३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

साउथ सुपरस्टार अल्लु अर्जुन पक्राउ

२८ मंसिर २०८१, शुक्रबार १३:२९

काठमाडौँ | तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले गिरफ्तार गरेको छ।

डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको फिल्म ‘पुष्पा–२’ को सिनेमा हलमा प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । फिल्म ‘पुष्पा २’ रिलिजको पूर्वसन्ध्यामा हैदराबादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो । मानिसहरु अग्रिम टिकट काटेर चलचित्र हेर्न आउने गरेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार, उक्त घटनामा ३९ वर्षीया महिलाको ज्यान गएको थियो भने उनका छोरा गम्भीर घाइते भएका थिए। घटनापछि प्रहरीले सन्ध्या थिएटरका व्यवस्थापक, सुरक्षा टोली, र फिल्मका कलाकारविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रहरीले बताएअनुसार, प्रिमियर शोको जानकारी सम्बन्धित निकायलाई दिइएको थिएन।

शुक्रबार, चिक्कडपल्ली प्रहरी स्टेशनले अल्लु अर्जुनलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री पावर प्लेमा जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएर बनायो ३७ रन जनकपुर बोल्ट्सलाई पहिलो झट्का, दिपेन्द्रले लिए विकेट दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैङ्कलाई बाटो खुला सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्दै जनकपुर, आसिफले कप्तानी गर्ने कर्णाली भर्सेस चितवन: वाल्टन ‘प्लेयर अफ द म्याच’ घोषित ६८ लाख हुन्डी रकमसहित चार जना पक्राउ रोहितको उच्च स्कोरलाई उछिन्दै रवि बोपारा एनपीएलमा सर्वाधिक रन बनाउने ब्याटर चितवन राइनोजलाई २१ रनले हराउदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन टियूको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाहीको दायरामा आउनेछन् : प्रधानमन्त्री ओली चितवन राइनोजलाई जितका लागि ६४ रन आवश्यक दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु नेकपा एसमा फेरियो नेताहरूको जिम्मेवारी, स्कुल विभाग प्रमुखमा झलनाथ दुई क्याच लिएका गुल्सन फर्किए बेन्चमा पावर प्लेमा चितवन राइनोजले तेस्रो विकेट गुमाएर बनायो ४७ रन आज बुधबार तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? चितवन राइनोजले गुमायो दोस्रो विकेट कर्णाली याक्सले चितवन राइनोजलाई दियो १७६ रनको लक्ष्य संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दै भक्तपुरमा बुवाले गरे आफ्नै छोरालाई चक्कु प्रहार गरेर ह-त्या