१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘मलाई ओटीटीको १२५ करोड होइन, आमदर्शकको १०० रुपैयाँ चाहिन्छ’: आमिर खान

१६ श्रावण २०८२, बिहीबार १३:५०

काठमाडौँ | विशेष निर्णयबारे जानकारी दिन बलिउड अभिनेता आमिर खानले केही दिनअघि पत्रकार सम्मेलन बोलाए । कुन विषयमा प्रेसमिट आयोजना गरिएको हो भन्ने पूर्वसूचना नदिई बोलाएपछि पत्रकारलाई पनि यसबारे निकै चासो थियो । स्टेजमा उभिएर आमिरले घोषणा गरे- उनको हालैको फिल्म ‘सितारे जमीन पर हलबाट उत्रिएपछि ओटीटीमा रिलिज हुनेछैन ।’

 

केही समयदेखि यसबारे अनुमान लगाइएको थियो । आमिरले पनि युट्युब रिलिजको योजनालाई न कहिल्यै पुष्टि गरे, न अस्वीकार । उनी बलिउडका ट्रेन्डसेटर हुन् भन्ने कुरा धेरैलाई थाहा छ । उनले यो घोषणा आफ्नो स्टाइलमा गरे ।

उनले भाषण सुरु गर्दै भारतमा अनलाइन भिडियो प्लेटफर्मको सन्दर्भमा युट्युबले कसरी सबैभन्दा बढी पहुँच हासिल गरिरहेको छ भनेर व्याख्या गरे । युपिआईको उदयसँगै, जनतालाई सजिलैसँग इलेक्ट्रोनिक भुक्तानी गर्न सजिलो भएको छ । त्यसैले, सुपरस्टारले युट्युबको बाटो रोज्ने निर्णय गरे ।

 

जब उनी युट्युबको महत्व बुझाउँदै थिए र आफ्नो फिल्मलाई देशका दुर्गम कुनाहरूमा पुर्‍याइरहेका थिए, स्क्रिन पछाडिको पर्दामा सितारे जमीन परको पोस्टर देखाइएको थियो । पोस्टरसँगै, यो स्पोर्ट्स ड्रामा फिल्म अगस्ट १ शुक्रबार आमिर खानको युट्युब च्यानल, अर्थात् आमिर खान टकिजमा रिलिज हुने कुरा पनि उल्लेख गरिएको थियो ।

फिल्मलाई युट्युबमा पे-पर-भ्यूको आधारमा दर्शकले १०० भारु तिरेर हेर्नुपर्छ ।

एक पत्रकारको प्रश्नका उनको जवाफ थियो, ‘मलाई (पे–पर–भ्यू’) मोडेलमा धेरै विश्वास छ र म तपाईंलाई यसको जवाफ दिनेछु । मलाई ओटीटी प्लेटफर्महरूबाट १२५ करोड रुपैयाँ चाहिँदैन । मलाई हाम्रो देशको आम दर्शकको १०० रुपैयाँ चाहिन्छ । म मेरो काममा विश्वास गर्छु र म मेरा दर्शकमा विश्वास गर्छु यदि मेरो कामको मूल्य छ भने, दर्शकले पहिले थिएटरमा फिल्म हेर्नेछन् र त्यसपछि पे–पर–भ्यूमा युट्युबमा हेर्नेछन् ।’

ओटीटी सम्झौताहरूको बारेमा थप कुरा गर्दै, उनले व्याख्या गरे, यस्तो सम्झौताले मलाई मात्र फाइदा पुर्‍याउँछ भने म यो गर्न सक्दिन । यसले लामो समयसम्म उद्योगलाई असर गर्नेछ । त्यसैले, मैले अस्वीकार गरें ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ