2026-09-22 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यात्रूहरुले बुद्ध एयरको आपतकालिन ढोका खोलिदिंदा उडान सुरक्षामा चुनौति

अक्टुबर ७ का दिन नेपालगञ्जबाट काठमाडौं र विहीबार फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोले

काठमाडौं । वडादशैंमा यात्रुहरुको चाप बढिरहेका बेला विगत केही दिनदेखि यात्रुले हवाइजहाजका इमरजेन्सी डोअर(आपतकालिन ढोका) खोलेका घटना सार्बजनिक भएका छन् ।
वुद्ध एयरमा यात्रा गरिरहेका केही यात्रुले आपतकालिन ढोका खोलेपछि एयरलाइन्सले आपत्ति प्रकट गरेको छ । बुद्ध एयरका अनुसार अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाडौं आउँदै गर्दा एक यात्रुले आपतकालिन ढोका खोलेका थिए ।

त्यस्तै अक्टुबर ७ का दिन नेपालगञ्जबाट काठमाडौं र विहीबार फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोलेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए ।
उडान प्रक्रियालाई नै अवरुद्ध पर्नेगरी ढोका खोलेपछि उडान तालिकालाई थप प्रभावित बनाएको उनको भनाइ छ । मैदानमै रहेको जहाजको ढोला यसरी खोलेको दश दिनको दौरानमा तेस्रो घटना भएको उनले जानकारी दिए ।

विहीबार बिहान जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो । आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् ।

तर आपतकालिन अवस्थाबाहेक ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्याउने संभावना रहेको प्रवक्ता कर्णको भनाइ छ ।
विहीबार विहान भने विराटानगर विमानस्थलमा यात्रुले आपतकालिन ढोला खोलेको उनले बताए । उक्त जहाज हाल टेक्निकल टीमले चेकजाँच गरिरहेको छ । यात्रुहरुले भने बुद्ध एयरको जहाजमा समस्या आउने गरेको बताएका छन् ।

बुध्द एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको उनले बताए । हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजायँ हुने प्रावधान रहेको प्रवक्ता कर्णले जानकारी दिए ।

उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् । हाल घटेका तीनवटा घटनामा संलग्न यात्रुहरु सामान्य अवस्थाका रहेको बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो