२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

७ वर्षकी छोरी छाडेर हिडेकी जयन्ती एक सातादेखि सम्पर्कविहीन

२०८१, १६ भाद्र आईतवार ११:४८

भदौ १६, काठमाडौँ । लमजुङमा एक २८ वर्षीया आमा ७ वर्षकी छोरी छाडेर एक सातादेखि सम्पर्कमा छैनन् । उनको खोजीमा परिवारजन तिब्र रुपमा लागेको भए पनि हालसम्म फेला परेकी छैनन् ।

लमजुङको मरस्र्याङदी गाउँपालिका– ६ को ठूलीबेसी गाउँमा घर भएकी जयन्ती थापा अधिकारी छ दिन अघि अर्थात भदौ ९ गते आइतबारदेखि वेपत्ता भएकी हुन् । तर उनी भदौ १० गते सोमबारको अपह्रान्न ३ बजेसम्म लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा रहेको र त्यहाँबाट बेसीशहर नगरपालिका– २ स्थित भकुन्डे गाउँमा साथी भेट्न जान्छु भनी हिडेकी रहिछन् ।


उनी सोही दिन करीब ५ बजेबाट मोवाइलमा सम्पर्क बिहीन भएको उनको घरमा बसेर पढ्ने भाञ्जी आस्था अधिकारीले बताइन् । उनका अनुसार माइजुले ‘बैनीलाई राम्रोसँग हेर्नु अब म आउँदिन’ भनेर घरबाट निस्कनु भएको बताएकी छन् ।

जयन्तीका श्रीमान् लेखमान अधिकारी वैदेशिक रोजगारीका लागि मलेसियामा रहेको बताइएको छ । उनले घरमा अन्य कोही नभएको हुँदा श्रीमतीको साथीका लागि भाञ्जीलाई साथमा राखेर पढाउने समेत व्यवस्था गरेको बुझिन आएको छ ।

एक अपुष्ट समाचार अनुसार जयन्ती थापा अधिकारीले अनलाइनबाट जुवा खेल्ने गर्थिन् । त्यो क्रममा उनको ऋण करिब एक करोड नाघेको भन्ने सुन्नमा आएको उनका एक छिमेकीकीले बताए ।

त्यही रन्कोमा हिडेकी उनी बेसीशहर नगरपालिका–१ को दलाल टोलसम्म मोवाइलको लोकेसन देखिएको त्यसपछि मोवाइल अफ भएको देखिएको छ । ती छिमेकीले भने, उनी मोवाइल अफ गरी अन्यत्र कतै गएर जिउँदै रहेकी छन् कि ! त्यहाँ (दलाल) नजिकै रहेको मस्र्याङ्दी नदीमा फाल हालिन् भन्ने एकिन हुन सकेको छैन । अब उनका श्रीमान आएपछि थप खोजी कार्य अघि बढ्ने छिमेकीले बताएका छन् ।

जयन्ती थापा अधिकारीको माइती मरस्र्याङदी गाउँपालिका– ३ मा रहेको र छोरीको गतिविधिका बारे माइतीलाई समेत कुनै थाहा नभएको खुल्न आएको छ । वेपत्ता भएकी उनको खोजीका लागि सहयोग गरिदिन उनका अफन्तजनले प्रहरी,मानवअधिकार कर्मी, पत्रकारलगयातलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ