2026-10-05 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पिताले भनेको कुरा नमान्दा पछुतो लागेको छ : बलिउड अभिनेता सलमान खान

काठमाडौँ | बलिउड अभिनेता सलमान खानले हालै आफ्नो आधिकारिक एक्स एकाउन्टमा एउटा पोस्ट गरेका थिए | त्यसमा उनले आफ्ना पिताले भनेको कुरा नमानेकोले पछुतो लागेको बताएका छन्| उनले भने बुवाले भनेको कुरा समयमै आत्मसाथ /स्वीकार नगर्दा गल्ति गरेको महसुस गरेको भनेका हुन् | गल्तिहरुको समयमै आत्मालोचना नगर्दा ति गल्तिहरु आफ्नो दैनिकी बनेको उनले भने |

यी र यस्ता थुप्रै गल्तिहरुको कारणले गर्दा ‘वर्तमान हाम्रो विगत बन्छ र विगत हाम्रो भविष्य बन्छ| वर्तमान एउटा उपहार हो, त्यसैले यसलाई राम्रोसँग प्रयोग गर्नुपर्छ । बारम्बार दोहोर्‍याउँदा गल्तीहरू बानी बन्छ, र त्यसपछि यो पात्र बन्छन् । अरू कसैलाई दोष नदिनुस् । तपाईंले गर्न नचाहेको काम गर्न कसैले पनि जबरजस्ती गर्न सक्दैन । मेरो बुबाले मलाई यही भनेका थिए र यो एकदमै सत्य हो । मैले यो पहिले नै सुनेको थिए, तर अब अझै पनि ढिलो भएको छैन ’ उनले भने |

सलमान खान आफ्ना पिता सलिम खानसँग निकै नजिक छन् । तर, एक समय यस्तो थियो जब सलमानको अभिनेता बन्ने इच्छा सुनेपछि सलिम खानले उनलाई गधा नै भनिदिए । पिता सलमानलाई अभिनेता होइन, क्रिकेटर बनाउन चाहन्थे ।

यसका लागि सलिमले पाकिस्तानका महान् क्रिकेटर सलिम दुर्रानीलाई सलमानको प्रशिक्षक बनाएका थिए । सलमानलाई क्रिकेटमा रुचि थिएन । तर उनी राम्रो खेल्थे । एक दिन उनको बुबा उनको खेल हेर्न रङ्गशालामा आए ।उनले आफूले राम्रो खेले भने सधैँभरि क्रिकेट नै खेल्नुपर्छ भन्ने उनलाई थाहा थियो । यही सोचेर पिता आफ्नो खेल हेर्न आएको दिनमा उनले जानी जानी नराम्रो खेले । उनको प्रदर्शन यति खराब थियो कि उनलाई क्रिकेटको प्रशिक्षणबाट हटाइयो ।

केही समयपछि सलमानले १९८९ को फिल्म ‘बिवी हो तो ऐसी’ बाट आफ्नो अभिनय करियर सुरु गरे । सलमानलाई फिल्ममा उनको अभिनय मनै परेन । उनी आफैँ आफ्नो फिल्म फ्लप होस् अनि कसैले नहेरोस् भन्ने कामना गरिबस्थे ।

पहिलो फिल्मबाट असन्तुष्ट सलमानले आफ्ना बुबा सलिम खानलाई फिल्म बनाएर आफूलाई पुनः लन्च गर्न अनुरोध गरे । छोराको यस अनुरोधमा पिताको जवाफ यस्तो थियो– ‘‘इन्दोरबाट मुम्बई आएपछि मैले कहिल्यै घोडामा त पैसा लगानी गरिन, गधामा म कसरी लगानी गर्न सक्छु ?’

तर, केही समयपछि सलमान खानले सुरज बडजात्याको फिल्म ‘मैने प्यार किया’मा काम पाए । यो फिल्मले उनलाई रातारात स्टार बनायो । हालै सलमानको फिल्म सिकन्दर यसै वर्ष रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । अब सलमान चाँडै फिल्म ब्याटल अफ गलवानमा देखिँदैछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर