2026-10-07 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण,मेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै सुरु हुने

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण आजदेखि फ्रान्समा सुरु हुँदैछ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ । यसवर्षको कान्समा केही खास आकर्षण हुनेछन् । विश्वचर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को अन्तिम श्रृंखला ‘डेड रेकोनिङ’को वर्ल्ड प्रिमियरमा सहभागी हुन टम क्रूज रेडकार्पेटमा सहभागी हुनेछन् ।

महोत्सव फ्रान्सेली कमेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै सुरु हुनेछ । फ्रान्सेली अभिनेत्री जुलिएट बिनोचेले मुख्य प्रतिस्पर्धा विधामा जजको भूमिका निर्वाह गर्नेछिन् । अभिनेता रोबर्ट डी निरोले मानार्थ पाम डी’ओर प्राप्त गर्ने छन् । स्कारलेट जोहान्सन, क्रिस्टिन स्टुवार्ट, ह्यारिस डिकिन्सनजस्ता विश्वप्रसिद्ध स्टारले निर्देशनमा डेब्यु गरेका फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा स्क्रिनिङ हुनेछन् ।

महिला निर्देशित १६ फिल्म आधिकारिक छनोटमा समावेश छन्, जुन लाइनअपको लगभग २८.५% हो । यो तथ्यांक अघिल्लो वर्षको २३.७% भन्दा बढि हो, जसले महोत्सवमा महिला फिल्म निर्माताको समावेशीकरणतर्फको सकारात्मक प्रवृत्तिलाई प्रतिबिम्बित गर्दछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी फिल्ममा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको पृष्ठभूमिमा कान्स हुन लागेको हो । ट्रम्पको उक्त घोषणाले कान्सको बजारलाई कसरी प्रभावित तुल्याउँछ भन्ने प्रश्नहरू बाँकी नै छन् ।

प्रतिस्पर्धामा छनोट नभएपनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो । यसवर्षको कान्स मार्केटमा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ । यो फिल्मका निर्देशक प्रदीप शाह कान्सको प्रड्युसर्स नेटवर्कको कार्यक्रममा सहभागी हुनेछ । यो फिल्मका केही कलाकार पनि कान्समा सहभागी हुने अपेक्षा गरिएको छ ।

बलिउड अभिनेत्री आलिया भट्टले लोरियल पेरिसको प्रवर्धनको लागि कान्स रेडकार्पेटमा डेब्यु गर्न लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । ‘ट्याक्सी ड्राइभर’ले शीर्ष पुरस्कार पाम दे ओर जितेको झण्डै ५ दशकपछि हलिउड स्टार रोबर्ट डी निरोले मानार्थ पाम दे ओर प्राप्त गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए