१० जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

१२ बैशाख २०८२, शुक्रबार १२:२६

काठमाडौँ | मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् ।

विसं २०८० मा कूल ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९ दशमलव ७६ प्रतिशतले बढेर एक लाख ४४ हजार ७४५ जना पुगेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिनुभयो । एक्यापका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्क राष्ट्रका पर्यटकको आगमन ५३ दशमलव ७१ प्रतिशतले बढी छ ।

गत वर्ष सार्क राष्ट्रबाट एक लाख १७ हजार ६१४ जना र अन्य मुलुकका २७ हजार १३१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार २०८१ वैशाखमा २० हजार ८०९, जेठमा २८ हजार ८५६, असारमा आठ हजार १८७, साउनमा तीन हजार ५५८, भदौमा छ हजार ६७९, असोजमा १३ हजार २१६, कात्तिकमा १४ हजार ५७८ र मङ्सिरमा सात हजार ५५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छ्न । साथै पुसमा छ हजार ९७५, माघमा तीन हजार ५१७, फागुनमा नौ हजार ३२६ र चैतमा २१ हजार ४९१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । कार्यालयका अनुसार गत वर्ष कूल ७२ राष्ट्रका पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

कार्यालय प्रमुख गुप्ताका अनुसार मुस्ताङ आउने सार्क राष्ट्रतर्फ ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका छन् । उनीहरु विशेष गरी मुक्तिनाथ दर्शन गर्न आउँछन् ।

एक्याप जोमसोमका अनुसार विसं २०८० सालमा ९६ हजार ६४५ जना विदेशी पयटकले मुस्ताङको भ्रमण गर्दा सार्क राष्ट्रतर्फ ७६ हजार ५१६ जना र अन्य विदेशी पर्यटकतर्फ २० हजार १२९ थिए ।

केही वर्षयता राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकमार्ग सहज भएसँगै मुस्ताङ आउने आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य वृद्धि भइरहेको एक्यापको भनाइ छ । कार्यालयका अनुसार मुस्ताङ आउने एक चौथाई विदेशी पर्यटक अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै आएका छन् । साथै लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको सख्यामा समेत वृद्धि भइरहेको छ ।

मुस्ताङबाट दृष्यावलोकन गर्न सकिने निलगिरि र धौलागिरि हिमालको मनमोहक दृष्य एवं यहाँका प्राकृतिक तथा जैविक विविधता अवलोकन गर्न विदेशी पर्यटक आउने गरेका छन् । कालिगण्डकी नदीको तटीय क्षेत्र, यहाँका पृथक भूगोल तथा प्राकृतिक सौन्दर्यताका कारण पर्यटक आउने गरेका छन् । यहाँका गुम्बा, माने, छोर्तेन र स्तुप पर्यटकीय आर्कषण हुन् ।

उपल्लो मुस्ताङमा मुस्ताङी राजाको ऐतिहासिक राजदरबार, लोघेकर (घर) गुम्बा, छोसेर गुफा, चिउसी गुफा, लुरी गुम्बा, दामोदरकुण्ड धार्मिकस्थललगायतका पर्यटकीय सम्पदा विद्यमान छन् । यस्तै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, कागबेनीधाम, ढुम्बाताल, स्याउको राजधानी एवं सांस्कृतिक गाउँ मार्फा, गुरुसाङ्वो गुफा, टिटी ताल र सेकुङ ताल लगायतका पर्यटकीय गन्तव्य भएकै कारण मुस्ताङमा पर्यटक आगमनदर बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रूसतर्फ प्रहार भएका ११२ युक्रेनी ड्रोन नष्ट, आठ जना घाइते एआईको सही सदुपयोग गरी प्रयोग गरौँः मन्त्री पन्त सरकार नै हिंसाप्रेरित देखिएको भन्दै,पर्यवेक्षण गर्न मानव अधिकार आयोगलाई राजावादीको आग्रह इन्डोनेसियाको सुमात्रामा भूकम्प, १०० भन्दा बढी घर ध्वस्त गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ: प्रधानमन्त्री ओली यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द श्रम ऐन कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने : सभापति देउवा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै – के गर्दै छ कांग्रेस ? श्रीलंकाका क्रिकेटर एन्जेलो म्याथ्यूजले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारीहरु काम रोकेर आन्दोलनमा कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरु यसपटक बढी पानी पर्ने भएपछि डेंगु संक्रमणको जोखिम पनि बढ्ने खतरा: रोग नियन्त्रण महाशाखा तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, आइतबारमात्रै मुद्दा दर्ता हुने युट्युबमा सर्वाधिक रुचाइएका मिस्टरबिस्ट २७ वर्षकै उमेरमा सेल्फमेड बिलिनियर बन्न सफल इरान र अमेरिकाबीच रोममा नयाँ चरणको आणविक वार्ता हुने पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने