By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    16 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    19 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    19 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    19 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    22 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कश्मिरमा आन्दोलन युद्ध, महत्त्व र निकास
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कश्मिरमा आन्दोलन युद्ध, महत्त्व र निकास
काठमाडौँ - KTMलेख

कश्मिरमा आन्दोलन युद्ध, महत्त्व र निकास

साझासवाल
Last updated: October 7, 2016 2:47 am
साझासवाल
19 Min Read
Share

हेम चन्द्र राई –

भारत र पाकिस्तान हिन्दु र मुस्लिम बनेर छुट्टीएर गए त्यो सङ्गै पाकिस्तान हालको इस्लामावाद पश्चिम पाकिस्तान र ढाका पुर्वी पाकिस्तान रूपमा एउटा मुलुक भनेर छुट्टीएर गए । त्यो सङ्गै कश्मिरमा पनि छुट्टै स्वतन्त्र मुलुक, पाकिस्तान जानेकी र भारतमा रहने भनेर तीन खेमामा जनतामा मत बाडिएको थियो महत्त्वपूर्ण कुरा कश्मिरको बारेमा मुद्दाको फैसला बेलायतको प्रतिनिधि माउन्टबेटेनले गरिसकेका थिएनन् । १४ अगस्टमा पाकिस्तान पहिलो पटक राती बेलायती प्रतिनिधि माउन्टबेटेनले सस्थापक पाकिस्तानका नेता महमद अलि जिन्हा भारतिय प्रतिनिधि जवाहरलाल नेहरुको उपस्तिथिमा स्वतन्त्र घोषणा भयो र राती १२ बजे पछी १५ अगस्टमा भारत पनि स्वतन्त्र घोषणा भयो । बाकी कश्मिरको बारेमा फैसला भएको थिएन जहाँ शासन हरि सिंहले गरिरहेका थिए । पाकिस्तान स्वतन्त्र हुन साथ कश्मीरमा आक्रमण भयो कश्मिर बचाईदिन हरि सिंहले भारतलाई अनुरोध गर्‍यो त्यो अनुरोधमा भारतिय स्वार्थ घुसपैठ भयो । सहयोग त्यो शर्तमा हुन्छ जब पुरै कश्मिर भारतमा विलय हुन्छ तत्कालीन समयमा हरि सिंहले स्विकार्दै हस्ताक्षर गरे । बाहुल्यता स्वतन्त्र राज्यको पक्षमा भने दोस्रो पाकिस्तान र थोरै भारतको पक्षमा रहे तर सानो गल्तीको साथ भारत शीत भएको सम्झौताले कश्मिर धेरै भारतमा रह्यो । कश्मिरमा २२ अक्टोबर १९४७ देखि आजसम्म नै लडाइँ जारी छ तर सानो ठुलो त्यो मात्रै फरक हो । आजसम्म हजारौंको बलिदान कुनै न कुनै रूपमा भैरहेको छ तर त्यो अन्तर्राष्ट्रिय रूपमा बाहिर आउन सकेन जुन रूपमा भारत आजसम्म सफल रह्यो ।

Contents
    • हेम चन्द्र राई –
  • पहिलो लडाइँ :
  • कश्मिर क्षेत्रको महत्त्व 
  • अंग्रेज़ उपनिवेशको ठुलो प्रभाव 
  • जवाहरलाल नेहरु र कश्मिरी जनता 
  • तीन धारमा बिभाजन एकता हुन नसक्नु 
  • जनता मुस्लिम तर शासक हिन्दु संघर्षको निकास 

पहिलो लडाइँ :

१, इन्डो – पाकिस्तान लडाई – (सन २२ अक्टोबर १९४७ – १ जनवरी १९४८ ) मा कश्मिरको बिषयमा पहिलो पटक लडाइँ भयो । जसलाई इन्डो – पाकिस्तान लडाइँ भनेर चिनिन्छ । १ बर्ष २ महिना १ हप्ता सम्म जारी लडाइँमा पाकिस्तान तर्फ  ६,००० मारिएको १४,००० घाइते भएको थिए । भारत तर्फ १,५०० मारिएको र ३,५०० घाइते भएको थियो । यो सङ्ख्यामा अझै तलमाथि हुन सक्छ किनकी भारत र पाकिस्तान आफू शक्तिशाली हुनको लागि वास्तविक नफ्री उल्लेख गरेको पाइदैन ।

२, इन्डो पाकिस्तान लडाइँ – ( २३ अगस्ट- सेप्टेम्बर १९६५) यो दोस्रो पटक भएको भारत र पाकिस्तान बिच कश्मिरको बिषयमा भएको लडाइँ थियो जसलाई इन्डो पाकिस्तान लडाइँ भनेर चिनिन्छ । यो लडाइँमा भारत तर्फ ३,००० मारिए, १५०-१९० सैन्य ट्याङ्क , ६०-७५ वटा एअरक्राफ्ट गुमायो तर भारतले ३५-६० वटा ट्याङ्क र एअरक्राफ्ट गुमाएको जनायो । पाकिस्तान तर्फ ३,८०० मारिएको , २००-३०० वटा त्याङ्क , २० वटा एअरक्राफ्ट गुमायो तर पाकिस्तानले पनि १९ वटा एअरपक्राफ्ट गुमाएको जनायो । 

३, साईचेङ द्वन्द्व ( कन्फ्लिट ) – ( सन १३ अप्रिल १९८४-२००३ सिज फायर लद्दाख ) यो लडाइँ कश्मिरको लागि भारत र पाकिस्तान बिच भएको तेस्रो युद्ध थियो जुन सन १९८४ देखी आजसम्म जारी छ भने सन २००३ मा सिज फायर लद्दाखमा भएको थियो त्यो क्षेत्र बुद्ध धर्मवलम्बीहरुको बाहुल्यता छ । यो लडाइँमा भारत तर्फ ३६ जना कम्ब्याट ड्रेसको आर्मी सहित ८४६ मारिएका र पाकिस्तान तर्फ कम्ब्याट ड्रेसका आर्मी २०० सहित २१३ सन १९८४ मा मारिएका थिए । 

४, जम्मु कश्मिर संघर्ष ( इन्सजेन्सी इन जम्मु कश्मिर ) – यो संघर्षलाई कश्मिर द्वन्द्व पनि भनिन्छ साथै जम्मु र कश्मिर संघर्षको यो उच्च रुप पनि हो । यो संघर्ष सन १९८९ मा भएको थियो । जुन युद्धमा धेरै मानवीय क्षति भएको मानिन्छ । यो संघर्षमा भारततर्फ ५,४६२ आर्मी १६,७२५ भारतीय जनता मारिएका थिए । पाकिस्तान तर्फ २१,००० आर्मी ३,००० पक्राउ ४,५०० जना आत्मासमर्पण गरेको थियो । ४७,००० पाकिस्तानी जनता मारिएका थिए ।

५, कार्गिल युद्ध – ( २ मे – जुलाई १९९९) – भारत र पाकिस्तान बीच कश्मिरको बिषयमा पाचौं पटक सन १९९९ को मे – जुलाई सम्म ३ महिना युद्ध भएको थियो । जुन शक्तिको पौठेजोडी भएको पनि मान्न सकिन्छ । आधुनिक हातहतियार सहित दुबै मुलुक आफुलाई शक्तिशाली मान्दै काश्मिर मुद्दामा यो लडाई हुन पुगेको थियो । यो लडाइँमा भारत तर्फ ५२७ आर्मी मारिएको , १,३६३ जना घाइते भएको थियोे । भारत तर्फ १ फाईटर जेट बिमान , १ हेलिकप्टर दुर्घटना भएको थियोे भने पाकिस्तान तर्फ ३५७-४५३ मारिएको , ६६५ भन्दा धेरै घाइते भएको जनायो । यो सङ्ख्यामा पाकिस्तान र भारत वास्तविक सङ्ख्या लुकाएको कुरा आफैंले बाहिर ल्याएका थिए । दुबैले आफुलाई अब्बल र लडाइँ जितेको बिश्वास फैलाउन यो हतकण्का पहिलो देखि आजसम्म जारी रहेकोे छ । यो लडाइँ नेपाली गोर्खा रेजिमेन्ट बाट गएको नेपाली युवाहरु धेरैले ज्यान गुमाउनुपरेको थियोे भने नेपाली गाउँमा शोकमय छाएको थियोे । 

६, भारत पाकिस्तान सिमा विवाद ( २०१४-२०१५ ) – ६ जुलाई २०१४ देखि २ नोभेम्बर २०१५ बिशेष गरि भारत पाकिस्तान सिमा विवाद रूपमा संघर्ष चल्यो । १ बर्ष ३ महिना ३ हप्ता ६ दिनसम्मको संघर्षमा १७ भारतीय आर्मी , ३४ जना सर्वसाधारण मारिए भने १ जना पक्राउ परे । पाकिस्तान तर्फ ९ पाकिस्तान आर्मी , ५४ जना सर्वसाधारण मारिए । यसमा थप विभिन्न स्थानमा भारत तर्फ १८ र पाकिस्तान तर्फ २१ जना मारिएको तथ्यांक सार्वजनिक भएको छ । 

७, कश्मिर अनरेस्ट ( अशान्ति ) २०१६ – हाल जारी आन्दोलन , संघर्ष , द्वन्द्वलाई कश्मिर अशान्ति २०१६ नामले परिभाषित गर्न सकिन्छ । भारत तर्फ २ पुलिस मारिए भने ४,००० घाइते भएका छन भने पाकिस्तान तर्फ ७० जना सर्वसाधारण मारिएको १,३०० घाइते भएको छ । यस सङ्गै सिमानामा १९ सेप्टेम्बरमा कश्मिर उरिमा रहेको भारतिय सैन्य क्याम्पमा हमला भयो जहाँ १८ जना सेना मारिए भए आक्रमणकारी ४ जना कश्मिरमा मारिएका छन । पछि भारतले सर्जिकल अयाट्याकको नाममा ३६ जना आतंकबादी मारेको जनायो तर पाकिस्तानले कुनै सर्जिकल हमला नभएको र भारतिय १ जना सेना कब्जा गरेको र भारतिय सेनाले सिमा छिर्न खोज्दा जवाफी कार्वाहीमा पाकिस्तानी सेनाको आक्रमणमा ८ जना भारतीय सेना मारिएको र ती सेनाको शब पनि छोडेर भागेको जनायो । युद्धमा कहिले पनि आफ्नो घाइते साथीलाई छोडेर भाग्ने भारतिय सेना भएको पाकिस्तानी मिडियामा खुब स्थान पायो । भारतले आफ्नो तिर कुनै हातहात नभएको तर सफल सर्जिकल याट्याक भएको जनाउदै आएको छ भने १ जना सेना भुलवस पाकिस्तान सिमामा गएको र उसको मृत्यु भएको मात्रै जनायो । अझैसम्म निरन्तर लडाइँ जारी रहेको छ ।

कश्मिर क्षेत्रको महत्त्व 

भारतको ठूलो हिस्सा, पाकिस्तानमा सानो हिस्सा चीनमा केहि हिस्सा रहेको कास्मिर आफैंमा एउटा रणनीतिक महत्वको क्षेत्र हो । दुवै देशले यसलाई आफ्नो पक्षमा पार्न अनकौं हत्कन्डाहरु अपनाइसकेका छन् । भने चीनले आफ्नो तिब्बतमा कब्जा गरेको भागको कुनै बिबादास्पद देखिएको छैन ।  जम्मु कास्मिर भएर बग्ने सिन्ध नदीमाथि भारत र पाकिस्तान दुवैको स्वार्थ रहँदै आएको छ । जलसम्पदामा दक्षिण एसियामा नै आँखा गाड्दै आएको भारतले सिन्ध जस्तो उपयुक्त नदीलाई कुनै हालतमा पनि गुमाउँन चाँहदैन । सबैभन्दा उल्लेखनीय विषय त पस्मिनादेखि केसर र क्रिकेट खेलाडीको ब्याट यहाँबाट खरिद गर्ने खास वस्तु हो । यतिमात्रै होइन प्राकृतिक सुन्दरता, पर्यटकीयस्थल, सिन्धु, झेलम र चेनाब जस्ता नदी तथा डल, बुलर र नागिन जस्ता ताल एवं कास्मिरको पर्वतीय हिमशृंखला सबैलाई लोभ्याउने आकर्षणका केन्द्र हुन् । बाहिरी रूपमा देखाउने एजेन्डा जे भए पनि कास्मिरको प्राकृतिक सुन्दरता र रणनीतिक महत्त्व भारत र पाकिस्तानलाई लोभ्याउने प्रमुख अस्त्र हुन् ।

त्यसविरुद्ध उभिनेजति सबैलाई आतंकवादीको बिल्ला भिराएर भए पनि भारत जम्मु–कास्मिर माथिको आफ्नो वर्चस्व कायम राख्न चाहन्छ भने पाकिस्तान कास्मिरका जनताको भावनाअनुसार जनमत संग्रहबाट निर्णय लिनुपर्ने पक्षमा छ । कास्मिर विवादले सिंगो दक्षिण एसियाको राजनीतिक माहोल तताउने गर्छ । यसलाई हरेकले व्यक्तिगत तरिकाले व्याख्या गर्ने गरेका छन् । भारतले नै कास्मिरको समस्या सबैभन्दा पहिले १९४८ मा संयुक्त राष्ट्रसंघमा लगेको थियो । यो पनि कास्मिर युद्धको एक कारण बन्यो । तर, राष्ट्रसंघले कास्मिर विवाद जनमत संग्रहका माध्यबाट समाधान गर्नुपर्ने निर्णय गरे पनि भारतले त्यसलाई स्वीकार गरेको छैन । किनकि, उसलाई कास्मिरका जनता भारतको पक्षमा नभई स्वतन्त्रताको पक्षमा भएको राम्रोसँग बुझेको छ ।

अंग्रेज़ उपनिवेशको ठुलो प्रभाव 

आज थुप्रै देश बेलायती उपनिवेशवादकै कारण विवादको भूमरीमा परेका छन् । कुनै समय कहिल्यै सूर्य नअस्ताउने देशको उपमा पाएको बेलायतले एसियादेखि अफ्रिका र अमेरिकासम्म आफ्नो उपनिवेश फैलाएको थियो । यसैको परिणाम आज थुप्रै देश आन्तरिक र दुई देशीय विवादमा फसेका छन् । कुनै समय इराकमा बेलायत समर्थक सत्ता थियो भने पछि त्यो अमेरिकी कठपुतली बन्दै सद्दाम हुसेनसम्म र उनको पतनपछि आज अमेरिका समर्थित सरकार छ । यस्तै, केही समयअघि देखिएको पाकिस्तान र अफगानिस्तानबीचको सीमा विवाद पनि बेलायतको तत्कालीन सरकारसँग भएको सन्धि मुख्य कारक थियो भने जम्मु–कास्मिरमा पनि यसको प्रभाव छ । बेलायतका पूर्वविदेशमन्त्री ज्याक स्ट्रले त कास्मिर विवाद र अरब–इजरायलजस्ता टकरावमा बेलायतको उपनिवेशवादी नीति कारक रहेको स्वीकार गरेका थिए । भारत र पाकिस्तान स्वतन्त्र हुँदा कास्मिरका विषयमा बेलायतले खेलेको ढुलमुले नीति पनि जम्मु–कास्मिरबारेको भारत पाकिस्तानको विवादको एउटा पक्ष हो । भारत र पाकिस्तानबीच कास्मिरको विषयमा भएको युद्धमा दुवै देशको जित भएको नभई नेहरूले युद्धविरामको घोषणा गरेका थिए ।

नेपाल र भारत बिच भएको सुगौली सन्धि १९६० को पनि बेलायती प्रभावले आज नेपालले दुई तिहाई भाग गुमाउनु पर्यो तर नेपाली इतिहासकार बताउँछन् सन्धिमा हामीले गुमाएका त्यो भुभाग बेलायत भारत बाट गए सङ्गै फिर्ता हुनुपर्छ भन्ने अडान राख्छन् । नेपालले पनि कश्मिर जस्तो भुभाग स्वतन्त्र हुँदा नेपालले पनि गुमाएको दुई तिहाई भुभाग पाउनुपर्छ । जुन भुभाग सुगौली सन्धि मार्फत भारतमा पर्यो तर सोही सन्धि अनुसार नै नेपालले पाईसक्नुपर्ने थियोे त्यो हाम्रो शासकले खोजिनिधी गरेनन कुर्सी स्वार्थमा दक्षिण रिसाउछ भनेर चुपचाप आजसम्म बस्यो र भारतले पनि कुनै पनि हतकण्डा अपनाएर कश्मिर जस्तो बिबादास्पद कब्जामा परेका नेपाली भुमि फर्काउन चाहादैन ।

जवाहरलाल नेहरु र कश्मिरी जनता 

भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरू र माउन्टबेटनबीच विशेष सम्बन्ध थियो । पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्हाले पाकिस्तानको गभर्नर बनाउन अस्वीकार गरेपछि नेहरूले उनलाई स्वतन्त्र भारतको पहिलो गभर्नर बनाए, यो उनको जीवनभर अफसोचको विषय बन्यो । उनी २४ मार्च १९४७ देखि ३० जुन १९४८ सम्म भारतमा रहे । यी १५ महिनामा उनले भारतको नीति निर्माणमा समेत निर्णायक भूमिका खेले । नेहरूले उनलाई आफ्ना मित्र, मार्गदर्शक तथा महान् सल्लाहकार र नेहरूलाई उनले शानदार, विश्वसनीय, कल्पनाशील तथा सैद्धान्तिक समाजवादीको रूपमा प्रशंसा गरेका छन् । कास्मिरको प्रश्नमाथि माउन्टबेटनको विचारको समेत ठूलो महत्त्व छ । उनको शेख अब्दुल्लासँग गहिरो सम्बन्ध थियो । उनले सन् १९३२ मा अलीगढ मुस्लिम विश्वविद्यालयबाट एमएससी गरेर श्रीनगरको हाइस्कुलमा अध्यापन गराउँथे, तर उनी अनुशासनको कारबाहीमा परे । केही समय बेलायत सरकारसँग काम गरेका उनले १९३२ मा मुस्लिम कन्फ्रेन्स खोले । यो केवल मुसलमानका लागि थियो तर सन् १९३९ मा सबैलाई प्रवेशको ढोका खुल्ला गर्दै नेसनल कन्फ्रेन्स बनाए । शेख अब्दुल्लाले सन् १९४० मा नेसनल कन्फ्रेन्सको सम्मेलनमा नेहरूलाई प्रमुख अतिथिको रूपमा बोलाएका थिए । शेखले बेलाबेलामा आफ्नो शब्द बदले पनि नेहरूसँग राम्रो सम्बन्ध स्थापित भइरह्यो । इन्दिरा गान्धी, राजीव गान्धी हुँदै राहुल गान्धीसम्म शेख अब्दुल्ला, फारुक अब्दुल्ला र उमर अब्दुल्लाको सम्बन्ध स्थापित भयो । जसले गर्दा कश्मिर स्वतन्त्रतामा गहिरो धक्का लागि नै रह्यो ।

तीन धारमा बिभाजन एकता हुन नसक्नु 

जम्मु, कास्मिर र लद्दाख गरी तीन भौगोलिक क्षेत्रमा गणना गरिने यस क्षेत्रमा कास्मिर सबैभन्दा बढी मुस्लिम समुदायको बसोबास भएको क्षेत्र हो भने जम्मुमा हिन्दु धर्मावलम्बीको पनि ठूलो संख्या रहेको छ । जुन आज भारतको अधीनमा रहेको क्षेत्र हो । लद्दाखमा भने बौद्ध धर्मावलम्बीको बाहुल्यता छ र यो क्षेत्र तुलनात्मक रूपमा शान्त पनि छ । अधिकांश हिमालय पर्वतले ढाकेको कास्मिरलाई एउटा ‘सानो स्वर्ग’को उपमा दिने गरिन्छ । सिन्धु, झेलम र चेनाब जस्ता नदी रहेको यहाँ डल, बुलर र नागिन पर्वत जस्ता पर्यटकीय क्षेत्र रहेका छन् ।

कास्मिर विवादमा एकजुट भएर भारतविरुद्ध उत्रिएको देखिए पनि कास्मिरभित्र मुख्यतः तीन विचारधारा छन् । एउटा पक्ष पाकिस्तानमा मिसिनुपर्ने भन्नेमा छ भने कास्मिरका शासकवर्ग र हिन्दु समुदाय भारतमा मिसिनुपर्ने पक्षमा देखिन्छन् । अहिले पनि कास्मिरमा जम्मु–कास्मिर पिपुल्स डेमोक्रेसी पार्टी र भारतीय जनता पार्टीको संयुक्त सरकार छ तर, कास्मिरको ठूलो हिस्सा स्वतन्त्र कास्मिरको पक्षमा छ । उनीहरू मुजाहिद्दिनसहित विभिन्न मुस्लिम संगठनमा आबद्ध भएर स्वतन्त्रताको आन्दोलन सञ्चालन गरिरहेका छन । एउटा मात्रै अर्थोपेड्सको अस्पताल रहेको कास्मिरमा सुरक्षाकर्मीको दमनबाट घाइतेहरूको उपचारमा रगत र औषधिसमेत अभाव भएको छ । तर, केन्द्र सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएको छैन । अजाद कश्मिर केहि भाग पाकिस्तानमा रहेको छ जुन स्वतन्त्र आफ्नो अधिकार सम्पन्न पाकिस्तानको अन्डरमा छ । जम्मु कश्मिरको जनतामा सबै एउटामात्र लक्ष्यमा नहुनाले पनि आजसम्म अजाद पाउन सकिरहेको छैन । मुस्लिम बाहुल्य भएको कश्मिरमा आत्मानिर्णयको अधिकार साथै जनमतको कदर हुनुपर्छ भन्ने पाकिस्तानको माग रहेको छ । पाकिस्तानले कश्मिर स्वतन्त्रको लागि सम्पुर्ण रूपमा सहयोग गरिरहेको छ जुन भारतले आतंकबादी माथी सहयोग भनेर टिप्पणी गर्नेगरेको छ ।

जनता मुस्लिम तर शासक हिन्दु संघर्षको निकास 

कास्मिरकी मुख्यमन्त्री महबुबा मुफ्ती छन् । उनी जम्मु कास्मिर पिपुल्स डेमोक्रेटिक पार्टी नेता तथा पूर्वमुख्यमन्त्री मुफ्ती मोहमद सइदकी छोरी हुन् । यसरी हेर्दा कास्मिरको नेतृत्व एक मुस्लिम मुख्यमन्त्रीले गरेकी छन् तर, जम्मु–कास्मिर ऐतिहासिक रूपमा हिन्दु शासकको छत्रछाँयामा थियो । उनकै गलत निर्णयले त्यहाँका मुस्लिम समुदाय आज स्वतन्त्रताको लडाइँमा लामबद्ध बनेका छन् । भारत स्वतन्त्रताका समय १५ प्रतिशत हिन्दु र ८५ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको कास्मिरमा आज ४ प्रतिशत हिन्दु र ९६ प्रतिशत मुसलमान रहेका छन् । तर, कास्मिरमा हिन्दु र मुस्लिम समुदायबीच त्यति ठूलो संघर्ष भएको छैन । कास्मिरी जनताले भारतीय शासनसत्ताको भने निरन्तर प्रतिवाद गर्दै आएका छन् । कास्मिरमा सुफी–संस्कृति प्रसिद्ध छ । यसले सिया र सुन्नी मुस्लिमभन्दा अलग हिन्दु र बौद्ध समुदायमा समेत सहिष्णु बनाएको छ । सबै कस्मिरको संस्कृति अर्थात् कास्मिरियतप्रति नतमस्तक हुन्छन् । कास्मिरी हिन्दु अर्थात् कास्मिरी पण्डितसमेत मांसाहारी छन् । यसरी कस्मिर शासक र शासित वर्गमा विभाजित छ । तर, कास्मिर हिन्दु र मुस्लिम संस्कृतिको मिश्रण हो । अबको यो संघर्षलाई सदाको लागि अन्त गर्नको लागि भारतले निर्णायक भुमिका निभाउनुको विकल्प छैन । भारत आफैंले सयुक्त रास्ट्रसंघ सुरक्षा परिषदमा १९४८ मा कश्मिर विवादकि बारेमा कुरा उठाएको थियो जस अनुसार सुरक्षा परिषदले जनमत संग्रहबाट निर्णय लिनु भनेर निकासको बाटो भारतलाई सुचित गरेको थियो । पाकिस्तानले पनि त्यो आवाज अहिले पनि जनमत संग्रह हुनुपर्छ वा जनमतको कदर भारतले गर्नुपर्ने मान्यता सधैं अघि सारिरहेको छ । दक्षिण एसियाको सबैभन्दा ठुलो र महत्त्वपूर्ण मुद्दा सिमा विवादमा कश्मिरको मुद्दा  पहिलो छ । भारतलाई राम्रोसँग थाहा पनि छकी जनमत संग्रह गर्नु भनेको कश्मिर पाकिस्तानलाई सुम्पनु हो भनेर । जनताको बहुमत भारतबाट छुट्ने नै छ कश्मिर छुट्टाएर जादा पाकिस्तान शीत अवस्य मिल्छ नै तर जारी अहिले पाईरहेको अतिवादी मुस्लिम आतंकबादी कार्यको प्रसय अवस्य रोकिनेछ । आज विश्व आतंकबादीको चपेटामा परिरहेको छ । जसलाई प्रसय विकसित मुलुकहरुले नै मलजल गरिरहेका छन । अशान्ति विश्व जन सामुदायको शत्रु हो । तर राजनीतिक हिसाबले उठाईएको मागलाई ढिलो चाडो अवस्य सम्बोधन हुनुपर्छ । पाकिस्तानले भारतकि तुलनामा आफ्नो कश्मिरलाई खुल्ला र स्वतन्त्रको।अधिकार प्रदान गरेको छ । जस्ले गर्दा भारतमा रहेको कश्मिर भुभागको जनता स्वतन्त्र वा पाकिस्तानको अधीनमा रहन चाहना राखिरहेका छन । ६९ बर्षसम्म अतिवादी , आतंकबादी , आतंककारी , पृथकतावादी आरोप लगाएर जुन भारतले आजसम्म शासन कश्मिरमा गर्‍यो पक्कै पनि कश्मिर जनताको मनमा भारतीय सेना आफ्नो शत्रु , दिल्लीको हरेक कदम आफ्नो विरुद्धमा रहेको ठानिरहे । अर्को तर्फ कश्मिर जनताले पनि एउटामात्र लक्ष्य बोकेर शोषण दमन माथी उत्रनु नसक्नु आफ्नो गल्ती छ । इतिहासमा बलिदान धेरैले गरिरहेका छन र गरिरहने पनि छन तर एकताबद्ध भएर आन्दोलनमा होमिन नसक्नुले पनि आजसम्म भारतको शासन हालिमुहाली नै छ । भारतले कुनै पनि बेलामा कश्मिर जनताको भावनाको कदर गर्नुको विकल्प छैन । शासकले जनताको हितमा शासन गर्नुपर्छ तब मात्रै जनताले स्वीकार्छन् तर आफ्नो मौलिक स्वार्थ लाई मात्रै ध्यान दिएर बन्दुक , शक्तिको भरमा शासन गर्छु भन्दा अवस्य बिद्रोह हुन्छ जस्को सामनामा गहिरो मुल्य चुकाउनु पर्नेछ । जिम्मेवारी र दायित्वको हिसाबले भारतले जति पनि दक्षिण एसियाली मुलुकमा रहेको आफ्नो छिमेकी मुलुकहरुको उपनिवेश जमिन फिर्ता गर्नुको विकल्प छैन । कुनै बेला भारत ६३० राज्यमा रहेको बेला बेलायती उपनिवेशले आज बिशाल भारत बनाएको त छ तर त्यो सङ्गै भाईचारा सम्बन्ध सुदृढीकरण नगरी न आफ्नो बिकास हुन्छ समग्र एसिया महादेशका अन्य छिमेकी मुलुकमा नै बिकास हुनेछ । आन्दोलन गलत थियो भने हिजो  नै दिल्लीको मात्रै होईन कश्मिरको जनताले पनि साथ दिने थिए । आतंकबादी नै थियो भने भारतले सयुक्त रास्ट्रसंघमा लैजादा पनि सुरक्षा परिषदले पनि जनमत गरेर समाधान गर्नु भनेर भारतलाई जवाफ दिने थिएन पक्कै पनि । विश्व समुदायलाई थाहा हुन जरुरी छ कि कश्मिर कुनै आतंककारी आतंकबादी आन्दोलन होइन यो स्वतन्त्रता आन्दोलन हो जसको लागि आजसम्म हजारौं बलिदान दिसकेकाछन । कश्मिर जवसम्म भारत बाट स्वतन्त्र हुदैन तवसम्म निरन्तर जारी रहनेछ । कश्मिर जनताको चाहना होईन आन्दोलन , युद्ध उनीहरुको विवस्ता हो जसको अवमूल्यन भारत आफैले गरिरहेको छ साथै मुस्लिम अतिवादी , आतंकबादी , आतंककारी माफियाले समेत प्रसय , उक्साहट मिलिरहेको छ भने अर्को तर शान्ति , बिकासको बाधक बनिरहेको छ कश्मिर स्वतन्त्र आन्दोलन एसियाली छिमेकी  मुलुकहरुको लागि । 

[email protected]

Share This Article
Facebook Email Copy Link Print
Previous Article पहिलो पटक ग्रामिण सडकमा टिकटको व्यवस्था
Next Article रागाँले लियाे यादवको ज्यान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

‘आजाद भिसा’ का नाममा तस्करी: कतारमा ४० नेपाली अलपत्र, के हो ‘आजाद भिसा’ ?

57 years ago
काठमाडौँ - KTMप्रवास

चीनमा भारी वर्षाको कहर: १२ जनाको मृत्यु, पुलहरु र राजमार्गमा क्षति

57 years ago
काठमाडौँ - KTMसमाज

रिहा भए सन्दीप लामिछाने (तस्वीरहरु )

57 years ago
काठमाडौँ - KTMराजनीति

ओलीको काउन्टर रणनीति: गठबन्धनका असन्तुष्टलाई एमालेमा समेटने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?