३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अल्लु अर्जुनलाई चौकीमा लगेर सोधपुछ गरिदै, दोषी सावित भए ५ वर्ष जेल हुनसक्ने

२८ मंसिर २०८१, शुक्रबार १६:१०

काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले शुक्रबार बिहान घरबाट गिरफ्तार गरेको छ।

प्रहरीले अर्जुनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेर सोधपुछ सुरु गरेको छ। उनलाई मेडिकल परीक्षणका लागि गान्धी अस्पताल पनि लगिएको थियो, जहाँ कडा सुरक्षा व्यवस्था गरिएको छ।

डिसेम्बर ४ मा फिल्म ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु र उनका छोराको घाइते भएको घटनामा संलग्नताको आरोपमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, अर्जुनलाई घरबाट बिहानै बिना पूर्वजानकारी गिरफ्तार गरिएको थियो। उनलाई लुगा फेर्ने वा खाजा खाने समयसमेत दिइएको थिएन, जसले केही समर्थकलाई असन्तुष्ट समेत ब्यक्त गरेका छन्।

घटनापछि अल्लु अर्जुनले एक्स (पहिलेको ट्विटर) मा भिडियो पोस्ट गर्दै मृतक महिलाको परिवारसँग माफी मागेका थिए र २५ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका थिए। तर, पीडित परिवारले उजुरी दिएपछि डिसेम्बर ५ मा प्रहरीले अर्जुन, उनको सुरक्षा टोली, र थिएटर व्यवस्थापनविरुद्ध भारतीय न्यायिक संहिताको धारा १०५ र ११८ (१) अन्तर्गत मुद्दा दर्ता गरेको थियो। यसपछि प्रहरीले थिएटरका सञ्चालक र उनका इन्चार्जलाई पनि पक्राउ गरेको छ ।

भारतीय न्यायिक संहिताको धारा १०५ अनुसार दोषी पाइने व्यक्तिलाई न्यूनतम ५ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनकपुर बोल्ट्सलाई पहिलो झट्का, दिपेन्द्रले लिए विकेट दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैङ्कलाई बाटो खुला सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्दै जनकपुर, आसिफले कप्तानी गर्ने कर्णाली भर्सेस चितवन: वाल्टन ‘प्लेयर अफ द म्याच’ घोषित ६८ लाख हुन्डी रकमसहित चार जना पक्राउ रोहितको उच्च स्कोरलाई उछिन्दै रवि बोपारा एनपीएलमा सर्वाधिक रन बनाउने ब्याटर चितवन राइनोजलाई २१ रनले हराउदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन टियूको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाहीको दायरामा आउनेछन् : प्रधानमन्त्री ओली चितवन राइनोजलाई जितका लागि ६४ रन आवश्यक दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु नेकपा एसमा फेरियो नेताहरूको जिम्मेवारी, स्कुल विभाग प्रमुखमा झलनाथ दुई क्याच लिएका गुल्सन फर्किए बेन्चमा पावर प्लेमा चितवन राइनोजले तेस्रो विकेट गुमाएर बनायो ४७ रन आज बुधबार तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? चितवन राइनोजले गुमायो दोस्रो विकेट कर्णाली याक्सले चितवन राइनोजलाई दियो १७६ रनको लक्ष्य संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दै भक्तपुरमा बुवाले गरे आफ्नै छोरालाई चक्कु प्रहार गरेर ह-त्या कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै चितवन आज विश्वभरि अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदै