गृहमन्त्री लामिछाने पुगे मन्त्रालय, आजैबाट सम्हाले कार्यभार
पुस ११, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सोमवार पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मन्त्री पदको शपथ लिएपछि उनले सोमवार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।