2026-09-21 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ?

काठमाडौं । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले यस वर्षको उत्कृष्ट करदाता घोषणा गरेको छ ।

शनिबार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९–८० मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो ।

सबैभन्दा बढी कर तिर्नेमा आयकरतर्फ नेपाल टेलिकम, बैङ्क तथा वित्तीय संस्थातर्फ नबिल बैंक र वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट रहेको छ ।

एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि निर्याततर्फ कोडावतार टेक प्रालि, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पतञ्जलि आयुर्वेद, बैङ्क तथा वित्तीय संस्थातर्फ नबिल बैङ्क, स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, ऊर्जातर्फ भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनि ट्रान्सफर, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमिततर्फ होङ्सी सिमेन्ट र विशेष उद्योगतर्फ वरुण वेभरेज रहेको छ ।

यस्तै ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने सोल्टी इन्टरप्राइजेज रहेको छ । यसरी छानिएका व्यक्ति तथा संस्थाहरूलाई अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट करदाताको प्रमाणपत्रसहित सम्मानित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो