१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तिहारको तिथि : आज बिहान कुकुर तिहार, साँझ लक्ष्मी पूजा

१५ कार्तिक २०८१, बिहीबार ०८:२३

काठमाडौं । तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा गरिँदै छ । यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि तेस्रो दिन पर्न गएकाले आजै कुकुरको पूजासमेत गरिँदैछ ।

आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा कुकुरले यमलोक जाँदा बाटो छोडिदिने विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ ।

आजै, घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो ।

आज साँझ युवतीले समूह बनाई घरघरमा भैली खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलीराजालाई दिनुभएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ ।

आज भैली खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी उपहार दिइन्छ । यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ईपीएस मार्फत कोरिया रोजगारमा जाने हवाई भाडा शुल्क घट्यो, अब ४८ हजार ६ सय त्रिभुवन विमानस्थलमा स्वास्थ्यमन्त्री पौडेलको आकस्मिक बैठक मलेसिया रोजगार: सिन्डिकेट बाहिरका मेडिकलबाट स्वास्थ्य परीक्षण गराउँदा पनि भिसा जारी हुँदै अमेरिका पठाउने भन्दै ५९ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित) ‘लाज शरणम्’ फिल्मका तीन पोस्टर सार्वजनिक ओलीमाथि भीम रावलका आरोपैआरोप, ७४ बुँदे प्रश्न (पूर्णपाठ) राज्यमन्त्री चौधरीविरुद्धको मुद्दाको निर्णय आज नसुनाइने, सर्‍यो निसु एकीकृत समाजवादीसँग एकताको समझदारी भएको छ: वामदेव गौतम दीपेन्द्रसिंह ऐरीलगायत सबै नेपाली खेलाडीको आईसीसी वरीयता खस्कियो भीम रावलले मातृभूमि जागरण अभियान चलाउने अन्नपूर्ण क्षेत्रमा पर्यटककाे नयाँ रेकर्ड वामदेव फेरि आलोकनगरमा, माधवसहित नेकपा एसका ७ नेता वार्तामा १३ वर्षीया बालिका बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ मुकुल ढकाललाई पार्टीमा पुनर्बहालीको माग गर्दै दुई प्रदेश सभापतिले दर्ता गराएको पत्रमा के छ? एमालेले सदस्यता नै खोसेपछि विकल्प खोजेँ : भीम रावल पत्रकार सम्मेलनमा रावलले के भने ? आजदेखि जन्मेको पुस्ताले पाउनेछन् नयाँ नाम ‘जनरेशन बिटा’ ! पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ