2026-11-25 12:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनेत्री रावलाई सुन तस्करी मुद्दामा एक वर्षको जेल सजाय,जमानतबाट वञ्चित

काठमाडौँ | कन्नड अभिनेत्री रान्या रावलाई सुन तस्करी मुद्दामा एक वर्षको जेल सजाय सुनाइएको छ । यो आदेश विदेशी मुद्रा संरक्षण तथा तस्करी रोकथाम ऐन सल्लाहकार बोर्डले पारित गरेको हो । यो मुद्दामा रान्यासँगै अन्य दुई जना अभियुक्त पनि मुछिएका थिए ।

आदेश अनुसार, तीनै जनालाई एक वर्षको जेल अवधिमा जमानतको लागि आवेदन दिने अधिकारबाट वञ्चित गरिएको छ । अर्थात् उनीहरूमध्ये कसैले पनि सम्पूर्ण सजाय अवधिभर जमानतको लागि आवेदन दिन सक्ने छैनन् ।

रान्या फिल्म ‘माणिक्य’मा कन्नड सुपरस्टार सुदीपको अपोजिट भूमिकाका लागि परिचित छिन् । उनले अन्य दक्षिण भारतीय फिल्महरूमा पनि काम गरेकी छिन् । रान्यालाई यही वर्षको मार्च ३ मा बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ दशमलव ८ किलो सुनसहित राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले पक्राउ गरेको थियो । बारम्बार अन्तर्राष्ट्रिय यात्रा गरेको कारण डीआरआईले निगरानीमा राखेको थियो ।

मार्च ३ को राति एमिरेट्सको उडानमा दुबईबाट बेंगलुरु आइपुगेकै समयमा उनलाई पक्राउ गरिएको थियो । रान्याले शरीरमा धेरैजसो सुन लगाएको र उनले आफ्नो लुगामा सुनका बारहरू लुकाएको डीआरआईका अधिकारीहरूले बताएका थिए । रान्याका सौतेनी बुबा रामचन्द्र राव एक वरिष्ठ आईपीएस अधिकारी हुन् ।

ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) अन्तर्गत रान्याविरुद्ध ईसीआईआर दर्ता गरेको थियो । जुलाई ४ मा, ईडीले उनी विरुद्ध कारबाही गर्दै बेंगलुरुको भिक्टोरिया लेआउटमा रहेको घर, बेंगलुरुको अर्कावती लेआउटमा रहेको एउटा जग्गा, तुमकुरमा रहेको औद्योगिक जग्गा र अनेकल तालुकमा रहेको कृषि जग्गा जफत गरेको थियो । यी सबै सम्पत्तिहरूको कुल मूल्य लगभग ३४ करोड १२ लाख भारु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार