2026-08-19 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रदर्शनको आठौं दिनसम्म कति कमाए ‘अञ्जिला’ र ‘आउट ल’ले?

काठमाडौँ | ‘अञ्जिला’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । राष्ट्रिय महिला टिमकी फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको संघर्षको कथामा आधारित यो फिल्मको कलेक्सन आफैमा उत्साहजनक हो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा प्रदर्शनको आठौं दिन विहिबारसम्म फिल्मको कूल ग्रस कमाई (टिकट बिक्री) २ करोड ७० लाख रुपैयाँ छ ।

यो सप्ताहन्त र आउँदो सप्ताहन्तमा पनि ठूला फिल्म नभएकाले ‘अञ्जिला’लाई कमाइमा लाभ मिल्नसक्छ किनभने यसको ‘वर्ड अफ माउथ’ बलियो छ । यो सप्ताहन्तमा मिलन चाम्स निर्देशित फिल्मले सजिलै ३ करोडको आँकडा पार गर्ने निश्चित छ ।

अर्कोतर्फ, सुशिल श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘आउट ल’ले प्रदर्शनको आठौं दिनसम्म घरेलु बक्सअफिसमा १ करोड ग्रस हाराहारीमा कमाइ गरेको मन्त्रालयको बक्सअफिसमा उल्लेख छ । उत्कृष्ट एक्सन फिल्मको रुपमा यसले प्रतिक्रिया पाइरहेकाले यो फिल्मको कमाइ आगामी दुई सप्ताहन्तमा वृद्धि हुनसक्छ ।

चैत १५ गते शुक्रबार अर्को नेपाली फिल्म ‘डोरी’ र १७ गते आइतबार सलमान खान स्टारर बलिउड फिल्म ‘सिकन्दर’ रिलिज हुनेछन् ।

अन्तर्राष्ट्रिय राइट बिक्री भएको छैन : अञ्जिला

फिल्म ‘अञ्जिला’ले विज्ञप्ति जारी गर्दै अहिलेसम्म जापान, दक्षिण कोरिया, क्यानडा र हङकङबाहेकका टेरिटोरीमा फिल्मको वितरण अधिकार बिक्री नभएको स्पष्ट पारेको छ । अन्य मुलुकमा प्रदर्शन गर्न चाहने इच्छुकलाई सम्पर्कमा आउन निर्माताको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह