१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन

१ मंसिर २०८१, शनिबार १५:१७

काठमाडौं । आम जनता पार्टी काठमाडौं उपत्यका विशेष कमिटिले सरकारले मनपरी रुपमा कर लिएको भन्दै विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले मनपरी कर आतंक बन्द गर्न माग गरे ।

शनिबार काठमाडौंको शान्तिवाटिकामा कर आतंक बन्द गर, जनताले तिरेको कर कहाँ छ ? भन्ने नाराका साथ प्रदर्शन गरेका हुन् । सोही क्रममा आम जनता पार्टीको केन्द्रीय सचिव देवी पण्डितले सरकारको करका कारण व्यापारीहरु धरासाही अवस्थामा पुगेको भन्दै यसलाई रोक्नको लागि आवाज उठाएको बताइन्।

उनले भनिन्, ‘आजको कार्यक्रमको मुख्य उद्देश्य भनेको व्यापार व्यवसायमा लगाइएको ‘अनावश्यक कर घटाउ, अर्थतन्त्र बचाउ’ भन्ने हो । व्यापार व्यवसायमाथि तीनै तहको सरकार मिलेर कर लगाइरहँदा व्यापारीहरु धरासायी अवस्थामा पुगेका छन् । त्यसैले पार्टीले कर विरुद्ध अथवा यसलाई रोक्नको लागि आवाज उठाएका हौं ।’

यस्तै, उनले व्यापार गर्नको लागि सहज वातावरण निर्माण होस र करको कारणले व्यवसाय छोडेर विदेश जान नपरोस भनेर यो आन्दोलन गरेको भन्दै यस्ता कार्यक्रमहरु पार्टीले अगाडिदेखि नै गर्दै आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु