहादुर खड्का २० लाख, हाल आएर जर्मनी नागरिक सँग बिबाह गरेर नेपाल मै बस्ने सुजाता कोइरालालाई हाल ५० लाख पैसा उपचारको नाममा उपचार सेवा सुविधा लिएको कुरा आम जनतामा छन् ।

पहिलो संविधानसभाको चुनावमा उपचारको खर्चको बील संसदमा पेस गर्दा कण्डमसम्मको बिल (जुन स्वास्थ चौकीमा सित्तैमा पाइन्छ) पेस गरेर भए पनि सेवा सुविधा पाउनु नै भएको छ । डोल्पामा सामान्य रुघाखोकीको कारण उपचार नपाएर ज्यान गुमाउनु परेको छ । मिर्गौला पीडित भएर, ब्लड क्यान्सर भएर सर्वसाधारण जनता गरीबीको कारण अस्पतालमा नै सुसाईट नोट लेखेर मर्नु परेको छ, खई त, सरकारले ५० रुपैयाँ पनि दिएको समाचार बाहिर अहिले कहिँ-कतै आएका छैनन् । सरकारले आफ्नो नागरिकको जिउ-धनको सुरक्षा गर्ने होईन र ? एउटा सोलुखुम्बुको मिर्गौला पीडित र काठमाडौको पिडितमा समान नागरिक अधिकार छैन र ? एउटा गाउँको गरिब जनताको छोरी र सांसदको ज्यान बराबर होईन र राज्यको यति धेरै किन विभेद ? होला मान्य सांसद र एउटा पाँचथरको लिम्बुको सन्तानमा जिम्मेवारी र हैसियत फरक होला ।

राजनीति आम गरिब जनताको लागि भनेर गर्ने अनि आफ्नो, आफन्त, व्यक्तिगत लाभ मात्रै लिने राजनीति कहिले सम्म गर्नुहुन्छ तपाइँहरु ?  माननीय सांसदज्युहरु, २०४६ साल पहिले प्रत्येक नेपालीको थाप्लोमा ६ हजार ऋण अहिले १९ हजार ऋण छ । अब तपाईको तलब ९७ हजारबाट १ लाख ६५ हजार हुँदै रहेछ खुसी लाग्यो, अझै अलिक तपाईंहरुले भने जस्तै १ लाख ६५ हजारले त घर खर्च धान्न नै मुस्किल छ त्यो पैसाले हामीले के गर्ने ? तपाईहरुको गहिरो आक्रोशको म पनि सहमत छु । तर नेपाल, नेपालीको बार्षिक आय आम्दानी कति छ ? जनता के चाहन्छन् ? कहिलै मुल्यांकन गर्नु भएको छ ? तपाईंहरुको आवस्यकता अनुसारको नेपाल, नेपालीको समृद्धि बिकासको काम अहिलेसम्म कति गर्नु भयो ? कति वटा कलकारखाना स्थापना गर्नुभयो ? कति वटा हाइड्रोपावर निर्माण भए ? सडक संजाल कति बिकास भए ? मुलुकमा रोजगारको व्यवस्था कति गर्नुभयो ? स्वास्थ्य सेवा कति आम सर्वसाधारणमा पुर्‍याउने काम भयो ? शिक्षाको स्तर कति विकसित र सर्वसुलभ बनाउने काम भयो ? पर्यटन, व्यापार, खेलकुद, संस्कृतिको कति व्यवसायीकरण भयो कहिले मुल्यांकन गर्नु भएको छ ?

तपाईंहरुलाई आफ्नो सन्तान छोराछोरी बिमारीले छट्पटी हुँदा पिडा कतिको हुनेगर्छ ? त्यो राम्रोसँग थाहा छ नि ! यसैगरी नेपाल-नेपालीहरु पनि आफ्नो छोराछोरी, सम्पत्ति हुन् भन्ने सम्झेर कहिलै उनीहरुको समृद्धिको लागि लाग्नुभएको छ ? धेरै प्रश्न छन् जुन मनमा यहाँ तपाईंहरुलाई सोध्न मन लागेको । हिजो गाउँमा हलो-कोदालो गरेर हिड्ने तपाइँहरु अहिले सांसदहरु हुनुहुन्छ, पहिला सुबिधा नपाउँदा तपाइले आफ्नो मासिक खर्च कसरी धान्नुहुन्थ्यो ? अब तपाइको स्थिति बदलियो, खान-पान बदलियो, सहरमा महल चाहियो, फलानो मन्त्रीको वा फलानो उद्योगीको भन्दा ठूलो स्टाटस चाहियो होला हैन ? शुन्यतामा राम्रो सुविधा सबैको चाहना हुन्छ तर घाँटी हेरि हाड निल्नुपर्छ भन्ने नेपाली उखानको ध्यान कहिलै तपाईंहरुको जान्छ ? यो समाचार बाहिर आएपछि निकै तपाईंहरुको विचार प्रति टीका टिप्पणी नभएको होईन । उल्लेख्य रूपमा तपाईंहरुले हालसम्म नेपाल र नेपालीहरुको लागि गरेको योगदान कति छन ? माथिल्लो बहुउद्देश्यीय जलविद्युत कौडिको भाउमा भारतलाई, फास्ट ट्रयाक महङ्गोमा भारतलाई, महाकाली, कोशि, टनकपुर, कालापानी भारतलाई सुम्पेको होइनन् र ? किन तलबमा तपाईंहरुको खरो कुरा उठाउनु भयो ? अहिले जनता तपाईंहरुको विभिन्न नैतिकताहीन कामले गर्दा आजित भए अहिले जनता तथा पीडित पक्षले सामाजिक संजाल फेस बुक, ट्विटर अनलाइन समाचारबाट खरो आलोचना गर्ने काम सुरुवात भएको छ । किन भयो ? यो सबै कुरा ? जनता आजित भए अब कति सहनु ?  कसरी सहनु ? आखिर कहिलेसम्म सहनु ? तपाईंहरुलाई १ लाख ६५ हजार पैसा ३० दिन घर खर्च चलाउन गाह्रो भयो । तर आज ८० लाख नेपाली युवाहरू वैदेशिक रोजगारमा भारत, मलेसिया, गल्फमा छन्, जसमा ५ प्रतिशत मात्रै अलिक राम्रो र दक्ष काममा छन्, उनीहरुको तलब पनि सोही किसिमको छ । बाँकी सबैले १५ हजार नेपाली देखी ५० हजारमा चित्त बुझाउनु परेको छ । त्यो पनि आफ्नो देश र परिवारसँग छुट्टिएर बस्दाको पीडा तपाइँहरुलाई के थाहा ?

म एउटा डिपिएस सेकुरिटी गार्ड हुँ । म दुबई बुर्जखलिफा टावरको मुनि कार्यरत छु । दुबई एउटा हाई टेक्नोलोजी प्रयोग गरेको र सिस्टममा चलेको मुलुक हो । मेरो बेसिक तलब १२०० दिराम हो र २८ दिन १२ घन्टा काम गरेपछि कहिले १६१५ त कहिले १७८२ दिराम पाउने गर्छु । म दुबई आउनको लागि नेपालमा २ लाख ७२ हजार पैसा मेनपावरमा तिरेर आएको हुँ । फ्री भिसा र फ्री टिकेटमा त्यति पैसा तिरेर आएको मैले दुबई पुलिसबाट १ हप्ताको डिपिएस ट्रेनिङ, क्लास, गरेर मौखिक २०, लिखित २० र टिकमार्क ६० नम्बरको परिक्षा दिनुपर्ने र फिजिकल २४ पटक पुसअप र २४ पटक सेटअप गर्नुपर्छ । परिक्षामा लिखित, मौखिक, टिकमार्कबाट ६० नम्बर ल्याउनुपर्ने र फिजिकल सेटअप, पुसअप २४/२४ गरे पछि मात्रै सेकुरिटीमा काम पाइन्छ । सुरुमा कम्पनीले एडभान्स पैसा दिदैन र दिएन पनि बल्ल पास भयो अनि काम गर्ने ठाउमा पनि क्लाइन्टले अन्तर्वार्ता लिन्छ र पास भयो भने मात्रै डिउटी पाउने यो सबै गरेर १२०० को लागि म काम गरेर साहुको लाखौं छप्के व्याजमा आए । मैले मेरो ५५ बर्षको बुबा आमा, भाइ बहिनीलाई छोडेर आएको छु ! र घरमा मैले बिहान-बेलुका दुई छाक खाना खान र सालमा एक सरो कपडा लाउन चाडवाडमा मासु खानको लागि घरखर्च मिलाईरहेको छु । यो त एउटा मेरो उदाहरणमात्रै हो, म जस्तो लाखौं दाजुभाइ, दिदीबहिनीको आ-आफ्नो व्याथा छ ।

हामी बिदेशमा बस्नेलाई कति हेप्छन, कुट्छन, पेल्छन, ठेल्छन, रुँदै, भोकै दुई पैसाको लागि रगत पसिना बगाएर महिनामा आईएमई गर्छौं, त्यो रेमिटेन्स पनि हुन्डीबाट पो पैसा जानेरछ । कानुनी हिसाबले मुलुकलाई पनि दुई पैसा होस् र भरपर्दो भएर पैसा घरमा पाओस् भनेर रेमिटेन्स आईएमई गरेको पनि कस्तो राम्रो तपाईंहरुको संयन्त्र । फ्री भिसा र टिकटमा मात्रै बिदेश जान पाउने तर मेनपावरलाई लाखौं नबुझाई कसरी आउन पाउनु ? उनीहरुको पनि आ-आफ्नै अस्वस्थ प्रतिस्पर्धा छ र महङ्गोमा भिसा किनेर आफू खानु पर्ने, अफिस, स्टाप, सबैतिर मिलाउनु नै पर्ने अनि बल्ल पठाएको पैसा पनि हुन्डीबाट बल्लतल्ल पाउने अनि त्यो नै समयन्त्रको प्रमुख यहाँहरुलाई हामीले कहिले सम्म लाखौं लाख दिएर पाल्न सक्छौं ?

हामी बिदेशमा बस्नेले धेरै आश भरोशा राखेका हुन्छौं, बिदेशमा हुँदा मुलुकको मायाँ कति लाग्छ भन्ने कुरा त्यो बिदेशमा बसेर मुलुकको कल्पना गर्नेलाई मात्रै थाहा हुन्छ । बिदेशमा हामीले गर्दा हजारौं महल, अत्यधुनिक सडक, बिकास निर्माण भएको छ । हामिलाई एउटा सपना हुन्छ, कुनै दिन हामी पनि आफ्नो मातृभुमीमा बिदेशमा भएको सीप, ज्ञान, योग्यता प्रयोग गरेर मुलुकलाई समृद्धशाली बनाउने र आफ्नो जीवनसाथि, आमाबुबा, भाइबहिनी भन्टाबारीङ्भुण्टुङ संगै रहेर स्वदेशमै बस्ने एउटा काल्पनिक सपना बोकिरहेका हुन्छौं तर कहिले तपाईंहरुले हाम्रो बिदेशमा गएको आम युवाहरूलाई अब नेपालमै रोजगार दिने र बिदेशमा सिकेको अनुभवलाई लिएर नयाँ समृद्ध नेपाल बनाउने भनेर कल्पना सम्म गर्नुभएको छ ?

एउटा सियो नबन्ने मुलुकमा अब सम्पन्नशाली अमेरिकी, युरोपको सांसद, मन्त्री, कर्मचारीले पाउने सुविधा खोज्न अलिकति पनि लाज-सरम लागेन है तपाईंहरुलाई ? हुन त लाज भाको भएत किन यस्तो हुन्थ्यो नि ?

विश्वमा अन्यत्रको शासकलाई हेर्दा भियतनामको होची मिन्हले राष्ट्रपति हुँदा सात ठाउँमा टालेको कोट र टायर चप्पल लगाएर उनी राष्ट्रपति घोषणा भएका थिए । हाल निर्वाचित ४५ औं अमेरिकी डोनाल्ट ट्रम्पले कहिले पनि एक डलर पनि तलब नलिने घोषणा गरेर जनताको लागि एउटा उदाहरण बने । नेपाल भन्दा ६५ गुना ठुलो चीनको राष्ट्रपति सि जिङ पिङ सन्सारको सबैभन्दा गरिब राष्ट्रपति मानिन्छन् । के तपाईंहरुले पनि यी राज्यको ढुकुटी दोहन बन्द गरेर हालको तलबलाई मासिक ५ हजार, १० हजार गर्दा के बिग्रन्छ ? धर्ती फुट्ने आकाश खसिहाल्ने त होईन होला नी ? सम्झनुस त माननीयज्युहरु, एक दिन तपाइले पनि मर्नैपर्ने हैन ? 

निजामतीको तलब अघिल्लो सरकारले २५ प्रतिशत बढायो के आम नेपाल नेपालीहरुको आर्थिक हैसियत तलब तपाईंहरुको सेवा सुविधा बढाउनु भएझैं आजसम्म कहि कतै नेपाल र नेपालीको आर्थिक, सामाजिक स्तर पनि बढाउनु भएको छ ? राजनीति कस्को लागि र किन गर्नुहुन्छ ? आखिर मुलुक, जनताको लागी होईन ? खैत त्यो भावना ? अब घर चलाउन मासिक १ लाख ६५ ले धौधौ भए मान्य सासद जिउ अब नेपाल सरकारले २४ घन्टामा १५ हजारमा पासपोर्ट दिने गरेको छ । जसको सुविधा राम्रो हुन्छ भारत जान पासपोर्ट चाहिनन सिक्किम बाहेक । मलेसिया ५० हजार देखि २ लाख, गल्फमा ५० हजारदेखि देखि ७ लाख लाग्छ, राम्रो कमाई हुन्छ । आउनुहोस् संगै कमाउला र मिलेर घरबार चलाउला माननीय सदस्यज्युहरु ।

दुबईमा डिपिएस सेकुरिटीमा २ लाख ५० हजार, पिएसबिटिमा ४ लाख अहिले बढेर डिपिएसको लागी ४ लाख पिएसबिटिको लागि ७ लाख लाग्ने मेनपावर दलालले भन्न थालेका छन् ।

हिजोसम्म बिजुलि माग भन्दा धेरै आवश्यकता देखाउदै एमाले, काङ्ग्रेसको युनियन भ्रष्ट, भरौटे कर्मचारीले लुटेर खाईरहेको रहेछन् जब प्राधिकरणको हाकिममा कुलमान घिसिङको आवागमन भयो, १८ घन्टाको लोडसेडिङ शुन्यमा झारेर तपाइँहरुमध्ये कतिपय सांसद तथा मन्त्रीहरुको निद हराम भएको होला है ?

एउटा सामान्य कर्मचारीले सर्बोच्च अदालत, प्रधानमन्त्री, कानुनलाई लत्याउदै नवराजा हुन्छन् लोकमान सिंह कार्की जस्तो कर्मचारी तपाईंहरुले चुनेको होईन ? अनि केको लागि अब लाखौं तलब तपाईंहरुलाई अब राज्यको ढुकुटी दोहन गर्ने ? मुलुकमा १ हजारको लगानी नभएको मान्छेलाई लखपति, करोडपती बनाउने माननीय सदस्य आफ्नो अनुहारलाई ऎनामा हेर्नुभएको छ ?

सक्नुहुन्छ भने माथिल्लो कर्मचारीको तलब सेवा-सुविधा कटौती गर्नुस । अहिलेसम्म सबैले तलब सुविधाहरु मुलुकले हिजो ४६ सालमा ६ हजार ऋण अहिले १९ हजार प्रत्येक नेपालीको थाप्लोमा पुर्‍याउने काम गरे तर कहिले १९ हजार ऋणलाई प्रत्येक नेपालीको भागमा १९ हजार नाफा दिने काम भएनन् बरु सकिन्छ भने हालको तलब घटाउने काम गर्नुस् न माननीय सदस्यज्युहरु ! जनताले तपाईंहरुलाई सम्बोधन गर्नेछन् जस्तो नेपाल बिधुत प्राधिकरणको कुलमान घिसिङ, चिकित्सक क्षेत्रको डाक्टर गोबिन्द केसि, नेपाल प्रहरीको सर्वेन्द्र खनाल र रमेश खरेल जस्तो नाम जनताले कहिलै भुल्नेछैन । ति महापुरुषहरुलाई कोहि माईकललालले छुन मात्रै खोजुन् न अब जनताले सहेर बस्ने छैनन् । उनीहरुको नाङ्गो पारेर सात पुस्तालाई सम्झना हुने हिसाबले कार्वाही जनताले गर्नेछन्, अब विचार राम्रो पुर्‍याउनु होला । मुलुकको लागी राजनीति गर्ने तपाईहरु भारतमा खर्बौ पैसा राख्ने, त्यो पैसा किन नेपालमा राख्नुहुन्न ? कस्को लागि केका लागि पैसा राख्नुभएको हो ?

आज नरेन्द्र मोदिले कालोधन माथीको गतिलो कार्वाहीमा त तपाईंहरु पनि पर्नुभयो नि होइन ? माफिया, तस्करी, घोटाला, राज्यको ढुकुटीको दोहन गर्ने, गुण्डागर्दी, चोरी-डकैती, लुटपाट गर्ने, हुन्डी कारोबार, दुई नम्बरी तस्करी, मान्छे मार्ने, पैसाको आडमा आफ्नो स्वार्थसिद्ध गर्न आन्दोलन, हडताल गर्ने को हो ? माननिय सदस्यहरु नै होईन ? आखिर कहिले सम्म ? माननीय सासद सदस्यज्यु, यहाँहरुलाई खान र लाउन नै अति कष्टकर भएको हो भए तपाइँहरुको दुई जनासम्मलाई म मेरो घर उदयपुरमा बिहान बेलुका दुई छाक खाना खुवाउन सक्छु । सालमा सामान्य किसिमको एक च्यात्रो कपडा लगाईदिन सक्छु । त्यहाँ गएर बस्नुस् तर तपाईंहरुलाई तारे होटलमा खाना खुवाउन, सेमिनार, ड्रेसअप गर्न भने सक्दिन । 

धन्यवाद माननीय सांसदज्युहरु । भुल भए माफी चाहन्छु ।

उहीँ परदेसी 

हेम चन्द्र राई 

युएई (दुबई) बुर्जखलिफा टावरको मुनिबाट  

Share This Article
Facebook Email Copy Link Print
Previous Article बाग्लुङमा भिरबाट लडेर एक किसोरीको ज्यान गयो
Next Article १२ महिना १२ दिने कामको प्रसंसा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

प्रधानमन्त्रीमाथि प्रश्न: ‘कसरी खानेपानी मन्त्रीभन्दा अयोग्य भए विष्ट ?’

57 years ago
अछाम - ACMकन्चनपुर - KNCकाठमाडौँ - KTMकैलाली - KLLडडेलधुरा - DDLडोटी - DTबझाङ्ग - BJNबाजुरा - BJRबैतडी - BTDसमाज

सुदूरपश्चिम प्रदेश: तीन हजार ९१७ को नमूना नेगेटिभ

57 years ago
काठमाडौँ - KTMस्वास्थ्य

कोरोना सङ्क्रमण र मृत्युदर घट्दै, कति छन् सक्रिय संक्रमित ?

57 years ago
काठमाडौँ - KTMसमाज

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?