मुक्ति नाथ चन्द |
आजको दिनसम्म विश्वका श्रमिक आन्दोलनहरु धेरै ठुल्ठुला भए तरपनि श्रमिकले चाहेको जस्तो उपलब्धि हासिल गर्न सकेनन् । किनभने भुमण्डलीकृत पुजीवादले कुनै न कुनै रुपबाट श्रमिक बर्गलाई अत्याचार दमनकारी भुमिकाबाट उनिहरुको बाच्न पाउने अधिकार पनि बन्चित गर्दै आइरहेको विश्वका इतिहासमा प्रष्ट देख्न सकिन्छ । यस्तै रसियाका श्रमिकले ठूलो योगदानबाट प्राप्त सोभियत संघ विघटन हुनु, दुई-दुई पटक विश्वयुद्ध हुनु, कयौंपटक प्राकृतिक बिपत्ति र विभिन्न महामारीको प्रकोपबाट यीनै गरिखाने श्रमजीवी बर्गलाई ठूलो क्षति बेहोर्नु परेको छ । ती आजसम्म भएको योगदानको कुनै लेखाजोखा छैन । तिनै श्रमजीवी वर्गले अधिकार प्राप्तिका लागि अमेरिकाको शिकागो शहरमा ठूलो रगतको खोला बगाउन पर्यो, आाज एकसय तीस बर्ष पुरा भइ एकसय एकतीस बर्ष लाग्दैछ । विश्वका श्रमिकले एकसय एकतीसौ दिवस मनाउने क्रममा छ, यो दिवस मनाईरहदा हाम्रो ती महान सहिदहरुको सपनाहरू के थिए भन्ने कुरा विश्वका श्रमिकले एकसाथ मनन् गर्नैपर्छ ।


यस्तै प्राकृतिक प्रकोप अनि विश्वम्भर फैलिने ठूला महामारीको शिकार पनि यीनै वर्गले सहनु पर्ने ? सिमित दलाल पुजीपतिको हातमा सबै स्रोत साधन कब्जा हुँदा श्रमिकले भोकभोकै मर्न बिवश हुनुपर्ने ? विश्वमा अहिले साढे सात अर्ब मानिस छन्, जसमध्ये ८० करोड मानिसले २४ घण्टामा एकछाक खान समेत पाउदैनन् । कार्लमाक्सले भन्नुभएको थियो ‘यो पृथ्वीमा सय अर्ब मानव जातीलाई खान-बस्न पुग्ने छ । तर सबैलाई बराबरी गर्नुपर्छ, कसैलाई धेरै कसैलाई थोरै गर्यो भने एक अर्ब मानिसलाई पनि पुग्दैन ।’ बास्तविकता यहीँ हो कि साचो अर्थमा भन्ने हो भने श्रमिक वर्गले आजसम्म गरेको योगदान अमूल्य र अतुलनीय छ । तर तिनै योगदानकर्ता श्रमिकहरुले भोकभोकै बस्नु पर्ने र अनेकौं अभाव झेल्नुपरेको हुड्ना यस विषयमा गहकिला प्रश्नहरु खडा भएका छन् । मुलत: आफू र आफ्ना सन्ततिलाई स्वास्थ्य, शिक्षा गाँस-बास कपासको आधारभूत आवश्यकता प्राप्तिका लागि आम श्रमिक वर्गले योगदान दिएका हुन् । ग्लोबल पुजीवादीहरुको दृष्टिकोण के देखिन्छ भने श्रमिक वर्गलाई उठ्ने मौका दियो भने हामीले उनीहरूलाई उपयोग गर्ने बाटोको अन्त्य हुन्छ । अर्कोतिर श्रमिकहरुको समस्या हल गर्न विश्व श्रम संगठनहरु आईएलओ international labour organization र डब्लु एफ टियु would federation of trade union जस्ता महासंघ पनि छन् । विश्व ट्रेड युनियन महासंघहरुले श्रमिकको हित बिपरित दलाल पुजीपतिहरुकै प्रक्षपोषण गर्दै गए भने अब विश्वका श्रमिकहरुले गाँस-बाँस-कपास प्राप्तिको निमित्त बैज्ञानिक समाजवादको बाटो एकै पटक लिनेछन् । यो अवस्थामा दलाल पुजीवादको अन्त्य निस्चित नै छ ।


यदी समस्या आईपरेको र खान समेत नपाएर पटक-पटकको अभाव झेल्दै गाँस-बाँस-कपास अनि स्वास्थ्य, शिक्षाको समानताको प्रत्याभूति समेत नपाएको अवस्थामा श्रमिक वर्गले यिनै माग राख्दै ‘बैज्ञानिक समाजवाद एकमात्र बिकल्प हो’ भनेर सडकमा श्रमिकवर्ग नउत्रेलान् भन्न सकिदैन । किनकि श्रमिवर्गको मुक्ति भनेकै समाजवाद हुँदै साम्यवाद हो ।
लेखक मुक्ति नाथ चन्द नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन्, उनि हाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका कोषाध्यक्षको जिम्मेवारीमा समेत छन् ।


