2026-11-21 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजीका नाममा ५० वर्षमाथिकाले ढुंगामुढा गरेका थिए : शेरबहादुर देउवा

2026-11-21

काठमाडौँ | नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् । शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौं हेर्नुस् । यहाँ अहिलेसम्म घाउ छ,’ देउवाले भने, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएन । घर जाने बाटोमा सारा मान्छे बसिदिएर, सारा मान्छे बसे हामीले बचाउन सकेनौं भने । पछि आर्मी गाडी पठाएर आर्मीको क्याम्पमा हामी बस्यौं । आर्मी क्याम्पमा मेरो श्रीमती र मेरो उपचार भएर बाँचेका हौं ।’ त्यो बेला जेनजीले नै आफूलाई बचाएको उनले सुनाए । ‘मलाई जेनजीहरूले बचाएको हो । फोटोमा देखिन्छ बचाउनेहरू । जेनजीको नाममा ५० वर्षमाथिकाहरूले ढुंगामुडा हाने,’ देउवाले भने ।

त्यसो हुनुका पछाडि धेरै ठूलो षडयन्त्र रहेको उनले बताए । ‘त्यसमा धेरै ठूलो षडयन्त्र थियो,’ उनले भने, ‘लौ ठिक छ, ओलीजी प्रधानमन्त्री थिए, मेरी श्रीमती मन्त्री थिइन । गृहमन्त्री थिए रमेश लेखक । भट्टराई निवास किन हानेको ?’

त्यो बेला बीपी कोइरालाका बुबाले बनाएको घरदेखि गणेशमान सिंहको घर हानेको उनले स्मरण गराए । ‘देशभरि पार्टी अफिसमा हानियो । यो कांग्रेसको खिलाफको षडयन्त्र हो भन्ने बुझ्नुपर्दछ,’ देउवाले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजीका नाममा ५० वर्षमाथिकाले ढुंगामुढा गरेका थिए : शेरबहादुर देउवा सुदूरपश्चिमविरुद्ध लुम्बिनीको १०० रन पूरा एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा १ नेपालीसहित ५ जना पक्राउ ओलीको राष्ट्रपतिमाथि टिप्पण : डरपोक राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभयो एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई दियो पहिले ब्याटिङको निम्तो नागढुंगा–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द महेश बस्नेतको दाबी : यो सरकार एक वर्ष पनि टिक्दैन श्रीमानको बञ्चरो प्रहारबाट दुई बालबालिकाको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते काठमाडौँमा कौडाको खालबाट २४ जना पक्राउ, ९ लाख ६० हजार नगद र विदेशी मुद्रा बरामद विदेशी ऋण नलिई देश चलाउन सक्दैनौ भने हाम्लाई छाडिदेऊ : हर्क साम्पाङ प्रदीप ज्ञवालीको भनाइ: राजनीतिक असन्तुष्टिको समाधान हिंसा र विध्वंस होइन आईटीको प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन : प्रचण्ड बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई गम्भीर घाइते बनाउने पक्राउ एनपीएल फाइनल: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै अब लिनुपर्ने केही बाँकी छैन, जीवन रहेसम्म देश र जनतालाई दिने : शेरबहादुर देउवा घोप्टेभीरमा पहिरो नियन्त्रण गर्न दैनिक ५ घण्टा नागढुंगा–मुग्लिन सडक बन्द हुने एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि सरकारको नेतृत्वमा पुग्छौँ : केपी ओली एसीसी राइजिङ स्टार्स : भारत ‘ए’विरुद्ध नेपालले टस जितेर रोज्यो फिल्डिङ चुनावका विषयमा सरकारको संवादहीनताले समस्या ल्याउँछ : गगन थापा राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा