2026-09-21 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै

काठमाडौं । गत कार्तिक १ गते बिहीबार बाराको प्रसौनी गाउँपालिकास्थित नहरको डिलमा मृत अवस्थामा भेटिएका वीरगञ्जका युवक २६ बर्षीय बरेन्द्र साह सोनारको हत्यामा संलग्न मुख्य अभियुक्त भनिएकालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

उनको हत्यामा संलग्न रहेका मुख्य अभियुक्त भारत रक्सौल निवासी बिजय गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । गुप्तालाई मंगलबार राति पर्सा वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाबाट पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

पक्राउ परेका गुप्ता नै घटनाको मुख्य अभियुक्त भएको भनि प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । मृतक सोनारकी श्रीमती मनिषा देबी पनि सोधपुछको लागि प्रहरी हिरासतमै रहेको सापकोटाले बताए ।

‘घटनाको मुख्य अभियुक्त विजय नै हुन्। उनलाई पक्राउ गरिसकेका छौं। अझै थप अनुसन्धान गर्न बाँकी नै छ, ‘ उनले भने, ‘मृतककी श्रीमती पनि प्रहरी नियन्त्रणमा नै हुनुहुन्छ ।’ सोनारको शव भेटिएको दिन नै प्रहरीले मनिषालाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो ।

मृतक सोनारको घरमा डेरा गरि बस्ने बिजय र वीरेन्द्र गत असोज २७ गते आइतबार साँझ साढे ५ बजे बारास्थित मुसहर्वामा लागेको मेलमा हेर्न गएका थिए ।

सोही राति साढे १२ बजे विजय मेलाबाट फर्केको तर वीरेन्द्र नफर्केपछि परिवारजनले खोजी गरेका थिए । तर सोनारको शव कार्तिक १ गते बिहीबार नहरको डिलमा भेटिएको थियो ।

यसबीचमा बिजय घरबाट फरार भएका थिए । शव भेटिएपछि मृतक सोनारका परिवारजनले बिजयले नै हत्या गराएको आरोप लगाएका थिए ।मृतकका दाई सुरेन्द्रले बुहारी मनिषाले बिजयसित भाइको बारेमा सोधपुछ गर्दा उल्टै बिजयको बचाउ गरेको बताएका थिए ।

जसका कारणले बिजय र मनिषाकै मिलेमतोमा आफनो भाइको हत्या भएको सुरेन्द्रको आशंका छ । वीरेन्द्रको घरमा डेरा गरि बस्ने विजयको मनिषासित बिबाहेतर सम्बन्ध रहेको परिवारजनको भनाइ छ ।

सोही कारणले वीरेन्द्रको हत्या विजयले नै गरेको हुनसक्ने भन्दै परिवारजनले घटनाको सुक्ष्म अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउनु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो