मंसिर १६,  पोखरा | धेरै जसो मानिसहरु  भौगोलिक क्षेत्र र पारिवारीक पृष्ठभुमीलाई दोषी देखाएर आफ्नो प्रतिभालाई उजागर गर्न नसकेको जिकिर गरिरहेका हुन्छौ तर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १६,  पोखरा | धेरै जसो मानिसहरु  भौगोलिक क्षेत्र र पारिवारीक पृष्ठभुमीलाई दोषी देखाएर आफ्नो प्रतिभालाई उजागर गर्न नसकेको जिकिर गरिरहेका हुन्छौ तर "/>
2026-08-20 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा जम्दै, धादिङे ठिटो रमेश बाबु

मंसिर १६,  पोखरा | धेरै जसो मानिसहरु  भौगोलिक क्षेत्र र पारिवारीक पृष्ठभुमीलाई दोषी देखाएर आफ्नो प्रतिभालाई उजागर गर्न नसकेको जिकिर गरिरहेका हुन्छौ तर मानिसलाई आफ्नो प्रतिभा देखाउन भौगोलिक क्षेत्र र पारिवारीक पृष्ठभुमी बाधक बन्न सक्दैनन् भन्ने ज्वालन्त उदाहरण बनेका छन् एक २८ बर्षिय युवा रमेश बाबु अर्थात रमेश तिमल्सिना !  उनि धादिङको बिकट उत्तरी क्षेत्र बसेरी गाबिस ६ अधेरीमा बाबु मान प्रसाद तिमल्सिना र आमा रणदेबी तिमल्सिनाको जेष्ठ सुपुत्रका रुपमा बि.स २०४५ सालमा निम्न मध्यम बर्गिय परिवारमा जन्मिएका हुन् ।

कलकारितामा रुचि राख्ने रमेश स्कुलमा हुने कार्यक्रममा सक्रिय रुपमा सहभगी हुन्थे । सानै उमेर देखि कलकार बन्ने रहर पालेका उनि २०६२ सालमा उच्च शिक्षा अध्ययनकोलागि सपनाको सहर काठमाण्डौं पसे, काठमाण्डौं पसेसगै उनको बाटो मोडियो । घरबाट पठाईदिएको सिमित पैसाले काठमाण्डौंमा बस्न , खान र कलेज पढ्न गाह्रो हुनथालेपछि उनि लागे जागिरको खोजिमा । भरखर एसएलसी मात्रै पास भएका उनलाई जागिर पाउन पनि निकै गाह्रो भयो । उनले २०६३ सालमा बल्ल तल्ल जागिर त पाएत्यो पनि निकै दुख हुने मार्के्टिङ्गको त्यही पनि भने जस्तो पैसा हुदैनथ्यो ।

यही बिचमा कलकार बन्ने चाहाना पालेका रमेश बाबुले हरिबश आचार्य र मदनकृष्ण श्रेष्ठले निर्माण गरेको टेलिचलचित्र महचौतारीमा अभिनय गर्ने अवसर पाए । त्यसपछीकलकार नै बन्छु भन्ने भुत रमेशमा झन बढ्न थाल्यो । महचौतारीबाट अभिनय यात्रा सुरु गरेका उनि ठुलो पर्दाको चलचित्र देवरबाबुमा समेत देखिने अवसर पाए । दस जोडदुईको अध्ययन र कलकारीताको केही अनुभब बटुलेर काठमाण्डौंको दुई बर्षको बसाईपछि उनि हानिए पर्यटकिय सहर पोखरा, फेरी सुरु भयो उनको अर्को यात्रा ।

डिप्लोमाको पढाई संगसंगै उनि लागे फेरी काम कै खोजिमा , उनले जागिर त पाए फेरी पनि उस्तै पैसा नै कम हुने रेडियोको । तर उनलाई त्यही जागिर पोखरा बसाईकोसारथी बन्यो । पोखराको पहिलो सामुदायिक रेडियो हिमचुली एफ एममा ३ बर्ष बिताएका उनले रेडियोको जागिर सगै धेरै कुरा सिक्ने र भोग्ने मौका पाए । हिमचुलीएफएममा हुदा उनले केही रेडियो नाटक र अभिनयका कुरा सिक्ने अवसर पाएपनि उनको जिवन झन झन अफ्ठेरो मोडमा पुग्दै थियो । रेडियोबाट पाउने थोरै तलबका भरमाउनलाई जिबन धान्न निकै कठिन हुदै गयो कति दिन त चिउरा, चाउचाउ र गाऊबाट ल्याएका भुटेका मकैमा नै छाक टारेको उनि बताउछन् ।

केही समय पोखराको सफलता एफ एममा समेत काम गरेका रमेश बाबु अहिले पोखराको पहिलो एफएम माछापुच्छ्रे एफ एम र पोखराको पहिलो टेलिभिजन गोल्डेन आईटेलिभिजनमा कार्यरत छन् । मार्के्िटङबाट माछापुच्छ्रे एफ एममा प्रबेश गरेका उनि कार्यक्रम संञ्चालक मार्के्िटङ्ग म्यानेजर, प्राबिधिक प्रमुख हुदै स्टेशन म्यानेजरको समेतजिम्मेवारीमा काम गरे । गोल्डेन आई टेलिभिजनका भने उनि कार्यक्रम सञ्चालक मात्रै हुन् । रेडियो र टेलिभिजनमा कार्यरत रहदा रहदै पनि उनको कलकार नै बन्छु भन्नेमन मानेन र अहिले फेरी उनि कालकारितामा पनि सक्रिय बन्न थालेका छन् ।

रङ्गमंञ्च  र सानो पर्दाका टेलीचलचित्रमा सक्रिय रमेश बाबुलाई यतिबेला भने भ्याई नभ्याई छ । पोखराका हास्यकलाकारद्वय (राजेन्द्र नेपाली र युवराज भण्डारी) पोखरेलीधुर्मुस र माग्नेबुढाले निर्माण गरेको दुई हास्य टेलिचलचित्र खिचडी र गडबडीका कलाकार समेत रहेका रमेश आज भोली कृष्ण उदासीको लेखन तथा निर्देशनमा मञ्चन हुनेतयारीमा रहेको नाटक ‘एक रुपैया’  को रियलसनमा ब्यस्त छन् । उक्त नाटक यही मंसिर १७ र १८ गते पोखरा उध्योग वाणिज्य संघको सभाहलमा मंञ्चन हुदै छ ।

यसअघी पनि रमेश बाबुले कृष्ण उदासी कै लेखन तथा निर्देशनमा गत भदौमा मञ्चन भएको नाटक ‘मौसम हराएको देश’ मा अभिनय गरिसकेका छन् । अन्तरमुखी स्वभाबभएका रमेश बाबु धादिङ्ग पत्रकार समाज पोखराका उपाध्यक्षको जिम्वेवारीमा समेत छन् । झट्टै आफ्ना कुरा कसैलाई नभन्ने र आफ्नो काममा लगनशिल भएर खटिनेउनको स्वभाब रहेको उनका सहकर्मीहरु बताउछन् । कलकारीता संगसंगै साहित्यमा पनि रमेश बाबुको रुचि उत्तिकै रहेको छ ।उनले यस अगाडी केही म्युजिक भिडियोमा पनि अभिनय गरी सकेका छन् । स्थापित कलकार बन्ने उदेश्य लिएका रमेशबाबुलाई सकरात्मक साथ र हातको भने खाचो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह