४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

भुकम्पमा परी उदयपुरबाट १६ जनाको मृत्यु, करीब २० करोड भन्दा बढीको क्षती

१२ बैशाख २०७३, आईतवार ०८:४४

अजयकुमार साह/ बैशाख १२, उदयपुर (गाईघाट)
गत बर्ष बैशाख १२ गते गएको महाविनाशकारी भुकम्पमा परी उदयपुरबाट १६ जनाको मृत्यु भएको
तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला भित्र १ जना र जिल्ला बाहिर गरी जम्मा १६ जनाको मृत्यु भएको
पुष्टी भईसकेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी गराउनुभएको छ ।

भुकम्प दिवस २०७३ को अवसरमा आज आईतबार जिल्ला विकास समितिको सभाहलमा आयोजित
कार्यक्रममा आफनो धारणा राख्दै प्रजिअ घिमिरे भुकम्पको क्षेती बारे विवरण सार्वजनिक गर्नुभएको छ ।
त्यस्तै भुकम्पमा परी ४० जना घाइते, व्यक्तिगत घर पूर्ण क्षेति १ सय ६२ वटा, आंशिक क्षेति १ हजार ६९,
साधारण क्षेति ११ हजार १ सय ८०, सार्वजनिक भवन पूर्ण क्षति ६३ वटा , आंशिक क्षति ६ सय ८४ वटा रहेको
तथ्याङ्क सार्वजनिक गरिएको छ ।

udaypur 1
यसै गरी व्यक्तिगत सम्पति क्षति ९६ करोड १० लाख ९ हजार बराबर, पशुपंक्षी क्षति ८० हजार बराबर
र अन्य सम्पत्ति क्षति ८ लाख ६५ हजार बराबर, विद्यालय क्षति १५ करोड ७९ लाख बराबर र कुल सार्वजनिक
सम्पत्ति क्षति १९ करोड ६१ लाख ३० हजार बराबर भएको प्रजिअ घिमिरेले बताउनुभयो ।

भुकम्पमा परी पिडित भएका घरपरिवारलाई उद्धार तथा राहत वितरण गर्ने क्रममा पीडितहरुलाई
शुरुमा पूर्ण घर क्षति हुनेलाई ५ हजार, आंशिक क्षति हुनेलाई ३ हजार, घर निर्माण गर्न पूर्ण क्षतिहुनेलाई
१५ हजार र न्यानो कपडाका लागि १० हजार नगद सहित विभिन्न लत्ता कपडा, त्रिपाल, खाद्यान्नहरु समेत उपलब्ध
गराइएको थियो ।

udaypur
आजकै दिन ११ बजेर ५६ मिनेटको समयमा गएको महाविनाशकारी भूकम्पले
पु¥याएको धनजनको क्षतिबारे चर्चा गर्दै महभूकम्पमा परी दिवंगत हुनुभएका समस्त मृतकहरुप्रति
श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ तथा अपाङ्ग भएकाहरुको सहज जीवनयापनको कामना एवं मृतकका
परिवारहरुप्रति समवेदना व्यक्त गरी १ मिनेट मौन धारण गरियो ।

दिवसलाई एउटा पाठ सिकाईको रुपमा लिई आगामी दिनमा यस्तै समस्या भएको खण्डमा गर्नुपर्ने
पहलहरुको विषयमा चर्चा गरिएको थियो । सोही क्रममा प्रमुख जिल्ला ईन्जिनियर नविनकुमार सिंहले भुकम्प
प्रतिरोधात्मक भवन निर्माणको विषयमा प्राविधिक प्रस्तुतीकरण समेत प्रस्तुत गर्नुभयो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको आयोजना र जाल्पा एकिकृत विकास समाज, सवल
परियोजनाको समन्वयमा आयोजना गरिएको सो कार्यक्रममा राजनितिक दल, सरकारी कार्यालयका प्रमुख तथा
प्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा महाभूकम्पले पु¥याएको क्षति, उद्धार, खोजतलासका प्रयास तथा राहतका
क्रियाकलापहरु समेटिएका तीनवटा वृत्तचित्र प्रदर्शन गरियो । उक्त कार्यक्रममा भवन आचार संहिता,
पुननिर्माण प्राधिकरणले तयार गरेका भवनहरुको नमूना र भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने तरीकाबारे
कार्यपत्र प्रस्तुत गरिएको थियो ।

महाभुकम्पमा परी
अधिराज्यव्यापी रुपमा मृत्यु हुनेको संख्या कूल ८ हजार ९ सय ६१, घाइते २२ हजार ३ सय २, सरकारी घर पूर्ण
क्षति २ हजार ६ सय ८७, आंशिक क्षति ३ हजार ७ सय ७६, निजी घर पूर्ण क्षति ७ लाख ७६ हजार ८ सय ९५, आंशिक
क्षति २ लाख ९८ हजार ९ सय ९८, अपांग ५ सय भन्दा बढी भएको थियो । थुप्रै ऐतिहासिक सम्पदा खण्डहर भएको, १४
जिल्ला अति प्रभावित भएको, विकास निर्माणका पूर्वाधारहरुको क्षति भएको थियो ।

यसैक्रममा हाल नेपाल सरकार पुननिर्माण प्राधिकरणले यही बैशाख १२ र १३ गते लाई मध्येनजर
गरेर लगत संकलन सम्पन्न भएका ११ जिल्लाका अनुदान पाउन योग्य व्यक्तिहरुको सूची प्रकाशन गर्ने, ११
जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रका १÷१ गा.वि.स.मा निजी आवास निर्माणका लागि अनुदानको सम्झौता गर्ने,
अति प्रभावित ९ जिल्लाका कम्तिमा १÷१ गा.वि.स.मा निजी आवास पुनःनिर्माण शुभारम्भ गर्ने, ती प्रत्येक
जिल्लामा १÷१ सामुदायिक आवास भवन पुनःनिर्माण प्रारम्भ गर्ने, प्रत्येक जिल्लामा १÷१ सामुदायिक विद्यालय
भवन पुनःनिर्माण प्रारम्भ गर्ने, प्रत्येक जिल्लामा १÷१ स्वास्थ्य संस्था भवन पुनःनिर्माण प्रारम्भ
गर्ने, तोकिएका ऐतिहासिक सम्पदा पुनःनिर्माण शुरु गर्ने लगायतका प्राथमिकताका कार्यक्रमहरु प्रारम्भ
गर्ने योजना रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश