By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘हेर ! खुरुक्क मान नत्र तँलाई यहिं सिध्याइदिन्छु’ (सत्य घटनामा आधारित)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘हेर ! खुरुक्क मान नत्र तँलाई यहिं सिध्याइदिन्छु’ (सत्य घटनामा आधारित)
काठमाडौँ - KTMलेख

‘हेर ! खुरुक्क मान नत्र तँलाई यहिं सिध्याइदिन्छु’ (सत्य घटनामा आधारित)

साझासवाल
Last updated: May 24, 2018 9:16 am
साझासवाल
17 Min Read
Share

महेश नेपाली (जुम्ला) | मधेशदेखि मधेशसम्मको यात्रा प्रारम्भ हुनै आँटेको छ । साँझ ६ बजेको अन्तिम बस विरगंजदेखि बुटवलसम्म । ल आउनुहोस, आउनुहोस सिट सिमित छ । ड्राइभरले हर्न बजायो प्याँ प्याँ….. प्याँ प्याँ….. । खलासिले ढोकामा ढ्याक ढ्याक….. ढ्याक ढ्याक…..  हान्दै जाँउको संकेत गर्दै अरुपनि केहि बोल्दै थियो । त्यतिबेला पश्चिम नेपालका ७ जना यात्रीहरु बुटवल जाने बसभित्र थिए । उनिहरुको टिकटमा ५ देखि ८ (ए) साइड, ७ (बि) साइड र दुइवटा क्याविनका सिट नंम्बरहरु लेखीएको थियो । शुमन एक्लै बस्छ । चन्द्र र पर्शुराम क्याविनमा गए । अमन र पवन ७ र ८ नंम्बरका सिटमा बसे । उनिहरु बुटवलसम्मका यात्री हुन । ५ र ६ मा भावना र सुवाश बस्छन् । अमनले अलि पछि सबैलाई पुग्नेगरि पानी किनेर ल्याउछ । स्न्याक्स, कुरमुरे, चिप्सजस्ता खानेकुराहरु किनेनन् उनिहरुले ।

केहि समयपछि पवन कानमा एयरफोन लगाउदै एकोहोरीन थाल्छ । ऊ त्यस्तै हो खास गफिदैन । चन्द्र र पर्शुराम अगाडि हुन्छन् । कहिले काँही पर्शुरामको हाँसो पछाडिसम्म पनि आँउछ । किनभने उसँग चन्द्र छ । चन्द्र वाक्यैपिछे हँसाउछ । एक्लो शुमन सुतिसकेको हुन्छ । भावना र सुवास पछाडि फर्किन्छन् । अमन आफ्नो मुन्टो अगाडि तन्काउँछ । अनि गफिन थाल्छन् तिनजाना ।

अमनको अध्ययन गहिरो छ । त्यसैले उस्का कुरा सुनिरहुँ जस्ता लाग्छन् । उस्लाई इतिहास, राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, भुगोल, विज्ञान आदिको राम्रो जानकारी छ । ऊ साहित्य पनि लेख्छ । अघिल्लो दिन होटलमा चिया पिउदै गर्दा उनिहरुलाई एउटा राम्रो कविता सुनाएको थियो । कवितामा उस्ले आफूलाई नरम हुने चाहना हुँदाहुँदै पनि आक्रोश पोख्नु परेको कुरा उल्लेख गरेको थियो । सायद त्यो कविता देशको राजनीतिक व्यवस्थाको प्रतिविम्ब हुनपर्छ । उनिहरु अमनकै कुरा बढि सुन्छन् । अमनले पनि उनिहरुलाई आफ्नो ठाउँको अनुभव सुनाउन लगाउँछ । तिनैजना आ–आफ्ना अनुभूति सुनाउछन् । मौनप्राय कोहि हुदैनन् । बसको रफ्तारसँगै उनिहरुको गफ तातिदै थियो । कुरा मिठा हुदै थिए । अरु यात्रुहरु सुतिसकेका थिए । उनिहरुलाई निद्रा लाग्दैन । गफिन छोड्दैनन् ।

पश्चिम नेपालको छाउपडि प्रथाबारे छलफल भयो । महिनावरी भएको वेला गोठमा बस्दा महिलाहरुलाई विभिन्न खालका रोगहरुको संक्रमण हुने, आहारमा हुने समस्या, सम्भावित बाह्य हमलाको शिकार बन्नुपर्ने आदि कुराहरु भावना र सुवाशले अमनलाई बताए । समग्रमा छाउपडि प्रथा सामाजिक विकृति हो । अमनलाई मध्य र सुदुरपश्चिममा कायम रहेको छाउपडि प्रथाबारे जानकारी भएपनि सबै कुरा थाहा थिएन । त्यहीवेला उस्ले निश्कर्ष निकाल्यो यो महिलाहरुमाथि हुने शोषणको अर्को रुप हो । सामन्तवादको अवशेष हो । सुवाश थप्छ धामी झाँक्रिहरुका कारण देवी देवता लाग्ने र पछि धोका हुने अन्धविश्वास हावी हुनुले पनि महिलाहरु महिनावरीको वेला घरमा बस्न डराउछन् । कम्युनिष्ट आन्दोलनको ६ दशक लामो इतिहासमा समाजिक मुद्दाहरु नउठ्नुले पनि अन्धविश्वास कायम रहेको हो । 

यस्ता थुप्रै प्रथाहरु छन् जस्का कारण महिलाहरु होलाहोचो खप्न बाध्य छन् । देउकि, दाइजो प्रथा जस्ता थुप्रै प्रथाहरुले । युगौंदेखि महिलाहरु प्रत्यक्ष, अप्रत्यक्ष हिंसाको शिकार बनिरहेका छन् । त्यस्तै एउटा हिंसाको कथा भावनाले सुनाउछे । पश्चिम नेपालको दैलेख जिल्लाको यथार्त कथा । तिलेपाटा ४ तर्कुको कथा । लक्ष्मी (नाम पविर्तन)को कथा । 

पातली, औषत उचाइकी, गहुँगोरो वर्णकी, सँधै अँध्यारो अनुहार लगाउने, मलिन स्वरमा बोल्ने, कहिले हाँस्दिनहोली जस्ती, हेर्दै मनमा ठूलो पिडा लुकाएकी जस्तै देखिने लक्ष्मी, ३० वर्षकी भई । के लक्ष्मी सँधै यस्तै थिई त ? अँह,,,,,, थिइन । बैंसमा लक्ष्मी निकै फरासिली थिई, हँसिली सबैसँग बोल्ने, सबैकी प्यारी । जब लक्ष्मीको बिहे भयो त्यसपछिका उज्याला दिनहरुमा पनि ऊ अँधेरी हुन थालेकी हो । हेर्दै पिडा मिश्रित मुहार देखिन थालेको हो । काममा ऊ सिपालु थिई । लक्षिनकी । आफू सँधै सफा रहने । घर आगन सँधै सफा राख्ने । उस्को दुइटा छोरा छन् । जेठो ११ वर्षको र कान्छो ९ वर्षको । लोग्ने विदेशमा छ । लोग्ने विदेश गएको ८ वर्ष भैसकेको थियो । घरमा सम्पर्क थिएन । ऊ निश्ठुरी भएको थियो । भनौं न वास्ता गरेन । चार पाँच मैना अगाडी भने उस्ले घरमा सम्पर्क गर्यो । आफ्नी स्वास्नीको अवस्था बुझ्यो । हालखवर सोध्यो । सन्चो विसन्चो सोध्यो । आफू घर आउने कुरा गर्यो । लक्ष्मीको मनमा थोरै आशा पलायो ।

सासु ससुरासँग लक्ष्मीको राम्रो सम्बन्ध थिएन । उ छुट्टिएर बसेकी थिई । अंश भने पाएकी थिइ । घरमा बुहारीको दर्जा मिलेन । हरेक काममा जस भन्दा बढि अपजस पाउन थाली । उसलाई बुहारी भन्दापनि नोकरको व्यवहार हुन थाल्यो । काम गर्दा पनि खाना नदिने, दिएपनि आधा पेट मात्रै दिनेजस्ता कारणले उस्को मन कुडीएको हुन्छ । हदभन्दा बढि सहन नसक्ने मानवीय स्वभाव नै हो । उस्लेपनि सहन सकिन । त्यसपछि छुट्टिएर बस्न लागेकी हो । अंश नपाएपनि उस्को घरव्यवहार चलेकै थियो । छोराहरुलाई एक गास खुवाएकै थिई । मान्छे भोको मर्दैन भन्ने कुरा उस्लेपनि देखाइदिएकी थिई र पनि सुख पाइन । सासु, ससुरा, देवरहरुले घोचपेच गरीरहन्थे ।

एक पटक लक्ष्मी बिरामी भई । लामो समय थला परि । कसैले वास्ता गरेनन् । गाउँकै ससुरा नाता पर्नेले यो सहन नसकेर सुर्खेत लगेर उपचार गराइदिए । उनले ठूलो गुन लगाए । त्यसैले पनि उनिसँग लक्ष्मी नजिक भइन । कहिलेकाही सहयोग माग्थिन् , आफूपनि सकेको सहयोग गर्थिन् । समाजिक संरचना यस्तै त हो । त्यसैले उनिहरुको घरमा आइजाई भइरहन्थ्यो । गाँउलेहरुले यहि कुरामा वात् लगाए । लक्ष्मीबारे अनावश्यक कुरा गर्न थाले । उस्को नैतिकता माथि प्रश्न गर्न थाले । सहयोग गर्दा उल्टो वात् लगएपछि ती ससुरा लक्ष्मीकोमा आउन र  सहयोग गर्न छोडे । त्यसपछि लक्ष्मीलाई हेप्नेहरुको संख्या बढ्यो । उनलाई पुरै असहयोेग हुन थाल्यो । समाजिक बहिस्कारमा परिन् । गाउँका ठालु भन्नेहरुले नै लक्ष्मीबारे अनावश्यक कुरा गर्न लागे । कतिले निउ थापि थापि झगडा गर्न थाले । एक्लि ऊ प्रतिकार गर्न सक्दिनथी । दिनै पिछेको कचकच सहन नसकेर ऊ माइत वस्न थाली ।

पछिल्लो समय लाग्नेले सम्पर्क बढाएको थियो । एकदिन उस्ले लक्ष्मीलाई माइत नबस भन्यो । तँ माइत बसिस भने घरपरिवारले मलाई राम्रो मान्दैनन्, बरु दुःख सहेर घरमै बस तर माइत नबस भन्यो । लोग्नेका कुरा काट्न नसकेर ऊ फेरी घर आई । यता व्यवहार फेरीएको थिएन । हेप्न छोडिएको थिएन । देवर दिउसो झगडा गथ्र्यो । तथानाम गाली गथ्र्यो । भन्ने नभन्ने भन्थ्यो । तर साँझ भने उस्कै भान्सामा पसेर जे भट्यो तेहि खाइदिन्थ्यो । ऊ केही बोल्दीनथी । 

देवरले एकपटक रक्सि खाएर उस्का कपडा जलाइदियो । झुण्ड्याएर मार्दिन्छु भन्यो । सामान्य प्रतिकार गर्दा कुट्न आयो । लक्ष्मीलाई बेस्सरी कुट्यो । गाउँका कोहिले नकुट भनेनन् । सबै मुखदर्शक बनेर हेरीरहे । सासु ससुराले ठिक गरिस् भने । उस्को आँट झन् बढ्को थियो । त्यसैले कुट्न छौड्दैन । लक्ष्मीका छोराहरु रोइरहेका हुन्छन् । जेठो छोरो रुदैं प्रहरी चौकिमा जान्छ । उजुरी गर्छ । प्रहरी आउछन् । देवलाई लिएर जान्छन् । लक्ष्मीलाई पनि बोलाउछ प्रहरीले । गाँउका ठालूहरु पनि जान्छन् । चौकिमा छलफल हुन्छ । शरिरमा निलढाम हुनेगरी कुट्नेलाई अबदेखि यसो गर्दिन भन्न लगाएर छोडाउछन् । यति हुँदापनि ऊ लक्ष्मीकोमा आउन छोड्दैन ।

लोग्नेले फेरी सम्पर्क गर्दा उस्ले देवरको व्यवहार बताई । साँझ ऊ घर आउदा आफूलाई डर लाग्ने कुरा गरी । लोग्नेले सहानुभती देखायो । नडराउन भन्यो । मेरो आफ्नो भाइ हो, धेरै शंका नगर भन्यो । बरु एउटा योजना सुनायो । अब म पैसा पठाउँला छोराहरुलाईलाई पढ्न पठाउनु भन्यो । लोग्नेको कुरा मानी उस्ले । छोराछहरु सुर्खेत पढ्न गए । ऊ घरमा एक्ली भई । देवरले आफ्नो बानी छोडेको थिएन । ऊ त्यसैगरी आँउथ्यो भान्सामा भएको खान्थ्यो, जान्थ्यो । ऊ केही बोल्दिनथी । सहेर बस्थी । मुखदर्शक बन्थी । यहि उस्को नियमितता थियो ।

लक्ष्मी सुतिसकेकी थिई । ढोका बन्द थियो । ढोकामा भित्रबाट छेस्किन लगाएको थियो । ढोका ढकढक… ढकढक…. बजेको आवाज सुनिन्छ । त्यहि आवाजले ऊ बिउझन्छे । ढोका खोल… ढोका खोल…. परिचित आवाज आँउछ । देवर रहेछ । यति राति किन आयौ ? गैहाल । ढोका खोल्दिन । लक्ष्मी कराउछे । छिटो ढोका खोल नत्र ढोका सोका….. बाहिरबाट धम्कि आउछ । के काम छ ? यति राति अरुको कोठामा आउन लाज लाग्दैन ? ऊ रिसाउछे । तर देवर जान्न । हँसिया लिएर आएको रहेछ । ढोकाको चराबाट हँसिया भित्र घुसाएछ । तारले बनाएको छेस्किन काटियो । ऊ भित्र पस्यो । 

लक्ष्मी डराइरहेकी हुन्छे । देवरसँग अर्को केटा पनि आएको हुन्छ । ढोका खोल्ने वित्तिकै भान्सा आउछ त्यहाँ एउटा खाट छ । भान्साबाट भित्र अर्को कोठा छ । त्यहिं लक्ष्मी सुतिरहेकी हुन्छे । भान्साको खाटमा त्यो केटा बस्छ । देवर ऊ सुतिरहेको ठाँउमा आउछ र सिधै समाउछ । उस्ले प्रतिकार गर्छे । आफूले सकुन्जेल । उ चिच्याउछे, कराउछे कसैले सुन्दैन । पछि देवरले हसिया देखाउदै भन्छ ‘हेर खुरुक्क मान नत्र तँलाई यहिं सिध्याइदिन्छु कसैले देख्दैन ।’ लक्ष्मी थाकिसकेकी हुन्छे । उस्का हात खुट्टा चल्न छोड्छन् । त्यसपछि देवरले मनलाग्दो गर्छ । लक्ष्मीका आँखाबाट आँसुका बलिन्द्र धारा बग्छन् । उस्ले देवी देवता पुकार्छे, गाउँले पुकार्छे, सजिव, निर्जिव सबैलाई पुकार्छे, ढुंगा पुकार्छे, माटो पुकार्छे, जनावर, बोटविरुवा, आगन नजिकको वरको रुख, त्यो पारी गाँउ नजिक सुसाउने खोला सबैलाई पुकारी र भनि मलाई बचाउ । तर कसैले सुनेनन् । उस्ले सोचि सबै मरे, गाँउले मरे, जनावर मरे, देवी देवताको आश मर्यो, वर सुक्यो, खोलो सुक्यो । तर उस्को आँखाबाट बगिरहेको आँसुको भेल सुकेन । सबका सब मरे । त्यसैले त ऊ आफ्नो देवरबाट बचिन ।

ऊ रोइरही,,,,,, रोइरहि,,,,, बस रोहरहि । त्यहि वेला देवर फेरी बोल्यो ‘हेर यो कुरा कसैलाई नभन्नु, म तिमीलाई बिहे गर्छु, पाल्छु, छोराहरुलाई मै हेरौंला, दाई घर आउनेवेला काठामाण्डौ आउनेवित्तिकै उस्लाई मार्दिउला ।’ ऊ केहि बोलिन त्यसपछि देवर गयो ।

यति सुनाउदै गर्दा भावना निकै भावुक भैसकेकी हुन्छे । प्रष्ट स्वरमा कथाको सुरुवात गरेर बोलीरहेकी भावनाको स्वर क्रमश धमिलिदै गैरहेको हुन्छ । ऊ निराश देखिन्छे । अनुहारको चमक हराउँछ । अमन र सुवाश लामो सास फेर्छन् । भावना अगाडी बोल्दै जान्छे ।

लक्ष्मीको आँसु रोकिएको थिएन । च्यातिएको ब्लाउज, छरप्रष्ट कपाल, धोती केहि मिलाइन । एउटा पछ्यौराले शरिर छोपि । झिसमिसे अँध्यारोमा सबैभन्दा पहिला ऊ सासु ससुराकोमा आई । आफ्नो अवस्था अवगत गराई । के गरौं भनि ? सासु ससुराले उल्टो झपारे, तँ यस्तै होस् भनेर आरोप लगाए । जेसुकै गर् मरे मर्, बाँचे बाँच् । बचन लगाए । त्यसपछि ऊ राकम नन्दको श्रीमानकोमा गई । उस्ले पनि वास्ता गरेन । लक्ष्मीलाई नै गलत भन्यो ।   

ऊ हिँडी । अब बाँच्ने आशा मर्यो । कर्णाली नदितिरको बाटो लागि मर्नलाई भनेर । सरासर हिंडिरही । त्यहि वेला घट्ट गएर फर्किएका माइतमा उस्का काका भेटिए । काकाले उस्को अनुहारबाटै ऊ समस्यामा रहेको थाहा पाइहाले । सोधे के भयो भनेर ? उ बोलीन, केहि बोलीन । काकाले निकै कर गरे पनि बोल्दै बोलीन । केवल आँसु बगाइरही । रोइरही । काकाले भरोसा दिए । के भयो भन ? हामी छौं तिम्रा माइति मरेका छैनन् भने । त्यसपछि लक्ष्मीले आफ्नो वृत्तान्त सुनाई ।

काकाले उस्लाई सदरमुकाम लगे । प्रहरी कार्यालयमा उजुरी दिए । अस्पताल लगेर चेक जाँच गराए । आवश्यक पर्ने सबै प्रमाण जुटाए । उनलाई लक्ष्मीको गाँउबाट हर्क बहादुरको फोन आउछ । ऊ गाउँको नेता हो, उस्को पार्टी सरकारमा छ । बजारमा उस्को पहुँच छ । पावर चल्छ । गाउँमा निकै फूतिफार्ती लगाउछ । धेरै मान्छे उस्का पछि लाग्छन् । त्यसैले लक्ष्मीको देवर र उस्का परिवारले उसैलाई भनेको हुनुपर्छ । फोनमा उस्ले गाउँको कुरा गाउँमै मिलाउ भन्छ । लक्ष्मीले गरेको कुरा झुटो हो भन्छ । दबाव दिन खोज्छ । तर काकाले मान्दैनन् । 

प्रहरीले लक्ष्मीको देवर र अर्को केटा दुबैलाई हिरासतमा राख्यो । एक-दुई दिनको अनुसन्धानपछि त्यो अर्को केटालाई छोडिदियो । दिदी माथी घटेको घटना थाहा पाएपछि लक्ष्मीकी बहिनी बजार आई । भावना आफै पनि सक्रिय भई । सबैले उस्लाई भरोसा दिए । हिक्मत नहार्न भने । अपराधीलाई सजाय दिलाएरै छोड्ने अठोट गरे । यो कुरा विदेशमा भएको लोग्नेलाई सुनाए । लोग्नेले उति वास्ता गरेन । लक्ष्मीको मन शान्त थिएन । ऊ वेलावेला मुर्छा पर्थी । उस्को शरिरको रगत सुक्दै गएको थियो । ऊ सेति भएकी थिई ।

केश अदालत गयो । लामो बहस पछि मुद्दा फैसला भयो । मुलुकी ऐन जवरजस्ती करणी महलको ३ नं.को देहाय ५ बमोजिम कैद वर्ष ५ (पाँच) र मुलुकी ऐन जवरजस्ती करणी महलको १० नं बमोजिम पिडितले प्रतिवादीबाट रु. १० हजार क्षेतिपूर्ती पाउने गरी फैसला सुनाईयो ।

यतिवेला भावनाको अनुहारमा निराशाको धर्सा होइन आवेग उक्लिएको हुन्छ । ऊ रिसले मुर्मुरिएकी हुन्छे । रातो अनुहार लगाउदै भन्छे सरकारी वकिलले बेइमानी गर्यो । मुद्दा जबरजस्ती करणीको मात्र होइन हाडनाता करणीको पनि लगाउनु पथ्र्यो । पछि वकिलसँग कुरा गर्दा पुनरावेदन गरौंला भनेछ । तर वकिल सक्रिय छैन ।

फेरी लामो सासपछि अमन बोल्छ अब महिलाहरुको अधिकारको निम्ति महिलाहरु नै अगाडी आउनु पर्छ । माक्र्सले मजदूर वर्गको हित मजदूर वर्गले मात्र गर्न सक्छ भनेजस्तै । महिला वर्गको हित महिला वर्गले नै गर्न सक्छ । अव मलिाहरुले नै इतिहास, दर्शन, राजनीतिशास्त्र, अर्थशास्त्र, कानुन पढ्नुपर्छ । नेतृत्व तहमा महिलाहरु आरक्षणको कोटाबाट होइन प्रतिस्पर्धाबाट आउनुपर्छ । प्रश्न गर्छ भेरी कर्णालीमा कम्युनिष्ट पार्टी स्थापनाको लामो इतिहास छ । तर किन कम्युनिष्ट कार्यकर्ताहरुले छोरीहरुलाई पढाउनपर्छ भन्ने विषयमा ध्यान दिएनन् ? त्यहि समयका छोराहरु लगभग पढेलेखेका छन् । अन्यायले सिमा नाघ्दा पनि लक्ष्मी सहेरै बस्नुले पुरुषहरुले जे गर्दापनि त्यसको प्रतिकार गर्न हुन्न भन्ने मानसिकताको विकास भएको छ । किन कार्यकर्ताहरुले महिला पुरुष समान हुन् भन्ने कुराको प्रचार गरेनन् ? यदि उनिहरुले छोरीहरुलाई पढ्न पठाएको भए । लक्ष्मी र लक्ष्मी जस्ता महिलाहरुले पनि राजनीतिबारे चासो राख्थे । केही कुरा बझ्ने र त्यसको प्रचारप्रसार गर्ने हुन्थे । उनिहरुमा विद्रोही भावनाको विकास हुन्थ्यो । शसक्त ढंगबाट प्रतिकार गर्न सक्थे । यसरी अन्यायको पराकाष्ट देख्नुपर्ने थिएन । 

लक्ष्मीमाथी घटेको घटना संयोगले बाहिर आउन पायो । लक्ष्मी जस्ता थुप्रै पिडित महिलाहरुको घटना अहिलेपनि बाहिर आउन सकिरहेको छैन । किन छाउपडि प्रथालाई महिलाहरुको प्रजनन परिपक्वतासँग गाँस्न सकेनन् ? यसमा त्यहाँका अगुवाहरुको दोष छ । के उनिहरु त्यतिवेला अरु पार्टी नपाएर कम्युनिष्ट पार्टीमा लागे त ? अमनले यति भन्दै गर्दा सुवाश होमा हो थप्छ र मनमनै अपरिचित लक्ष्मीको काल्पनिक चित्र बनाउन थाल्छ । उदास अनुहार भएकी लक्ष्मीको चित्र । आजभोली लक्ष्मी के गर्दै होली ? उस्को हालत कास्तो होला ? के उस्को मनले शान्ति पाएको होला त ? आफैले आफैमाथी प्रश्नको वर्षाद गराउछ । त्यसैवेला भावना मनमनै अठोट गर्छे अब म राजनीतिशास्त्र र कानुन पढ्छु ।

मितिः २०७३ कार्तिक १६ 
Share This Article
Facebook Email Copy Link Print
Previous Article अफगानिस्तानमा ११ जना तालिबान मारिए
Next Article रणवीर र दीपिका वैवाहिक जीवनमा बाधिदै, विवाह मिती तय
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

यूएईमा १ सय भन्दा बढी नेपाली कामदार अलपत्र, नेपाल फर्काइदिन अपिल

57 years ago
काठमाडौँ - KTMराजनीति

घण्टीका पौडेलद्वारा एमालेका पौडेलविरुद्ध सर्वोच्चमा मुद्दा दायर

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

सन् २०१८ मा इपीएस पास गरेका झण्डै १४०० नेपाली कोरिया जान पाउने सम्भावना न्यून

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

‘छाउ बार्न’ धामीकै दबाब

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?