2026-09-15 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘नेपाली भाइ’का कारण चर्चामा सलमान खान, को हुन् त नेपाली भाइ ?

काठमाडौँ । बलिउड अभिनेता सलमान खान यतिबेला भारतीय सञ्चारमाध्यममा ‘नेपाली भाइ’का कारण चर्चामा छन् । सलमान खानले आफ्नो परिवारमा एक जना नेपाली भाइ रहेको खुलासा गरेको समाचार सोमबार विभिन्न भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले आफू सानो छँदाको स्मरण सुनाएका हुन् । त्यतिबेला आफ्ना काकाले टेसु नाम गरेका एक नेपालीलाई धर्मपुत्रका रूपमा पालेको सलमानले बताएका हुन् ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार त्यतिबेला टेसु पनि सानै थिए । उनी सलमानकै आवासीय बिल्डिङको चौथो तलामा घरेलु कामदारका रूपमा बस्दै आएका थिए । टेसुलाई कुनै कारणवस उसको साहुले त्यतिबेला निकालिदिएका थिए । त्यसपछि सलमानको काकाले उनलाई असहाय अवस्थामा फेला पारेर आफूसँगै ल्याएका थिए ।

सलमानका अनुसार उनका काकाले टेसुलाई इन्दौरमा आफूसँगै लगे । काकाले उनलाई धर्मपुत्रजस्तै गरी राखेको र छोराकै हैसियतमा जायजेथासमेत उपलब्ध गराएको सलमानले खुलासा गरेका छन् । यस अर्थमा टेसु आफ्नो भाइ रहेको सलमानले प्रस्ट पारेका छन् ।

यद्यपि, टेसुको नेपालमा को–को छन्, उनको ठेगाना कहाँ हो भन्ने खुलाइएको छैन । हाल उनी इन्दौरमै रहेको बताइएको छ । उनले विवाह गरिसकेको र तीन सन्तानका पिता रहेको सलमानले खुलासा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु