By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 hour ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    2 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘जिवन भोगाई र यूद्ध भित्रको प्रेम’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘जिवन भोगाई र यूद्ध भित्रको प्रेम’
काठमाडौँ - KTMलेख

‘जिवन भोगाई र यूद्ध भित्रको प्रेम’

साझासवाल
Last updated: October 21, 2016 2:52 am
साझासवाल
18 Min Read
Share

शुरुवात आफ्नै वास्तविक जिवनबाट नै गरौ ! कुरा आजभन्दा १५ वर्ष अगाडीको हो, म त्यती बेला विद्यार्थीहरुको जिवनको फलामे ढोका (क्ष्चयल न्भत) मानिने एस.एल.सीको तयारीको लागी सदरमुकाम खलंगा बजारमा डेरामा बसेर पढाईको तयारी अर्थात ट्रयूशन क्लास लिइ रहेको थिए । एक त सानो उमेर त्यसैमा पनि आफै खाना बनाएर खान नसक्ने अवस्था देख्दै एउटा होटलमा महिनावारी खानाको लागी व्यवस्था गरेको थिए । 

उक्त होटलमा खाना खाएर ट्यूसन जाने मेरो दैनिकी नै थियो । सोहि समयमा कार्तिक २८ गते माओवादीहरुले सदरमुकाम खलंगामा आक्रमण गरेका थिए । त्यो घटना अहिले पनि आँखा वरीपरी घुमीरहन्छ । त्यो रात आफैमा यति भयानक र डर लाग्दो थियो, उक्त समयमा सदरमुकाम बस्ने र प्रत्यक्ष अनुभव गर्ने जो कोहीलाई पनि लाग्यो होला । डर भनेको के हो ? डर भनेको कस्तो भयानक हुँदो रहेछ भन्ने कुरा । हामी साना साना विद्यार्थीहरु बसेको कोठाको ढोका भित्र गोली र छर्राहरु प्रवेश गर्दा लाग्थ्यो हाम्रो जिबनको अन्त्य नै आज हो । 

सो समयमा हामी विद्यार्थीहरुलाई पढाई भन्दा पनि ज्यान कसरी जोगाउने भन्नेमा भय र त्रास उत्पन्न भएको थियो । त्यो रात जसोतसो बितायौ, तर त्यसको भोलीपल्ट साँझको ५ः३० वजे तिरको कुरा हो म सदा झै होटलमा खाना खान जाँदै थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाको पश्चिम तर्फको भु–भाग अर्थात सिंगाचौर तर्फ जाने बाटोमा एउटा आफुलाई बहादुर नेपाल प्रहरीको धाक लगाउने प्रहरीको नाममा कलंक भन्न मन लाग्छ, जसले जो कोहीलाई टोक्दै र चिथोर्दै हिडि रहेको थियो । 

उक्त पापीको नजर म माथी प¥यो, जसले विना कसुर म माथी आइ लाग्यो ढुंगा, काठ र चाइनिज पेस्तोलको वर्डले यति पिट्यो यति पिट्यो सायद देख्ने जो कोहीका आँखाबाट आँसु किन खस्दैन थिए होलान र, सायद म त्यती बेला माओवादीमा लागेको एउटा जनमुक्ती सेनाको सिपाही हुँदो हुँ त उसको शरिरमा पनि झम्टीन बेर हुदैन थ्यो होला । म त एक नावालक विद्यार्थी ! उक्त नालायकसँग के नै गर्न सक्थे र ? त्यसको एकोहोरो पिटाई खाई रहे, खाई रहे, कोही पत्रकारहरुलाई घुस्न दिएन, कोही मानवअधिकार कर्मीहरुलाई पनि प्रवेश दिएन, त्यसको अन्तमा अन्य विद्यार्थीहरुको पहलमा त्यो पापीको पन्जाबाट बाहिर उम्कन सफल भए । 

त्यस पछि मलाई लगेर केही पत्रकार, विद्यार्थी, हामीलाई ट्यूशन पढाउने शिक्षक तथा अन्य बुद्धिजिवीहरुले यो त अति भयो, एउटा नावालक विद्यार्थीलाई यसरी जघन्य अपराध गरेको हामी सहन सक्दैनौ भनेर शाही सेनाको गण तर्फ जुलुसका साथ अघि बढे । मलाई लाग्यो यो एकजनाले त मरणासन्न हुने गरि रामधुलाई लगाएको छ भने झन त शाही सेनाले सपोर्ट गर्छ भन्ने के ग्यारेन्टी छ ? भन्ने लागेर म त्यहाँबाट भागेर रुँदै रुँदै आफ्नो कोठा तिर लागे । 

कोठामा पुग्दा शरीरको माथिल्लो भागमा लगाएका सम्पूर्ण कपडाहरु खोल्न नसकेर कैचीले काटेर फाल्नु परेको थियो । म नजिकै रहेको जिल्ला अस्पतालमा त्यो पिटाईको औषधी गर्न पनि गइन किनकी म उपचार गर्न जाँदा यो कहाँको घाइते माओवादी आयो भनेर उल्टै जनताको करबाट पालिएका सुरक्षाकर्मीको विल्ला भिरेकाहरुले मलाई आरोप लगाएर उपचारको साटो फेरी उहि रामधुलाईको दवाई प्रयोग गर्छन भन्ने बुझेर म उपचार नगरी त्यो पिटाईको पिडा सहेर बस्न विवश भए । 

त्यस पछिका दिनहरुमा क्रमशः यो राज्यका सुरक्षाकर्मीको दम्भ देखाउने नेपाल प्रहरी, शसस्त्र प्रहरी र शाही सेनाहरुको बारम्बारको आतंक सहन नसकेर म माओवादी जनयुद्धमा होमिन बाध्य भए । त्यती बेला हाम्रो देशमा महान जनयूद्ध चरमोत्कर्षमा पुगी रहेको थियो । मलाई लाग्यो ! घरमा बसी राख्यो भने एक न एक दिन यिनीहरुले मलाई आतंककारीको विल्ला भिराएर मार्ने छन् अनि मेरो मासु कुकुरहरुलाई खुवाउने छन । 

यदि म मर्नै पर्ने छ भने किन कायर भएर मर्ने ? किन अत्याचार सहेर मर्ने ? यदि मर्नु नै छ भने बदलाभावका साथ लडेर किन नमर्ने आदी इत्यादी कुराहरु खेलाउँदै देश र जनताको लागी भनेर यत्रो जनयुद्ध चलिरहेको छ उक्त जनयुद्धमा म पनि सहभागी भएर ति अपराधीहरुको अन्याय, अत्याचार र दमनका विरुद्ध किन नलड्ने ? भन्ने सोचेर त्यसको केही समय मै म पनि लागे उक्त जनयुद्धमा । त्यस पछिका दिनहरुमा म एक जुझारु सदस्य भए, लागी रहे निरन्तरका मुडभेड तथा भिडन्तहरुमा । १ वर्षको कार्यकर्ताको जिम्मा लिएर बाँकी जिवन जनमुक्ति सेनाको प्लाटुन भि.सी. को जिम्मेवारीका साथ डिभिजन रोलकालसँगै हर मोर्चाहरुमा सामेल हुँदै अगाडी बढी रहे । 

अघि बढ्ने क्रममा जाजरकोटको विकट बस्तीमा जाँदै गर्दा जनमुक्ती सेना नेपाल छैठौ डिभिजन, घोराई सतबरिया स्मृति व्रिगेटमा कार्यरत कं. समिक्षासँग अचानक परिचित हुन पुगे । उक्त परिचयसँग सँगै एक दिन मैले समिक्षासँग प्रेम प्रस्ताव राख्ने निर्णयमा पुगेर समिक्षासँग अनुरोध गरे समीक्षा मैले तिमीलाई मन पराउँछु, विहे गर्न चाहन्छु भन्ने प्रस्ताव गर्दा उनले विना हिचकिचावट उक्त प्रस्तावलाई सहर्ष स्वीकार गरिन ।

 उनको त्यो निर्णयले मलाई असाध्यै खुशी बनायो, युद्ध भित्रको प्रेम जिवन ! क्रान्तिकारीहरुको प्रेम भनेको यस्तो शिष्ट, सभ्य अनि फलामे अनुशासनमा बाँधिएको हुन्थ्यो । त्यो त क्रान्तिमा सामेल हरेक महानुभावहरुलाई मात्र थाहा होला, किनकी हाम्रो पार्टी भित्र कसैले कसैलाई मन पराएको छ, उसँग विहे गर्न चाहन्छ भने मन पराएको र प्रेम प्रस्ताव राखेको दिन हेडक्वाटरमा जानकारी गराउनु पथ्र्यो । त्यसको ६ महिना पछि मात्र अवस्था हेरेर जनवादी विबाह गर्न अनुमति दिइन्थ्यो । यस्तो नजिरले हाम्रो समाजमा जरा गाडेर बसेको रुढिवादी परम्परालाई एउटा ठूलो धक्का पुग्थ्यो । मागी विवाह, भागी विवाह, बाल विवाह, बहु विवाह जस्ता अवैधानिक चलनचल्तीका विवाहहरुलाई यसले चुनौती दिने काम गर्दथ्यो । 

हाम्रो समुह भित्र कोही कसैले त्यस्ता सांस्कृतिक विचलनतामा लागेको या त कोहि महिलाहरुसँग छाडा व्यवहार गर्ने गरेको वा यौन क्रृयाकलापमा संलग्न भएको थाहा पाइयो या गरेको प्रमाणित भयो भने उसलाई कम्तिमा पनि ६ महिना हैसियत बमोजिम जनश्रमदानमा लगाउने प्रचलन थियो जनश्रमदानले त्यस्ता दोषीहरुको सुध्रने मौका हो । यस्ता विविध असहजताहरुको विच हाम्रो प्रेम पनि दिनानु दिन हेडक्वाटरको निगरानी सँगसँगै ५ महिनामा प्रवेश गर्दै थियो त्यसकै दौरान पार्टीले घोषणा गरेको रणनैतिक प्रत्याक्रमणको दोस्रो चरणमा जनमुक्ति सेनाको कार्य विभाजनसँगै समिक्षाको कार्यक्षेत्र गण्डक प¥यो भने मेरो चाही भेरी कर्णाली । 

म भेरी कर्णालीको हरमोर्चामा सामेल भए भने उनको गण्डक (गण्डक भन्नाले कपिलवस्तु भन्दा पूर्वको भुभागलाई जनाइन्थ्यो त्यति बेला) त्यस पछि हाम्रो विछोडको घडी अन्तिम चरणमा आइसकेको थियो, अर्थात उनको अर्थात समिक्षाको कार्यक्षेत्र जाने दिनको ठीक १ दिन अगाडी मलाई समिक्षाले रुदै भनेकी थिइन, अखिल अब हाम्रो भेट हुदैन होला । मैले भने, किन भेट नहुने ? उनले भनिन, किनकी म यस्तो भयानक क्षेत्रमा जादैछु । त्यहाँ गएर जिवितै फर्किन्छु भन्ने कुराको आशा नै छैन मलाई, अब पार्टीको जिम्मेवारीलाई आत्मसाथ गर्नै प¥यो । जादैन भनौ भने कायरता अनि डरफुकको बिल्ला भिराउलान भन्ने डर त छदैछ ! म त एक राज्यद्वारा पिडित छोरी अर्थात यो राज्यका पहरेदार भनाउँदाहरुले मेरो बाबालाई तड्पाई तड्पाई हत्या गरेको मेरो मानसपटलमा अहिले झै लाग्छ, किनकी मेरै अगाडी भैसी गोठालो जानु भएको मेरो बाबालाई तड्पाई तड्पाई मारेको म कहाँ भुल्न सक्छु र । 

त्यसको बदला लिन हिडेकी एक बहादुर शहिदकी छोरी जस्ले यस्तो कायरताको बिल्ला पाउनु भनेको जिउँदै मर्नु सरह हुन्छ । त्यसैले अखिल म जान्छु मेरो कार्यक्षेत्रमा ! यदि बाँचेछु भने नयाँ सपनाका साथ नयाँ सोचका साथ तपाईसँग नयाँ जिवन शुरुवात गर्ने अठोटका साथ फर्केर आउनेछु ! मेरो बाटो कुरेर बस्नु ल ! कथमकदाचित मरेछु भने मसँगको न्यानो मायालाई सम्झेर, मसँगका ति रंगिन पलहरुलाई सम्झेर बाँकी दिनहरु बिताउनु होला है अखिल जी, हामी भौतिक रुपमा नजिक नभए पनि भावनात्मक रुपमा जहिले पनि नजिक नै हुनेछौ । भावनात्मक रुपमा साथमा नै हुनेछौ ! यो हाम्रो मात्र समस्या होइन अखिल जी, यो देशका ढाई करोड नेपालीहरुको समस्या हो । 

अझ भनौ विहान खायो बेलुका के खाने ? बेलुका खायो विहान के खाने भन्ने समस्याहरुले ग्रसित सर्वहारा तथा पिडित नेपाली आमाबुवा तथा दाजुभाई दिदी वहिनीहरुको समस्या हो यो । त्यसैले तपाई पनि आफ्नो विचारबाट रति पनि विचलित नहुनु होला । हुनत तपाई पनि यो राज्यबाट पिडित म पनि यो राज्यबाट पिडित ! हामीमा विचलनता आउला भन्नेमा म विश्वास त गर्दिन तर पनि मान्छेको मन हो, कहिलेकाही विचलनतामा पुग्न प्रेरित भए छ भने पनि समाल्नु होला आफुलाई भन्दै उनले किरण फोटो स्टुडियो बाँसगडी बर्दियामा खिचेको केबल तिम्रो यादमा लेखिएको एउटा रंगिन फोटो मेरो हातमा थमाएर आँखा भरि अश्रुधाराहरु बगाउँदै सुक्क सुक्क गरेर रुँदै मबाट भौगोलिक रुपमा बिदाई भइन । हो त्यो विदाईको क्षण यति नरमाइलो लाग्यो कता कता एक्लो भएको महशुस भयो ।

 जमिन भाँसिए जस्तो ! सन्नाटा छाए जस्तो ! मेरो दाहीने हात गुमेको जस्तो ! म उति नै बेला उनलाई भौतिक रुपमा विदाई गरेर उनको अन्तिम संस्कार गरेर फर्के जस्तो अनुभुती भयो मनलाई सम्हाल्न नसकेर एकान्तमा गएर भित्र भित्रै मनमनै विरक्तीएर रोए, साँच्चै नै त्यो पल म अर्धपागल जस्तै भएको थिए । आफ्नो प्रेमिकालाई आफुबाट टाढा राख्दा कस्तो अनुभुति हुन्छ त्यस्तो पिडाको महशुस त आफ्नो प्रियसीसँग अलग हुनेहरुलाई मात्र थाहा होला । 

यस्तो विछोडको क्षणमा भावुक नहुने को नै होला र ? त्यसपछिका दिनहरुमा मलाई लाग्थ्यो समिक्षाको र मेरो भेट अब साँच्चिनै हुदैन कि, कहिले पनि हुदैन की, हामी अब सदाको लागी टाढा हुँदै त छैनौ ? मलाई लाग्यो म पनि समिक्षासँगै गण्डक जान पाएको भए त राम्रै हुन्थ्यो होला बाँचेसँगै मरेसँगै जस्ता विचारहरुले डेरा जमाउँदै थिए किनकी हामी सँगै बस्न नपाउने भए पनि एउटै फर्मेशनमा हुँदा देख्न पाए मात्र काफी हुन्थ्यो होला जस्तो ! तर के गर्नु मायाको लागी भनेर आफुलाई दिइएको जिम्मेवारी देखी भाग्न नमिल्ने ! आफुले आफैलाई गरेका प्रश्न प्रतिप्रश्नहरुको खुल्दुली लागी रहन्थो । किनकी उनको कार्यक्षेत्र गण्डक त्यही पनि रणनैतिक प्रत्याक्रमणको दोस्रो चरण मर्ने बाँच्ने कुनै ठेगान नहुने । 

त्यसैमा पनि एसल्ट गु्रपमा कार्यरत एउटा योद्धा, उसको जिवनको कुनै ग्यारेण्टी नहुने । भयो पनि त्यस्तै म जे सोच्दै थिए, जे हुन्छ होला भन्ने कल्पना गर्दै थिए भए छ पनि त्यस्तै उनले त कार्यक्षेत्र पुगेको २ महिना बित्न नपाउँदै शहादत प्राप्त गरिछन् । उनले यो संसार अनि मलाई सदाको लागी छोडीछन् । कहिले पनि नभेट्ने बाचाका साथ मलाई एक्लो बनाएर सदा सदाको लागी म अनि यो संसार देखी धेरै धेरै टाढा अर्थात कसैले पनि नभेट्ने/नदेख्ने गरेर प्रतिपक्षको गोली खाएर यो संसारबाट विदाई भइछन् । 

त्यो उनको शहादतको खबर मैले २ महिना पछि मात्र बल्ल थाहा पाए । मेरो मन अनि मुटु छिया–छिया भयो । त्यो समाचार सुन्नासाथ मैले आफ्ना सहयात्री चिन्न छोडेछु किनकी मैले मेरो आधा जिवन गुमाएको थिए, मैले मेरो प्रियसीलाई गुमाएको थिए, कहाँ सजिलै जिउन सक्थे र ? हरपल उसकै याद आइरहने, हरपल उसकै सम्झनाले सताउने । खान मन नलाग्ने, कसैसँग बोल्न मन नलाग्ने । उसको शहादतको खबरले मलाई यति मर्माहत तुल्यायो कि त्यो पलको कुनै अर्थ लगाउन सकिदैन । 

के युद्ध मेरो मनको साथीलाई गुमाउनको लागी गरिएको थियो ? के जनयुद्ध मेरो समिक्षालाई मबाट सदा सदाको लागी टाढा बनाउनको लागी गरिएको थियो ? समिक्षाले त्यस्तो के अपराध गरेकी थिइन ? उसको बाबालाई पनि खोस्ने ? उसलाई पनि खोस्ने आखिर के अन्याय गरेकी थिइन मेरो समिक्षाले ? म यो राज्य अनि राज्य सत्तामा बस्ने मालिकहरुलाई प्रश्न गर्न चाहन्छु आखिर के प्राप्त गर्ने प्रमाणित गर्दैछौ ? मेरो समिक्षालाई मबाट खोसेर ? यस्ता विविध कल्पनाहरुले मलाई घच्घचाई रहेको हुन्थे सताई रहेका हुन्थे । मेरो यो हालत देखेर फर्मेशनका साथीहरुले मलाई सम्झाउथे, खाना खानुस कमरेड ! किन यस्तो अवस्था बनाई राख्नु भएको ? अब समिक्षा कहिले पनि फर्केर आउदिनन् । 

किनकी उनि अब यो संसारमा छैनन्, उनि सदाको लागी विदाई भई सकिन र समिक्षा जस्ता हजारौ सहयोद्धाहरु हामीले गुमाई सकेका छौ । अझै हजारौलाई घुमाउनु पर्ने हुन सक्छ, हामीले पनि रगत बगाउनु पर्ने हुन सक्छ । त्यसैले कमरेड बिर्सिदिनुस, विगतलाई हामी क्रान्तिकारीहरुले प्रेम गर्न सुहाउदैन । हामी क्रान्तिकारीहरुको घरवार हुदैन हामी त सर्वहारा हौ । सर्वहाराको कुनै आफ्नो भन्ने चिज हुदैन । कति बेला कसको शरिर ढल्ने हो पत्तो हुदैन, अब तपाई आफु कमजोर हुनु भयो भने भिड्न सकिदैन दुश्मनहरुसँग । हो समिक्षा लगायतका हजारौ कमरेडहरुको बदला लिनुछ । तब मात्र उनिहरुको आत्माले शान्ती पाउने छ । 

अनि मात्र हाम्रो बर्गदुश्मनहरुसँगको वारपारको लडाई सफल हुनेछ । अनि मात्र हामीले देखेको सुन्दर संसारको कल्पना गर्न सफल हुनेछौ अनि मात्र हाम्रो मिशन सफल हुनेछ । आफुलाई सम्हाल्नुस कमरेड ! सबैले सम्झाउदा कसैको प्रवाह नहुने सिर्फ उसकै याद आउने ! याद आइ रहने ! त्यस पछि मैले ४÷५ दिनको अन्तराल पछि आफुले आफैलाई सम्हाल्दै यो राज्यका वर्गदुश्मनहरुसँग बदला लिनुछ । किनकी म एक अवोध नाबालक विद्यार्थीलाई तड्पाई तड्पाई माओवादी जनयुद्धमा सामेल हुन बाध्य बनाए, अनि मेरो समिक्षालाई पनि त्यसरी नै टुहुरो बनाएर युद्धमा होमिन बाध्य बनाएका रहेछन् ! हो मैले बदला लिनुछ ! बदला लिनुछ ! यो राज्यका शाषकहरुका विरुद्ध अझ शसक्त भएर लड्नु छ भन्ने भावका साथ म मा एउटा नयाँ जोस आउन शुरु भयो । 

हुनत हामी क्रान्तिकारीहरु टाउकोमा कफन बाँधेर हारे हत्कडी, जिते संसार भन्ने वाचाका साथ हरमोर्चामा हिडेका योद्धाहरुलाई साथीको लास देख्नु कुनै नयाँ कुरा त पक्कै थिएन, एउटा भिडन्तमा दर्जनौको लास बोकेर हिड्नु पर्ने बाध्यता त छँदै थियो । तर पनि आफ्नो जिवनसाथी गुमाउँदा को नै दुःखी हुदैन थियो होला र ? विहान भेटेको साथी दिउँसो गुमेको देख्नु पर्ने अवस्था त छदै थियो । 

तर पनि मलाई यस्तो लाग्थ्यो कि यो देशका शाषकहरुले शोषण दमनलाई अन्त्य गरि दिएको भए, स्कुल हिेडेको बच्चालाई यातना नदिएको भए, विहान बजारमा हिडेको दाजु बेलुका घर फर्किनु हुने हो की हैन भन्ने कुराको अन्त्य गरि दिएको भए, विहान गोठालो हिडेको बुढो बाउ, मेलापात हिडेकी आमा/भाउजु/बुहारी/दिदी/बहिनी लगायतको बलात्कार भयो भन्ने खबरको अन्त्य भइ दिएको भए किन यस्तो दिनहरुको सामना गर्नु पथ्र्यो ? किन यस्तो हिंस्रक बन्नु पथ्र्यो होला भन्ने कुराहरुको कल्पना गरि रहन्थे ! हुनत म एक राज्यबाट पिडित विद्यार्थी ! सानै उमेरमा बाबा आमाको हातबाट खाना खानु पर्ने उमेरमा जंगलको ओढारमा बास, अनि भोको पेटमा सके भिड्ने नसके लखेटिने अवस्था, अविभावक अनि शिक्षकहरुको हातबाट कापी कलम लिनु पर्ने हातहरुमा कमाण्डरको हातबाट बन्दुक र गोली ! 

अनि बम बारुदसँग सानै उमेरमा खेल्न सिकाउने यिनै राज्यका पहरेदार भनाउँदाहरुले गर्दा मजस्ता हजारौ युवाहरुलाई लड्न बाध्य बनाए ! अनि म जस्तै जिवनसाथी गुमाउने हजारौ योद्धाहरु, छोरा गुमाउने बाआमाहरु, दाई गुमाउने बहिनीहरु, जिवनसाथी अनि सिन्दुर गुमाउने श्रीमतीहरु यि सबैको पिडाहरुलाई अन्त्य गर्ने अठोटका साथ अघि बढेको भए यो देशमा यस्तो अवस्थाको सामना गर्नु पर्दैन थियो होला नी ? हो त्यस्तो हिंस्रक दिनहरुको सामना गरेर यो देशलाई यहाँसम्मको परिर्वतन गर्ने तिनै समिक्षा र समिक्षा जस्ता हजारौ महान शहिदहरु नै हुन । हो तिनै शहिदहरुको रगत माथी होली खेल्दै आज देशमा एउटा ठूलो ब्रम्हलुट गरिदै छ । मलाई लाग्छ तिनीहरुको यो परिवर्तनमा कुनै सहभागिता नै छैन । 

हो ति महान शहिदहरुलाई त यो देशका युद्ध अपराधी घोषणा होलान भन्ने पिर लागिरहन्छ । ति महान शहिदहरुको सपना साकार पार्नु त कता हो कता आज कोहि फिल्मको हिरो हिरोइनका साथ नयाँ शक्तिको डंका पिट्दैछन त कोहि अर्को तेस्रो जनक्रान्तिको ! कसैलाई भने आफु कसरी रातारात मालामाल हुने भन्ने पिर छ । 

यि सबै नाटकहरुका दृष्यहरु हेर्दा लाग्छ अब अर्को तेस्रो आँधीबेहरीको जरुरी छ । त्यो आँदीबेहरीले यो राज्यका सामन्त तथा सामान्ती प्रवृतिका नव धनाढ्यहरुलाई सदाको लागी विदाई गर्ने वातावरणको सृजना हुन सकेमा मात्र ति हिजोका समिक्षा लगायतका हजारौ महान शहिदहरुको आत्माले शान्ती पाउने छ । अनि मजस्ता हजारौ योद्धाहरुको लगाब अनि मेहनतको उचित मुल्याङ्कन हुनेछ । अनि आत्मसन्तुष्टीका साथ जिउन सकिने छ ।      

 संगम गौतम (अखिल)
हाँकु १, गौतमवाडा, जुम्ला ।  
पूर्व जनमुक्ति सेना नेपाल, छैठौ डिभिजन, पिलि स्मृति व्रिगेड

Share This Article
Facebook Email Copy Link Print
Previous Article कपिलवस्तुमा गोली चल्यो, एक व्यापारी घाइते
Next Article अचानक कसरी दर्ता भयो महाअभियोग प्रस्ताव ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

स्कुल विभागमा ओली–प्रचण्डको अडान कायमै, सहमति जुटाउन बालुवाटारमा छलफल

57 years ago
काठमाडौँ - KTMसमाज

छानिए मिस युनिभर्स नेपालका टप १८, पुरस्कार १० लाख पाउने

57 years ago
काठमाडौँ - KTMविश्व

विश्वकपको फाइनलमा नहारेका यी तीन टिम

57 years ago
काठमाडौँ - KTMसमाज

किट अभावले टेकु अस्पतालमा पिसिआर परीक्षण बन्द

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?