2026-09-22 12:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोरङमा केरा बगानभित्र दुई नाबालक दिदीबाहिनी मृत फेला, आमा बेपत्ता

भदौ १६, काठमाडौं । मोरङमा दुई दुई दिदीबाहिनी मृत अवस्थामा फेला परेका छन्। 

सुन्दरहरैँचा नगरपालिका–७ निवासी अर्जुन कार्की र अस्मिता पौडेल (कार्की)का १ वर्षीया छोरी अर्पणा र ३ वर्षीया आयिका घर नजिकै केराघारीभित्र मृत फेला परेका हुन्। उनीहरुको हत्या भएको आशंका प्रहरीले गरेको छ। 

घर नजिकै स्थानीय नारायण न्यौपानेको केराको बगैँचाभित्र दुई बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

‘उनीहरुको शव शनिबार साँझ भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले  भने, ‘आमा २९ वर्षीया अम्मिता बेपत्ता छिन्। बुवासँग हामीले सोधपुछ गरिरहेका छौँ।’

मृत भेटिएका दुई बालिकाका बुवा अर्जुनले पति-पत्नीबीच झगडा भएपछि शुक्रबार राति करिब साढे ८ बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएको बयान दिएका छन्।  बन्दै गरेको घरमा पानी नहालेको विषयमा उनीहरूबीच विवाद भएको प्रहरीले बताएको छ । छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की हिजो दिउँसो एकैठाउँमा मृत फेला परेका हुन् ।

स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र दिदी आयिकाले बाहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको बेलबारी प्रहरीले जनाएको छ ।

‘उनले यसअघि पनि आफूहरुबीच घर झगडा हुँदा पत्नीले घर छाडेर हिँड्ने गरेको बताएका छन्,’ डीएसपी बस्नेतले भने, ‘उनैले घरबाट निस्किएका पत्नी र छोरीको खोजी गर्ने क्रममा शनिबार साँझ शव फेला परेको हो।’

बालिकाहरुको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा  फेला परेको डीएसपी बस्नेतले बताए। बालिकाको शवमा कुनै बाहिरी चोट पटक छैन। छोरीहरुको शव फेला परे पनि अस्मिता कहाँ गइन् केही नखुलेको प्रहरीले जनाएको छ।  छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । अस्मिताले मोबाइल पनि केरा घारीमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहानैबाट न्यौपानेको खोजी कार्य भइरहेको छ । स्थानीय र प्रहरीले सुन्दरहरैँचा आसपासको जंगलमा खोजी जारी राखेका छन् ।

२ छोरी मृत भेटिएको ठाउँ र नजिकैको जंगलमा खोजी गर्दा पनि आमा अहिलेसम्म नभेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

धनकुटाको पख्रिबास नगरपालिका-४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा-७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनले नजिकै आफ्नो लागि घर बनाउँदै थिए । प्रहरीले बालिकाका बुवा अर्जुनलाई निगरानीमा राखेर घटनाको अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय