हेटौंडा | मकवानपुरमा करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको गन्याधुरा गाउँपालिका-१ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय पदमबहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
उनका अनुसार भीमफेदी–८, दोभानमा फास्टट्र्याक (द्रुतमार्ग)को बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको निधन भएको हो ।
उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो ।