१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौंमा यसरी गरियो छठ समापन (फोटो फिचर)

२३ कार्तिक २०८१, शुक्रबार ०९:१३

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न भएको छ ।

काठमाडौंवासीले पनि आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरेका छन् ।

काठमाडौंका थापाथली, गौरीघाट, कमलपोखरी र रानीपोखरीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिएको हो ।

त्यस्तै, बागमती किनारमा भेला भएका व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिए । छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।

व्रतालुहरु कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ ।

यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला–पुरुषले पति–पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर–वधु प्राप्तिको कामनाका लागि गर्छन् ।

छठ पूजाले सन्तान प्राप्ति हुने धार्मिक विश्वाससमेत व्याप्त छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको बताइन्छ ।

विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौंलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु