2026-08-19 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कान्स फिल्म फेस्टिभलमा टम क्रुजको विशेष चर्चा,३ मिनेट लामो पानीमुनिको स्टन्टले सबै ध्यान खिचेको

काठमाडौँ । हलिउड सुपरस्टार टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर गर्दै फिल्मजगतको ध्यान खिचेको छ। नेपाली समयअनुसार बुधबार राति आयोजित प्रिमियरमा टम क्रुजले फिल्ममा गरेको साहसिक स्टन्ट फेस्टिभलको आकर्षण बनेको थियो । फिल्ममा रहेको टम क्रुजको ३ मिनेट लामो पानीमुनिको स्टन्ट विशेष चर्चाकाे विषय बन्याे । ६२ वर्षे क्रुजले यो जोखिमपूर्ण दृश्य गरेकामा उनी प्रशंसाको पात्र बने ।

अन्तर्राष्ट्रिय मिडिया भेराइटीका अनुसार क्रुजको फिल्मले प्रिमियरपछि ५ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएको थियो । कान्स फेस्टिभलको दोस्रो दिन ‘टम क्रुज दिवस’ झैं बनेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । क्रुजको यो फिल्म मिसन इम्पोसिबल फ्रेन्चाइजको अन्तिम सिक्वेल भएकाले पनि दर्शकका लागि उच्च प्रतीक्षित थियाे ।

फिल्ममा रेड कार्पेटमा क्रुजसँगै फिल्मका निर्देशक क्रिस्टोफर म्याक्क्वारी र अन्य शीर्ष कलाकारहरूको उपस्थिति थियो । क्रुजले यो फिल्मले अघिल्ला सिक्वेल जस्तै बक्स अफिसमा रौनक ल्याउने दाबी गरे । उनले भने, ‘मिसन इम्पोसिबलको यो आठौं श्रृंखलाले बक्सअफिसको रौनक फेरि ल्याउनेछ।’ फिल्लमा क्रुजले आईएमएफ एजेन्ट ‘इथन हन्ट’ को भूमिका निर्वाह गरेका छन् । यो सिक्वेल १७० मिनेट लामो बनेको बताइएको छ । छिमेकी राष्ट्र भारतमा यो फिल्म शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । नेपालमा भने मे २३ देखि फिल्म प्रदर्शनमा आउने चर्चा छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह