पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर बिग्रिएको छ । बिहान काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा पुगेका ओली चढेको हेलिकोप्टर बिग्रिएपछि अर्को हेलिकोप्टरमा फर्किएका छन् ।

ओली नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा दीक्षान्त समारोहमा सहभागी हुन गएका थिए । फर्कने बेलामा प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन सेनाको एमआई १७ हेलिकोप्टर गएको थियो ।

“अगष्टा हेलिकोप्टरमा सामान्य प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन अर्को हेलिकोप्टर गएको हो,” नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भने, “एमआई १७ हेलिकोप्टरमा प्रधानमन्त्री काठमाडौं फर्किसक्नु भएको छ ।”

समस्या देखिएको हेलिकोप्टर पनि सेनाका इन्जिनियरले जाँच गरेर काठमाडौं ल्याएका छन् ।