१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा:हालसम्म १८९ जनाको उद्धार

२४ कार्तिक २०८१, शनिबार ०८:४१

धादिङ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार ६ जनाको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धारयात्रा सुरु भएको हो ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा शुक्रबार गोरखाबाट १ जना, तनहुँबाट १ जना, चितवनबाट २ जना, र धादिङको गजुरी गाउँपालिका–५ बाट २ गरि ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु उद्धार गरिएको हो ।

शुक्रबार उद्धार हुनुभएका ६ जनालाई मानवसेवा आश्रम काठमाडौंँको रानीवनसेवाकेन्द्रमा संरक्षणका लागि राखिने भएको छ ।

असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २६ औँ दिन धादिङको गजुरीसम्म आइपुग्दा १८९ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उद्धार गरिएका १४६ जना पुरुष र ४३ जना महिलाको संख्यामध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।

राष्ट्रिय उद्धार टोली शुक्रबार गोरखा हुँदै तनहुँ, चितवन, धादिङका सडकपेटी रहनुभएका सहयोगापेक्षी मानवहरुको उद्धार सेवामा खटिएको हो ।

साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोलीले शुक्रबार २६ दिनको यात्रालाई बिट मार्दै शुक्रबार नै उपत्यका प्रवेश गरिसकेको छ भने शनिबारदेखि काठमाडौँ उपत्यका सडकपेटी तथा सार्वजनिक स्थानमा रहनुभएका सडकआश्रित मानवहरुको उद्धार सेवामा रहने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु