2026-07-03 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पूर्णबहादुरको सारङ्गी’ले ८ दिनमा कमायो ११ करोड १० लाख

काठमाडौं । विजय बराल स्टारर नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको आठ दिनसम्म ११ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। शुक्रबार फिल्मको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले यो तथ्यांक सार्वजनिक गरेको हो।

फिल्मको कुल कारोबारमा ९ करोड ५० लाख रुपैयाँ नेट कमाइ र निर्माताको हिस्सा ४ करोड ७५ लाख पुगेको छ। वितरक कम्पनीका प्रमुख मनोज राठीले दोस्रो साता पनि फिल्मको आम्दानीमा थप वृद्धि हुने अनुमान गरिएको जानकारी दिए।

बिहीबार मात्र फिल्मले २ करोड ८५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। राठीका अनुसार शुक्रबार देशभर २.५ करोड र शनिबार ३ करोडभन्दा बढी कमाइ हुने प्रक्षेपण छ, जसले दोस्रो सप्ताहन्तसम्म फिल्मको कुल ग्रस कमाइ १६ करोड नाघ्न सक्ने संकेत गरेको छ।

फिल्मको लोकप्रियतासँगै देशभरका हलमा यसको शो संख्यामा पनि वृद्धि भई ४०० पुगेको छ। ‘पूर्णबहादुरको सारङ्गी’ले अहिले काठमाडौं उपत्यका र बाहिरी क्षेत्रहरूमा पनि आक्रामक कमाइ गरिरहेको छ। वितरकहरूको अनुमान छ कि यो गति कायम रहे, फिल्मले वर्तमानका सबै रेकर्डहरू तोड्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट