2026-09-15 03:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी

नेपालको मौलिक स्वाद, संस्कृति र परिकारलाई विश्वसामु चिनाउने उद्देश्यसहित झापाको दमकमा ‘दोस्रो राष्ट्रिय कूलिनरी च्यालेन्ज–२०२६’ सहित फुड फेस्टिभल भव्य रूपमा सुरु भएको छ ।

झापा, दमक । नेपालको मौलिक स्वाद, संस्कृति र परिकारलाई विश्वसामु चिनाउने उद्देश्यसहित झापाको दमकमा ‘दोस्रो राष्ट्रिय कूलिनरी च्यालेन्ज–२०२६’ सहित फुड फेस्टिभल भव्य रूपमा सुरु भएको छ ।

इन्टरनेशनल नेपाली शेफ सोसाइटी र नेपाली सेफ सोसाइटीको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगिता दमकस्थित पाथिभरा कूलिनरी आर्ट कलेजमा शुक्रबारदेखि सुरु भएको हो । कार्यक्रम आज शनिबार पनि जारी रहनेछ ।

नेपाली खानाको मौलिकता, विविधता तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा देशभरका २२ टिमका ६६ जना प्रतिभाशाली प्रतिस्पर्धी सहभागी भएका छन् । सातै प्रदेशका रैथाने तथा मौलिक परिकार प्रस्तुत गर्दै प्रतिस्पर्धीहरूले नेपाली पाककलाको कला, स्वाद र सिर्जनशीलताको उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

कार्यक्रमअन्तर्गत खुला पाककला प्रतियोगिता, विभिन्न फुड कम्पिटिसन तथा आकर्षक फुड फेस्टिभल सञ्चालन भइरहेको छ । नेपाली खानाका स्टलसँगै स्थानीयदेखि अन्तर्राष्ट्रिय स्वादका विभिन्न परिकारहरूले दर्शक तथा खानाप्रेमीहरूको विशेष आकर्षण बढाएको छ ।

इन्टरनेशनल नेपाली शेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीका अनुसार प्रतियोगितामार्फत नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतातर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ । लोपोन्मुख तथा परम्परागत नेपाली परिकारहरूको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइएको आयोजकले जनाएको छ ।

शुक्रबार सम्पन्न उद्घाटन सत्रसँगै दोस्रो राष्ट्रिय कूलिनरी च्यालेन्ज–२०२६ अन्तर्गत प्रतिष्पर्धामा सहभागी २२ समुहको पाककलाको जज गर्नका लागि १० भन्दा बढी देशबाट आएका अनुभवी अन्तर्राष्ट्रिय नेपाली तथा बिदेशी सेफहरू निर्णायकका रूपमा सहभागी भएका छन् । उनीहरूको सहभागिताले नेपाली सेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन तथा अनुभव आदानप्रदानको अवसर प्राप्त हुने विश्वास आयोजकको छ ।

प्रतियोगिताको फाइनल तथा विजेता घोषणा आज शनिबार नै गरिनेछ । बिभिन्न सांस्कृतिक कार्यक्रम सहित आयोजना भईरहेको प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख, द्वितीयले रु ७५ हजार तथा तृतीय हुनेले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै