भदौ १४, काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।
आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि असन्तुष्ट रहेका ज्ञवालीके पदबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।
सरकारले सो निर्णय गरे लगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका थिए ।