२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण,मेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै सुरु हुने

३० बैशाख २०८२, मंगलवार १५:३०

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण आजदेखि फ्रान्समा सुरु हुँदैछ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ । यसवर्षको कान्समा केही खास आकर्षण हुनेछन् । विश्वचर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को अन्तिम श्रृंखला ‘डेड रेकोनिङ’को वर्ल्ड प्रिमियरमा सहभागी हुन टम क्रूज रेडकार्पेटमा सहभागी हुनेछन् ।

महोत्सव फ्रान्सेली कमेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै सुरु हुनेछ । फ्रान्सेली अभिनेत्री जुलिएट बिनोचेले मुख्य प्रतिस्पर्धा विधामा जजको भूमिका निर्वाह गर्नेछिन् । अभिनेता रोबर्ट डी निरोले मानार्थ पाम डी’ओर प्राप्त गर्ने छन् । स्कारलेट जोहान्सन, क्रिस्टिन स्टुवार्ट, ह्यारिस डिकिन्सनजस्ता विश्वप्रसिद्ध स्टारले निर्देशनमा डेब्यु गरेका फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा स्क्रिनिङ हुनेछन् ।

महिला निर्देशित १६ फिल्म आधिकारिक छनोटमा समावेश छन्, जुन लाइनअपको लगभग २८.५% हो । यो तथ्यांक अघिल्लो वर्षको २३.७% भन्दा बढि हो, जसले महोत्सवमा महिला फिल्म निर्माताको समावेशीकरणतर्फको सकारात्मक प्रवृत्तिलाई प्रतिबिम्बित गर्दछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी फिल्ममा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको पृष्ठभूमिमा कान्स हुन लागेको हो । ट्रम्पको उक्त घोषणाले कान्सको बजारलाई कसरी प्रभावित तुल्याउँछ भन्ने प्रश्नहरू बाँकी नै छन् ।

प्रतिस्पर्धामा छनोट नभएपनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो । यसवर्षको कान्स मार्केटमा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ । यो फिल्मका निर्देशक प्रदीप शाह कान्सको प्रड्युसर्स नेटवर्कको कार्यक्रममा सहभागी हुनेछ । यो फिल्मका केही कलाकार पनि कान्समा सहभागी हुने अपेक्षा गरिएको छ ।

बलिउड अभिनेत्री आलिया भट्टले लोरियल पेरिसको प्रवर्धनको लागि कान्स रेडकार्पेटमा डेब्यु गर्न लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । ‘ट्याक्सी ड्राइभर’ले शीर्ष पुरस्कार पाम दे ओर जितेको झण्डै ५ दशकपछि हलिउड स्टार रोबर्ट डी निरोले मानार्थ पाम दे ओर प्राप्त गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै