By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    20 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गणतन्त्र कि गन्हाएको तन्त्र ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > गणतन्त्र कि गन्हाएको तन्त्र ?
काठमाडौँ - KTMलेख

गणतन्त्र कि गन्हाएको तन्त्र ?

साझासवाल
Last updated: May 29, 2019 10:03 am
साझासवाल
13 Min Read
Share

कमल डाँगी | आज हामीले लडेर ल्याएको तन्त्र स्थापना भएको दिन । अनुभूतिको सिर्शक नै यस्तो राख्दा म आफैले आफैलाई गाली गरे जस्तो लाग्छ । आफै गणतन्त्रको लागि भनेर ज्यानै त्यागेर हिडेको म जस्तै हजारौ मान्छेलाई झन् कन्चटमै गोलि हाने जस्तो हुँदो हो । तर म के गरु ? जन्मसिद्द राजाको “ताज” पहिरिने तन्त्र त फालेछौं तर बदलामा केवल “लाज” पहिरिने खालको मात्र तन्त्र बनाएछौं । यसरी यत्र-तत्र गनाइरहेको यो तन्त्र देख्दा गनाएको तन्त्र  भनिनै हालेपनि मैले केहि बिराए जस्तो लाग्दैन । के हामीले परिकल्पना गरेको तन्त्र अर्थात गणतन्त्र यहि नै थियो होला त ? अह, यो त हुँदै होइन, सर्ब-शक्तिमान राजाको ठाउँमा अर्को निरह राजा स्थापना गर्न त त्यत्रो रगत बगेकै होइन ।

हामी लामो कालखन्डदेखि एकतन्त्रीय राजा-रजौटाको शासन ब्यबस्थाबाट गुज्रयौं । हाम्रा वरिपरि संसारका दुइ ठुला देश चीन र भारत अबस्थित छन् । हामी तिनै दुई देशबाट घेरिएका छौं । भारतले सन १९५० मा अंग्रेजको अधिनबाट मुक्त भई लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अङ्गाल्यो । अर्कोतिर चिनले पनि माओत्सेतुङको नेतृत्वमा सर्वहाँरा सांस्कृतिक क्रान्ति सम्पन्न गर्दै जनबादी गणतन्त्र चीन स्थापना गर्यो । छिमेकको प्रभाव सबैलाई पर्दछ । हामीलाई पनि पर्‍यो । दुबैतिर लगभग एकै समयमा भएका परिवर्तनले हामीलाई पनि हल्का छोयो नै । हाम्रो समाजले पनि परिवर्तन चाहन्थ्यो । अधिकार चाहन्थ्यो । राजाको निगाहमा राणाले चलाएको निरङ्कुश शासनबाट मुक्ति चाहान्थ्यो । सोहि मुक्तिको लागि पहल गर्नेहरु कोहि भारतको राजनीति र ब्यबस्थाबाट प्रेरित भए भने कोहि चीनको । तुलनात्मक रुपले दक्षिणतिरको छिमेकीले भन्दा उत्तरतिरको छिमेकीले गरेको परिवर्तन हाम्रो समाजको अन्तर्बिरोध सङ्ग मिल्दो जुल्दो थियो । हामी बिदेशीबाट मुक्ति भन्दा स्वदेशी शासकबाट नै मुक्ति चाहन्थ्यौं तर हाम्रो समाजले उत्तरको छिमेकीको बिचारलाई आत्मसाथ गर्न सकेन । खासगरी भौगोलिक, भाषिक, धार्मिक समस्या, खुला सिमा ऐतिहासिक सम्वन्धकै कारण हाम्रो समाज दक्षिणकै संरक्षणमा रह्यो ।

देशभित्र राजनतिक गतिबिधि प्रतिबन्धित हुँदा पनि सोहि दक्षिणको छिमेकी भूमिको प्रयोग गर्दै शासकका बिरुद्द जेहाद छेड्ने काम भए । हामीले भुमि मात्र होइन, अन्तत: उनकै बिचार, चाहनालाई हाम्रो देशमा प्रयोग गर्न थाल्यौ । जसको फलस्वरुप भारतको कांग्रेशको सिको गर्दै नेपालमा पनि बिक्रम संवत २००४ मा नेपाली कांग्रेसको स्थापना गर्यो । उक्त पार्टिले दक्षिणकै आडमा बिभिन्न गतिबिधि संचालन गर्यो । मुक्ति सेना गठन गरि राणा शासनको बिरुद्द क्रान्ति नै गर्यो र सोहि क्रान्ति २००७ सालमा गएर राणाठाउँ ठाउमा पंचायतसम्म आउने सामान्य फेरबदल गरि राजा, कांग्रेस र भारतको त्रीपक्षीय सम्झौतामा टुङ्गियो । खुल्ला सिमाना धर्म सस्कृति  सामन्जस्यतामा रहेको हाम्रो मुलुक अब राजनीतक रुपले पनि कहिँ न कहिँ छिमेकी भारतकै हात हुने स्तरमा पुग्यो । एकातिर भारतको सिको गर्दै कति त भारतबाटै बसाइसराइ गरि आइ नेपालमा राजनीति गर्न लागे भने अर्कोतिर चीनको सिको गर्दै कम्युनिस्ट पार्टिको गठन पनि २००६ सालमै गरियो । यसरी दुइ फरक-फरक देशबाट भित्रिएका फरक-फरक बिचार र सिद्दान्तको टकरावले प्रजातन्त्र, झापा बिद्रोह, किशान आन्दोलन, बहुदल, जनयुद्द, जनअन्दोलन हुँदै आज नेपालमा ७० वर्ष नाघेको छ । यो अबधिमा देश भित्र थुप्रै परिबर्तनका लागि भनेर आन्दोलन भए, रगत वग्यो । अन्तत सबै सम्झौतामा तुहिए । त्यसकै अन्तिम कडीको रुपमा हामी आज मनाइरहेको गणतन्त्रलाई लिन सक्छौ । 

बिगत ७० वर्ष लगाएर गर्न खोजेको परिवर्तन के यहि थियो ? कि हाम्रो परिवर्तन र योजना फरक भए पनि तिनै छिमेकीको इच्छा अनुरुप यो ब्यबस्थामा आइपुगेका हौ ? इतिहास र तथ्यहरुलाई केलाएर हेर्दा चीनको जस्तो ब्यबस्थामा नेपाललाई लैजाने कि भारतको जस्तो भन्ने लडाइमा अन्तत: १२ बुदे समझदारीको नाममा दिल्लीकै ग्राण्ड डिजाइनमा कम्युनिस्टलाई हराइएको हो र कांग्रेस खासगरी भारतलाई जिताइएको हो । नेपालको पुरानो र ठुलो राजनीतिक दल नेपाली कांग्रेसले बिभिन्न परिबर्तनका प्रयासहरु गरे पनि उसले अंगाल्ने राज्यको प्रणाली शासकीय स्वरुपको अन्तिम रुप भारतको भन्दा भिन्न खोज्न सक्दैनथ्यो र सोहि खालको बनाउन चाहन्थ्यो । तर जनवादी गणतन्त्र, बैज्ञानिक समाजबाद हुँदै साम्यवादको लक्ष्य बोकेको कम्युनिस्ट पार्टी बामपन्थी शक्ति अन्तिममा गएर पुजीबादी ब्यबस्थामा घुडा टेकेपछि मात्रै आजको गन्हाउने तन्त्रको स्थापना सम्भव भएको हो । जो कम्युनिस्ट बिचार र आदर्सको कुनै बुदामा मेल खादैन र आज हामीलाई एउटा के शंका छ भने भारतले २००७ सालमा बीपीलाई भन्न लगाइएको संविधानसभा र समाजबादको अन्तिम मक्सद कम्युनिस्टको नाउमा प्रचण्डबाट त पुरा गराइएन ? आज सोचनीय बिषय बनेको छ । हामी आज किन भारतबाट प्रतापिडित छौ ? चाहे त्यो खुला सीमाको समस्या हो, नादिनाला हडफ्ने, खुला बजार अर्थतन्त्रको कुरा होस्, जनसख्या नेपालमा भित्रिने यी सबै कुराको पछाडी हामीले २००७ सालदेखि गर्दै आएका राजनैतिक सम्झौताहरु नै दोषी छन् । ति सम्झौताका योजनाकार नेता र पार्टी नै जिम्वेवार छन् । त्यसैले यहाँ कसैले चाहने बित्तिकै भारतसँगका राम्रा-नराम्रा कुनै पनि सम्बन्धको फेरबदल गर्न सकिदैन । राजनीति, उत्पादन नीति सबैमा भारतले जे चाहन्छ, नेपालमा त्यही हुन्छ र यो अबस्थामा हामी जति मजबुत हुन्छौं त्यो भन्दा बढी भारत नै पहिला मजबुत बन्दै आइरहेको छ । 

आजको समयले आधिकार बिहिनको गणतन्त्र संस्था भन्दा आधिकार संम्पन्न राजसंस्थानै ठिक थियो कि भन्ने कता-कता बुझाइ रहेको छ । तर त्यसो नभई कुनै खास बंशको अधिनायकत्ववाट जनताको अधिनायकत्व (जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्र कार्यकारी) हुने ब्यबस्थानै आम सर्बहारा जनताको हितमा हुने व्यवस्था थियो, त्यो नै बास्तबिक गणतन्त्र थियो । केवल राजा फाल्ने बित्तिकै समस्याको समाधान भै हाल्छ भन्ने कुरा गलत थियो । आम जनताको बलिदानीको उदेश्य यस्तो खिचडी खालको संसदीय व्यवस्थालाई मजबुत बनाउन थिएन । यो संसदीय सासद किन बेचको चलन त जमाना देखि नै चलेर आयो । यो व्यवस्थाले  देशलाई कति अस्थीरतामा राख्दछ भन्ने कुरा हामीले विगतमै देखिसकेका छौं र भोगिसकेका थियौ फेरि पनि सोहि व्यवस्थालाई नयाँ बोत्तलमा पानि उही जसरि ल्याउनु नै आजको समस्याको मुख्य गाठो हो ।

दक्षिणको हितको लागि दक्षिणले नै योजनाबद्द ढंगले नेपालमा स्थापना गरेको ब्यबस्थामा कम्युनिस्ट भन्नेहरु किन स्खलित भए त भन्ने केवल ब्राण्ड मात्र कम्युनिस्ट अनि मुख्य गुरु त दक्षिणकै रहेछन कि भन्दा आज अनपयुक्त नहोला । बिगतका दिनमा कम्युनिष्टले खास गरि चीनको सिको गरेर गठन भएको कमरेड प्रचण्डको नेतृत्वमा तात्कालिन नेकपा (माओबादि) ( हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेसको बिचार, सिद्धान्तको बिरुद्द आन्दोलन गर्यो । कम्युनिष्टको नाममा संसदबादमा फसेका शक्तिका बिरुद्द संघर्ष गर्यो । जनबाद-समाजबाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य बनाएर जनयुद्दको दिशाबाट अघि बढ्यो  र सोहि युद्दमा लाखौँले त्याग गरे । हजारौले बलिदानी गरे, अनि सबै-सबै नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले दु:ख कस्ट भोगे । यो सबैको मुख्य ध्यय भनेको भारतको अर्ध उपेनिबेश र नेपालको समान्तबादको अन्त्य गरि जनबादको स्थापना गर्नु नै थियो । तर भयो के भने, भारतको संरक्षणमा, भारतको नयाँ खालको उपनिबेशमा मैले भारतकै शरणमा भारतले नै भनेको तरिकाले गरे गर, नत्र तिमीलाई नाकाबन्दी लगाइदिञ्छु भन्ने तरवरले राजा फालियो । नामको मात्र गणतन्त्रको घोषणा गरियो । संविधानसभाबाट संविधान त बनाउने भनियो तर उनीले भने-भने जस्तो लेखे मात्र यो सबै हुने नत्र नहुने भनेर अप्रत्यक्ष/प्रत्यक्ष ढंगले निर्देशन दीईयो । जसको कारण पहिलो संविधान सभाका बहुमत सदस्यले उठाएका संघियता, खासगरी राज्यप्रणाली र शासकीय प्रणाली प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने बिषयलाई दुइ तिहाइ बाम्पन्थीको शक्ति संविधान सभामा हुँदा-हुदै पनि पास हुन दिईएन । हास्यास्पदको बिषय त के छ भने पहिले आफूलाई कम्युनिष्ट पार्टीको अग्रदस्ता भन्ने तत्कालिन एमाले जसले अहिले माओबादीलाई आफ्नो पोल्टामा पार्न सफल उक्त पार्टीले पनि कार्यकारी राष्ट्रपतिय प्रणालीलाई स्वीकार गरेन । अन्तत; बिना संविधान नै संविधानसभाको भङ्ग गरियो । 

अब संविधानसभाबाट जनताको अधिकार आउँदैन भन्ने थाहा हुँदा-हुँदै पनि उक्त ब्यबस्थामा बस्न हुदैन भन्ने कुरा बुझी तत्कालिन माओबादिको ठुलो झन्डै-झन्डै आधा हिस्सा कमरेड मोहन बैध किरणको नेतृत्वमा मैदान छोडेर हिड्यो भने अझै यहि व्यवस्थाबाट त्यो हामीले भनेको व्यवस्था सम्भव छ भन्दै प्रचण्डको नेतृत्वमा अर्को हिस्सा त्यतै अल्मल्लियो । फेरि संविधानसभाको निर्वाचन भयो यो व्यवस्थाबाट सम्भव छैन भन्ने ठुलो हिस्सा चुनावमा सहभागी नै भएन । बाहिर-बाहिर राम राम बगलीमा छुरा भने जस्तो काम अर्कै गर्ने कुरा अर्कै गर्ने निकै ठुल् मुले बन्न पुगेको नेकपा माओबादि केन्द्र ले हार्यो कहिले जिते ति जित्ने भित्रका पनि ब्गत देखि नै भारतमै रासोबासो गरेर भारतमै शिक्षा दीक्षा हासेल गरेर केवल हात्तिको देखाउने दात जस्तो चीनको माओको सिको गरेकाहरुले मात्र जिते !अन्तमा बनाउन खोजेको गणतन्त्र निर्माणको अबस्था टरेर गयो । उही संसदबाद हल्का मर्मत गरियो । भित्र छाडी बाहिर बाहिर सुनको जलप लगाएर  पुरानै गनाउनेबादलाई संविधान सभाको कराइमा तताउने काम गरियो । यसको पहल छिमेकी भारतले गर्यो । परिणामत: भारतको निगाहमा गणतन्त्रको नाउ दीईएको एक थान गनाउनेतन्त्रको ब्यबस्था गरियो । उनकै बिरुद्द छेडेको ,जनयुद्द, (पार्टी सेना र मोर्चा ) कम्युनिस्टको हल्ल्का झल्को दिदै भर्खर-भर्खर बिजारोपण गरिएको कम्युनिस्ट सस्कृतिलाई पूर्ण रुपले आत्मसमर्पण गराइयो/ त्यसको नेतृत्व गरेको नेतृत्व तहबाटै गरियो  घुमी फिरी रुम्जाटार भनेजस्तै फेरि उही परिपाटीमा चोचोमोचो मिलाइयो कमरेड प्रचण्डले  भने जस्तो “पुरै यु टर्नगर्न सम्भव थिएन तर गराइयो” मुख्यत: उहाँकै अग्रसरतामा बिगतका सबै बिसयलाई त्यागियो जसले गर्दा साच्चिकै भनेको जस्तो गणतन्त्र, आफ्नो बिचार सिदान्तलाई लक्ष्यलाई बचाउन सकेको भए प्रचण्ड को हाइ हाइ हुन्थ्यो यो देशको मात्र होइन संसारको पथप्रदशक को बन्दै गरेको प्रचण्डपथ स्थापित हुने निश्चित थियो ! हुन् त आज पनि चर्चाको सिखर मा छन् तर भारत का प्रधानमन्त्री नरेन्द्र मोदी फरक खालले चर्चामा रहे नेपालका संसद अमन लाल मोदी फरक खाल ले चर्चामा रहे ! त्यस्तै प्रचण्ड पनि बिगतमा उनको मृत्यु गर्न टाउकाको मूल्य तोक्नेहरुका प्यारो एवम् चर्चित र बिगतमा उनको लागि ज्यान दिनेहरुको दुस्मन एबम पतनको दिशाबाट चर्चित छन् ।

यस्ता अनेकन आरोह अबरोह पार गर्दै आइपुगेको नामको गणतन्त्र साच्चिकै गनाइरहेको छ ! फ्रीजमा हालेर राखिएको संसदीय व्यवस्थालाई  जबर्जस्ति मिसाउदा यति गनाइरहेको छ कि यसकै कारण कति त  बिरामी भै सकेका छन् ! कति यति मानशिक बिरामी भए कि सोहि रोगका कारण विगतमै गनाएको देख्नेहरु,यसका संरक्षक भएका छन् ! “यो यसमा मिसायो भने गनाउछ, छुटै अर्को नया पकाएर खानु पर्छ” भन्नेहरु पनि बासना मानि मानि घॆच्दै छन् ! यसकै बचाउको लागि  झन् नुहरनी देखिको बल लगाको देख्दा जमाना देखि यो गानाको तन्त्र घिचाउनेहरु नै दङ्ग छन् !उनीहरुलाई नै मात खुवाउने गरि घिचिरहेछन,घिचिरहेछन ! कतिपय, “हैन! मा यो खादिन गानाको छ” भन्दा पनि खानै पर्छ भनेर जबर्जस्ति खुवाइरहेका छन् ! मलाइ “खान हुदैन, यो फालेर अर्को नयाँ, ताजा, सफा र हामीलाई फाइदा हुने खानु पर्छ” भन्ने मेरै अग्रजले मिठो मानि-मानि खाइरहदा म पनि २ वटा हातले नाक थुन्दै भए पनि खाने कोशीस गरिरहेको छु । कयन त नखाने भनेर भागीरहेका छन् । म जस्तै कतिले खान नमान्दा प्रतिबन्धित हुन परेको छ । कति भोक-भोकै मर्नु परिरहेको छ । 

आखिर कहिलेसम्म यो गनाएको गणतन्त्रले हाम्रो भोक मेटिएला भनेर नसोचिएको पनि होइन । यो खानु भन्दा बरु अरु नै खाने भनेर भौतारिदा बिष लाग्ने कन्धमुल पर्ला भन्ने डर पनि एकातिर छ । मर्नु भन्दा बहुलाउनु जाति भनेर आँखा चिम्म गरेर भिर कान्लाबाट हाम फाल्न पनि कहाँ भयो र । मुख्य कुरा त के खाने कसरी खाने ? कहिले खाने ? कहाँबाट खाने, भन्ने बारेमा ठुलो बहस गरौँ । सकेसम्म हामीले खाने त्यो तन्त्र आफै निर्माण गरौँ केहि सरसामान कच्चा पदार्थ दक्षिण/उत्तरबाट मागेर होइन, किनेर ल्याउ । आफ्नै देशमा आफ्नै तरिकाले उत्पादन गरौँ । त्यसको बिस्तार बिकाश गरौँ । परापुर्बदेखि गनाएको खान पल्केकाले पनि छोडौ, पहिला-पहिला बिरोध गर्ने अहिले अरुको भन्दा बनि बढी हसुर्नेले पनि बेलैमा खान छोडौं  । नत्र पेटको बिरामी निम्त्याइएला । यी सबै चिज नबन्दासम्म खाए खा नखाए घिच ! भने जस्तो यो कसैको गणतन्त्र मेरो लागि गनाएको तन्त्रलाई स्विकार्ने सबै-सबैलाई शुभ-कामना नस्विकारी विकल्पको लागि भौतारिरहेकाहरुलाई पनि जथाभाबी झारपात सेवन नगर्न धैर्यताका साथ अघि बढ्न अनुरोध गर्दछ, जय गनाएर हुन् नसकेको गणतन्त्र !!

Share This Article
Facebook Email Copy Link Print
Previous Article वैदेशिक रोजगारबाट फर्केपछि बाख्रापालन
Next Article २०७६/७७ को बजेट भाषण (भिडियो)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

कोरोना अपडेटः भाइरसबाट उच्च सङ्क्रमण रहेको दश देश यी हुन्

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

माधव समूहले गुटगत भेला राखेकोभन्दै ओली समूह सशंकित

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

नेप्से परिसूचक १७.०१ अंकले घट्यो

3 months ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

अमेरिकी महिलालाई बन्धक बनाएर फिरौती मागेपछि…

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?