१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

परेश रावल ‘हेरा फेरी ३’ मा अभिनय गर्ने पक्का

१६ असार २०८२, सोमबार १५:२६

काठमाडौँ । चर्चित बलिउडका अभिनेता परेश रावल ‘हेरा फेरी ३’ मा फेरि अभिनय गर्ने पक्का भएको छ । केही साताअघि उनी चलचित्रबाट बाहिरिएको खबर सार्वजनिक भएको थियो । त्यस खबरपछि उत्पन्न अन्योलको अन्त्य गर्दै उनले हालै एक पोडकास्ट अन्तर्वार्तामा समस्या समाधान भएको जानकारी दिएका हुन् ।

रावलले निर्माता तथा अभिनेता अक्षय कुमारसँगको मतभेद मिलिसकेको र चलचित्रको छायांकन नियमित प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । ‘सबै कुरा समाधान भइसकेको छ। अब सबैले मिलेर मिहिनेत गर्नुपर्छ’ उनले हिमांशु मेहतासँगको पोडकास्टमा भनेका छन् ।

 

‘हेरा फेरी ३’ मा रावलसँगै अभिनेता अक्षय कुमार र सुनील शेट्टी पुनः देखा पर्नेछन् । चलचित्र लामो समयदेखि निर्माण प्रक्रिया र कलाकार चयनको अन्योलतामा अल्झिएको थियो। यसबीच रावलले बाबुरावको भूमिका नदोहोर्‍याउने निर्णय लिएको भन्दै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको थियो।

उनको पुनरागमनको खबरले दर्शकहरूबीच उत्साह देखिएको छ । तर केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो घटनालाई ‘पब्लिसिटी स्टन्ट’ भएको आशंका व्यक्त गरेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने