By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    52 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    7 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विश्व प्रसिद्ध बिस्काः जात्राको इतिवृत्ति
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > लेख > विश्व प्रसिद्ध बिस्काः जात्राको इतिवृत्ति
लेख

विश्व प्रसिद्ध बिस्काः जात्राको इतिवृत्ति

साझासवाल
Last updated: April 14, 2023 9:58 am
साझासवाल
13 Min Read
Share

बैशाख १, भक्तपुर | – रमेश गिरी | भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले महत्वपूर्ण पर्वका रुपमा बिस्काः अर्थात् बिस्केट जात्रा मनाउने गर्दछन् । 

स्वदेशका परिवार आफन्त मात्रै नभई विदेशमा रहेका आफन्त र परिवार पनि बिस्केट जात्राका लागि घर फर्कने गर्दछन् । भक्तपुर जिल्लाभरि नै हर्षोल्लासका साथ मनाइने यो जात्रा ऐतिहासिक पक्ष मात्रै नभई पूर्णरुपमा तान्त्रिक एवं धार्मिक विधिअनुरुप मनाउने गरिन्छ । 

के हो बिस्काः जात्रा ?

बिस्काः जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । 

भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा यसलाई विश्व जात्रा भनी उल्लेख गरिएको छ । भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको उहाँको भनाइ छ ।

परापूर्वकालमा यो जात्रा दुई दिन मात्र मनाइन्थ्यो । बिस्का जात्राको मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन विश्वकेतुसहित योसीं द्यः (लिङ्गो) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सङ्क्रान्तिको दिन उक्त योसीं ढाल्नु हो । यक्ष मल्लको टौमढीको नेसं ५६१ को शिलापत्रमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर सहरमा वर्षभरि मनाउने विभिन्न जात्रा चाडपर्व संस्कृतिको उल्लेख गर्ने क्रममा यसलाई ‘विश्वजात्रा’ को उल्लेख गरिएको छ ।

त्यस्तै नेसं ६४१ को भूमिसम्बन्धी तमसुक ताडपत्रमा “विसक जात्रा” उल्लेख छ । नेसं ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको नेसंं ९१८ मा लेखिएको ठ्यासफुमा समेत ठाउँठाउँमा विश्वजात्रा नै भनिएको पाइन्छ । यता नेसं ८०८ को राजा जितामित्र मल्लको अभिलेखमा “विसक्यात” उल्लेख छ । त्यस्तै भतmपुरका अर्का राजा भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि विसक्यात रहेको छ ।

किरातीहरुलाई पराजित गर्न सफल भएपछि लिच्छवीहरुले यो जात्रा मनाएको भनाइ छ । लिच्छवी वंशको लामो इतिहासमा प्राचीन भक्तपुर नगरको पतनपछि मध्यकालमा लिच्छवी राजा आनन्द देवले स्थापना गरेको भक्तपुर विशाल नेपाल मण्डलकै राजधानी यक्ष मल्लसम्म निरन्तर रहयो । यस अवधिको करिब तीन सय ६७ वर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी रहेको थियो ।

त्यतिबेला भक्तपुर नगरको वरपर प्रशस्त जङ्गलहरु रहेको हुँदा सबैतिरबाट जात्रा हेर्न सकियोस् भनेर ठूलो र अग्लो काठको लिङ्गो उठाउने गरियो र पछि एक जोडा ध्वजा थपियो ।  यसरी दुई दिन मात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीको समेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर सुरु भएको भनाइ छ ।  

भक्तपुरका राजा राय मल्लको समयमा भक्तपुर अधीनस्थ कयौं राज्य स्वतन्त्र हँुदै भक्तपुरको भू–भाग सानो हँुदै गएकोलाई उनका छोरा भुवन मल्लले आफ्नो अधिकार भएको टोखा, सुनाकोठी, थिमि, नगदेश, बोडे, साँगा, श्रीखण्डपुर चौकोटजस्ता ठाउँहरुमा समेत बिस्काः मनाउने चलन चलाएको बताइन्छ । 

भक्तपुरको बिस्काः जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउनेदेखि अन्य देवदेवीको समेत जात्रा पूजा पर्व गर्ने परम्परा बसाउन भक्तपुरका विश्व मल्ल, गङ्गारानी, जगज्योति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्लको योगदान रहेको बताइन्छ । 

अहिलेसम्म तलेजुमा बिस्काः जात्राको सङ्कल्प पूजामा विश्व जात्रा महापर्व भनेर सम्बोधन गरिने बताउँदै उहाँले संस्कृत शब्द विश्व केतु पछिल्लो कालखण्डमा नेवारी नामकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको बताउनुहुन्छ । त्यसैको बिस्काबाट अपभ्रंश भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि यो जात्रालाई बिस्काः जात्रा भन्ने गरिन्छ । विक्रम संवत् अनुसार सौरमासका आधारमा चल्ने बिस्केट जात्रा बिःसीत (नागनागिन म¥यो) भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाउँदै आएको हो भन्ने पनि भनाइ छ । 

कहिलेबाट सुरु हुन्छ यो जात्रा ?

विश्वमा नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्रामध्ये एक मानिने बिस्केट जात्राको पहिलो दिन चैत २७ गते बिहान स्थानीय बासिन्दा, मध्याह्नमा गुठी संस्थाबट सरकारी पूजा र त्यसपछि टोलको पूजा सकेपछि गरेपछि स्थानीय काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा खड्ग, तरबार, निशान राखिसकेपछि भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु हुने गर्दछ ।

पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैरवको रथलाई ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा तानेर लैजाने परम्परा रहेको छ । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू चढ्न नहुने मान्यता रहेपछि पछिल्लो केही वर्षयता रथमा जो पनि चढेर विकृति फैलाउने गरेको पाइएको छ । 

यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्नेछ । भैरवनाथको रथ तान्न सुरु भएपछि तौमढीबाट माथि र तलका बासिन्दाले तानेर भैरवनाथको रथ गःहिटीमा पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ । जात्राको मुख्य आकर्षण पहिलो दिन २७ गते र अन्तिम दिन ५ गते रथ तानातान गर्नु हो भने ३० गते ल्यासिंखेलमा ५५ हात लामो लिङ्गो उठाउने र वैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालेर मनाउने मुख्य जात्रा हो ।

यस्तो छ जात्राको किंवदन्ती  

जात्राका बारेमा फरक फरक किंवदन्ती रहेको छ । प्राचीन भक्तपुर राज्यको दरबारकी राजकुमारीसँग विवाह गर्न बलवान राजकुमारको खोजी गर्ने क्रममा विभिन्न राज्यबाट राजकुमारहरु आउने र पहिलो दिन राजकुमारीसँग रात बिताउने क्रममा राजकुमारीको नाकको प्वालबाट दुईवटा नागनागिन निस्केर राजकुमारलाई डसेर मार्ने गर्दथे । धेरै राजकुमारको त्यसरी मृत्यु भएपछि एक तान्त्रिकले एक रात आफ्नो तन्त्र विद्याबाट राजकुमारीको नाकबाट निस्केको नागनागिनलाई तरबारले काटेर झुन्ड्याएको खुसियालीमा राजाले यो जात्रा मनाउन लगाएको किंवदन्ती छ । 

इतिहासविद् प्राडा श्रेष्ठ बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीक लिङ्गोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबरजस्ती ‘वि’को अर्थ ‘सर्प’ण् र ‘स्यात’को अर्थ ‘मारियो’ भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र फैलाएर जात्राको धार्मिक तथा ऐतिहासिक पक्षलाई भ्रम फैलाउन खोजिएको छ ।”

यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालीन राजा जगतप्रकाश मल्लदेखि शाहवंशीय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्व केतु, वीर ध्वजा लेखिएको छ । 

विश्वनाथको ध्वजा विश्व ध्वजा अर्थात् वीर ध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा वीर भनेर भैरवको वाहन वीर बेताललाई भनिएको हो । त्यस मानेमा पनि यो ध्वजा विश्व ध्वजा र वीर ध्वजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो । यो जात्रा किरातहरुसँगको युद्धमा विजयी भएपछि लिच्छवी राजाहरुले खुसियालीमा दुई दिन मनाएको र पछि मल्ल राजाले यसलाई भैरव र भद्रकालीको जात्रा थप गरी आठ रात नौ दिन पु¥याएको बताइन्छ ।

जात्रामा के के हुन्छ ?

प्राचीनकालदेखि चल्दै आएको बिस्का जात्रामा नकिंजु (खुसिं) अजिमा भद्रकालीको द्यःखः (रथ) जात्रासमेत थप गरेपछि पनि पुनः पछि फेरि विश्वनाथ भैरवको जात्रासमेत समावेश गरी बिस्का जात्रा सञ्चालन गर्दै भक्तपुरवासीले मोहनी नखः (पर्व) पछिको प्रमुख चाडपर्वका रुपमा मनाउँदै आएको पाइन्छ ।  

जात्राको पहिलो दिन भैरवनाथको रथ तान्नेर (क्वने) तल्लो क्षेत्र टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखु र ठने (माथिल्लो क्षेत्र) क्वाछे, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय स्थानसम्म रथ तानेर पुनः सोही स्थानमा फर्काइन्छ र भैरव र भद्रकालीको रथजात्रा गरी अन्तमा गःहिटीमा रथ पु¥याई पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।

रथको अगाडि भागमा छ र पछाडि चारवटा लामो लठारो (डोरी) समातेर दुवैतर्फका जात्रालुहरूले रथलाई ‘होस्से..हैसे…हा..हा..’ गर्दै आफ्नोतर्फ तानेर जात्रा मनाइन्छ । रथ तान्ने जात्रामा हजारौँ स्थानीय बासिन्दाले रथको अगाडि पछाडि डोरी तानातान गरेर आ–आफ्नो टोलमा लैजान खोज्छन् । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । बिस्केट जात्राको पहिलो दिनलाई द्यो क्वहाँ बिजाइगु (देवता तल्ल आगमन हुने) भनिन्छ । त्यस दिन बेलुकी सम्पूर्ण देवगणहरु आ–आफ्ना देवगृहको आसनबाट तल विराजमान हुन्छन् वा गराइन्छन् । यसलाई स्थानीय भाषामा द्यःक्वहाँ बिज्याकेगु भन्ने गरिन्छन् ।

दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खलाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पु¥याइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ । यसलाई स्थानीय भाषामा स्याःको त्याःको भनिन्छ ।         

बिस्केटको चौथो दिन पुरानो वर्षको अन्तिम दिन चैतको ३० गते बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो (ल्हामरु म्ह) उभ्याइन्छ भन्ने साँझपख तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो उभ्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नौलो कपडाले बेरिएको हुन्छ । लिङ्गो कोखामा झुन्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा, विश्वध्वजा आकाश भैरवका ध्वजासमेत भनिन्छ । एकजोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

लिङ्गो उभ्याउन बाँडिएका आठवटा डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्केट जात्रा हेर्नाले शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याइन्छ । लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ ।

बिस्केटको पाँचाँै दिन नयाँ वर्ष वैशाख १ गतेका दिन लिङ्गो ढालिन्छ । त्यसको लगत्तै खँला टोलमा (रथ जुधाउने टोलमा) भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । र साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै विस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि–विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् । 

जात्राको छैटो दिन नगरको मध्य भागमा महाकाली र महालक्ष्मीको खट जुधाउने जात्रा, सातौं दिन ब्रहयणी र महेश्वरीको तिप्वाजात्राका साथ खट जुधाउने जात्रा हुन्छ । जात्राको आठौँ दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पूजा जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा द्यो स्वंगँ बिइगु भनिन्छ । 

विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गतेका दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ । यस दिनलाई स्थानीय भाषामा द्यो (देवता) थाहा बिज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यस दिन बिस्केट जात्रा पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन हुने गर्दछ । जात्रा अवधिमा भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवीहरु, गणेश, भैरव, कुमारी आदि देवदेवीहरुको जात्राले नगर शोभायमान हुन्छ । 

के हो ढुङ्गा हान्ने प्रचलन ? 

यो जात्रा पाँच दशकदेखि ढुङ्गा हान्ने जात्राका रुपमा समेत परिचित हुँदै आएको छ । यस वर्ष पनि जात्राको पहिलो दिन भैरबको रथलाई दत्तात्रय पु¥याएपछि राति १ देखि बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएका थिए भने १० जना पक्राउ परेका थिए । जात्रालाई टौमढीबाट माथि र तलका बासिन्दाले भैरबको रथलाई तानेर आ–आफ्नो टोलमा लगेर हर्षोल्लासका रुपमा मनाउने प्रचलन छ । 

विसं २०२५ पछि रथ तान्ने क्रममा केही व्यक्तिले ढुङ्गा हानाहान गरेपछि यो जात्रालाई ढुङ्गा हान्ने जात्राका रुपमा समेत परिभाषित भएको बताउनुहुन्छ, भक्तपुरका पुराना समाजसेवी अनन्तप्रसाद धौभडेल । व्यक्तिगत तथा टोलवासीको रिसइबी साँध्न, रथलाई माथि लगे माथिका बासिन्दाले र तल लगे तलको बासिन्दाको जित हुने भ्रम फैलाउने र मादकपदार्थ सेवन गरेर ढुङ्गा हान्ने प्रचलन बसाएको भन्दै उहाँ ढुङ्गा हान्ने प्रचलनलाई प्रशासन, स्थानीय तह र युवा पुस्ताले रोक्नु पर्नेमा जोड दिनुहुन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एसीसी प्रिमियर कपका लागि यस्तो छ यूएईको टिम
Next Article ऊर्जाको बेरुजु एक अर्ब २९ करोड
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्बत - PBTलेख

शिक्षक दरबन्दी मिलान र एकिकृत विद्यालयको आबश्यकता

57 years ago
काठमाडौँ - KTMलेख

खाडी मुलुकमा बन्दी जीवनसरह घरेलु कमदार

57 years ago
काठमाडौँ - KTMलेख

देश विकासको मूलबाटो

57 years ago
इलाम - ILMकोशी प्रदेशमुख्य समाचारलेखसमाज

लिम्बू समुदायको ऐतिहासिक समाधिस्थलः चारसुरे डाँडा

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?