११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चौकीमा पार्किङमा राखेको प्रहरीकै मोटरसाइकल चोरी

११ कार्तिक २०८१, आईतवार १५:०२

काठमाडौं । मध्यप्रदेशको जबलपुरमा चोरहरुको हिम्मत यति बढेको छ कि अब उनीहरुले प्रहरी चौकी बाहिर पार्क गरिएको प्रहरीकै मोटरसाइकल चोरेका छन् । यस घटनामा अचम्मको कुरा के छ भने प्रहरीलाई आफ्नै विभागमा सवारी चोरी मुद्दा दर्ता गर्न करिब १० दिन लागेको छ ।

जानकारीका अनुसार यो घटना अक्टोबर १५ मा जबलपुरको संजीवनी नगर थाना क्षेत्रको धन्वंतरी नगर प्रहरी चौकी बाहिर भएको हो । प्रहरीको चिता बाइक चौकीबाहिर पार्किङ गरिएको थियो, त्यही क्रममा एक युवक त्यहाँ पुगे र प्रहरीसँग कुरा गरे ।

त्यसपछि मौका मिल्ने बित्तिकै मोटरसाइकल लिएर भागेका थिए । केही समयपछि प्रहरी चौकीबाहिर पार्किङ गरेका सवारीसाधन हेर्दा चिता बाइक हराइरहेको पाए । यसपछि तत्कालै बाँकी कर्मचारीलाई सोधपुछ गरियो तर बाइकको बारेमा कसैलाई जानकारी थिएन ।

प्रहरीले पहिले उक्त क्षेत्रमा मोटरसाइकल खोज्यो, त्यसपछि प्रहरी चौकी वरपर जडान गरिएका सीसीटीभी क्यामेराहरू जाँच्न थाले। क्यामेरामा एक युवक देखियो, जो बाइक लिएर हिडिरहेको देखियो । यसपछि प्रहरीले उक्त क्षेत्रमा रहेको सीसीटीभी फुटेजको सहयोगमा युवकको पहिचान गर्ने प्रयास गरेको थियो ।

मोटरसाइकल चोरीको यो घटनामा प्रहरीले करिब दश दिनपछि मुद्दा दर्ता गरेको छ । अहिले चोरीको एफआइआर दर्ता गरी युवकको खोजी सुरु गरिएको छ । यस घटनामा मोटरसाइकल चोरी गर्ने युवक मानसिक रूपमा अस्थिर रहेको र उनको पहिचान भइसकेको प्रहरीले जनाएको छ । छिट्टै आरोपीलाई पक्राउ गरी चोरीको मोटरसाइकल बरामद गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु