१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पूर्णबहादुरको सारङ्गी’ले ८ दिनमा कमायो ११ करोड १० लाख

२३ कार्तिक २०८१, शुक्रबार १७:०८

काठमाडौं । विजय बराल स्टारर नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको आठ दिनसम्म ११ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। शुक्रबार फिल्मको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले यो तथ्यांक सार्वजनिक गरेको हो।

फिल्मको कुल कारोबारमा ९ करोड ५० लाख रुपैयाँ नेट कमाइ र निर्माताको हिस्सा ४ करोड ७५ लाख पुगेको छ। वितरक कम्पनीका प्रमुख मनोज राठीले दोस्रो साता पनि फिल्मको आम्दानीमा थप वृद्धि हुने अनुमान गरिएको जानकारी दिए।

बिहीबार मात्र फिल्मले २ करोड ८५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। राठीका अनुसार शुक्रबार देशभर २.५ करोड र शनिबार ३ करोडभन्दा बढी कमाइ हुने प्रक्षेपण छ, जसले दोस्रो सप्ताहन्तसम्म फिल्मको कुल ग्रस कमाइ १६ करोड नाघ्न सक्ने संकेत गरेको छ।

फिल्मको लोकप्रियतासँगै देशभरका हलमा यसको शो संख्यामा पनि वृद्धि भई ४०० पुगेको छ। ‘पूर्णबहादुरको सारङ्गी’ले अहिले काठमाडौं उपत्यका र बाहिरी क्षेत्रहरूमा पनि आक्रामक कमाइ गरिरहेको छ। वितरकहरूको अनुमान छ कि यो गति कायम रहे, फिल्मले वर्तमानका सबै रेकर्डहरू तोड्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार