२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च

२०८१, १२ कार्तिक सोमबार १७:१९

काठमाडौं | काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएपछि एयरपोर्टमा सुरक्षा सतर्कता बढाइएको छ ।

सोमबार अपरान्ह दिल्ली उड्न लागेको उक्त जहाजमा बम रहेको सूचना आएपछि अहिले नेपाली सेना र नेपाल प्रहरीले संयुक्त सर्च थालेका छन् । उक्त जहाज सवा ३ मा त्रिभुवन विमानस्थल अवतरण भएको थियो ।

पौने ४ बजेको उडान रहेको उक्त जहाजमा केही यात्रु चढेपछि उडान रोकेर चेकजाँच भइरहेको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए ।

उनले भने, ‘एयर इन्डियाका कर्मचारीले नै जहाजमा बम भएको सूचना आएको जानकारी दिएपछि उडान रोकेर चेक भइरहेको छ । एयर इन्डियाले १५९ जना यात्रु लिएर दिल्ली जान लागेको थियो ।’

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौं अवतरण गरेको भिस्तारा एयरलाइन्सको विमानमा बम राखिएको सूचना आएको थियो । २-३ घण्टाको सर्चपछि बम राखिएको सूचना फेक भएको पुष्टि भएको थियो ।

पछिल्लो समय भारतीय एयरलाइन्सका जहाजमा बमको फेक सूचनाले उडानहरू प्रभावित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार