खेलकुद |


दक्षिण अफ्रिकाद्वारा भारत सात विकेटले पराजित

Posted on January 07, 2022 | views : 1498 |

पुस २३, काठमाडौँ | दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले पराजित गरेको छ । यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुने छ । पहिलो टेष्ट भारतले जितेको थियो ।  जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४०

Read More

बिग बास लिगमा सन्दीपको शानदार प्रदर्शन

Posted on January 06, 2022 | views : 1133 |

पुस २२, काठमाडौँ | बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने शानदार प्रदर्शन गरेका छन् । हिजो राति (बुधबार) भएको खेलमा सन्दीप आबद्द होबार्ट हरिकेन्स पराजित भएपनि सन्दीपको प्रदर्शनले भने चर्चा पाएको छ । सन्दीपले ४ ओभर बलिङ गर्दै २

Read More

कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि पेरिस फर्किए मेसी

Posted on January 06, 2022 | views : 1203 |

 एजेन्सी | पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेसीको कोभिड–१९को रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि मेसी अर्जेन्टिनाबाट पेरिस फर्किएको बताइएको छ । क्रिसमसको छुट्टी मनाउन घर गएका बेला उनलाई कोरोना संक्रमण देखिएको थियो । रिपोर्ट पोजेटिब आएपछि मेसी सेल्फ आइसोलेसनमा बसेका थिए ।

Read More

शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

Posted on January 03, 2022 | views : 1388 |

पुस १९, काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साताँै चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो

Read More

जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आयोजना हुँदै

Posted on January 03, 2022 | views : 1063 |

पुस १९,रत्ननगर । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। जिल्लामा

Read More

राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबारदेखि

Posted on December 31, 2021 | views : 1318 |

पुस १६, काठमाडौँ | नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा हेभी वेट, हार्डको

Read More

राष्ट्रिय क्रिकेट : बैतडीको टोली घोषणा

Posted on December 31, 2021 | views : 821 |

पुस १६, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणका लागि छानिएका २८ जनामध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो ।   जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर

Read More

कप्तान परिवर्तन हुँदैन ः प्रशिक्षक दसानायके

Posted on December 30, 2021 | views : 1926 |

पुस १५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताउनुभएको छ । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ

Read More

राष्ट्रिय भारोत्तोलन यसै महिना हुने

Posted on December 30, 2021 | views : 1330 |

पुस १५, काठमाडौँ | नेपाल भारोत्तोलन सङ्घको आयोजनामा २४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष रामकृष्ण श्रे

Read More

विजेता खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री अथक

Posted on December 30, 2021 | views : 899 |

पुस १५, काठमाडौँ | एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथक स्वयम् विमानस्थल पुगेका थिए । प्रतियोगितामा अपराजित रह

Read More

खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न प्रदेश प्रमुख परियारको आग्रह

Posted on December 30, 2021 | views : 1355 |

पुस १५, काठमाडौँ | रासस | कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न सुझाव दिनुभएको छ ।  कर्णाली प्रदेश खेलकुद विकास परिषद्को ‘प्रथम वार्षिकोत्सव’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले खेलकुद क्षेत्रको आधुनिक पुनःसंरचनाले उत्कृष्ट खेलाडी उत्पादन  र

Read More

स्वर्ण विजेता महिला भालिबल टोली स्वदेश फिर्ता

Posted on December 30, 2021 | views : 1190 |

पुस १५, काठमाडौँ | बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् ।नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो

Read More

सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

Posted on December 28, 2021 | views : 1427 |

पुस १३, काठमाडौँ | नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो ।  मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५–२४ ले जितेको

Read More

‘अल्पकालिन आदेशले खेल क्षेत्रमा दीर्घकालिन असर गर्‍याे’

Posted on December 28, 2021 | views : 889 |

पुस १३, काठमाडौँ | युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुपमै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेक

Read More

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार तेस्रो जित

Posted on December 25, 2021 | views : 1349 |

पुस १०, काठमाडौँ | एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ। ढाकामा आज शनिबार भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो। बंगलादेशमाथि नेपालले २५–५, २५–१५ र २५–१७ को सेटमा जित निकालेको हो । यो जितसँगै

Read More

क्रिकेट रङ्गशालाको लाइन काटियो

Posted on December 23, 2021 | views : 1281 |

पुस ८, चितवन | आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो ।  प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडे

Read More

साफ उपबिजेता खेलाडीहरु पुरस्कृत

Posted on December 21, 2021 | views : 746 |

पुस ६, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका छन्। १३ औं संस्करणको साफ च्याम्पीयनसिप प्रतियोगितामा उपविजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन्। मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रमम

Read More

क्रिकेट रङगशाला निर्माणबाट पछि हटे धुर्मुस-सुन्तली

Posted on December 20, 2021 | views : 2453 |

पुस ५, चितवन (रासस) | निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न

Read More

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै !

Posted on December 17, 2021 | views : 1338 |

पुस २, काठमाडौँ | सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज दुई खेलहरु हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुन

Read More

नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकमा दसानायके नियुक्त !

Posted on December 11, 2021 | views : 860 |

मंसिर २५, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। नियुक्तीबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई समेत शुक्रबार जानकारी गराएको क्यानले जनाएको छ। अब क्यानको बोर्ड बैठक बसेर

Read More

ए डिभिजन लिगका चौथो चरणका खेलहरु आजदेखि

Posted on December 10, 2021 | views : 1099 |

मंसिर २४, काठमाडौं | आजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चौथो चरणका खेलहरु हुनेछन्। चौथो चरणको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनको १ बजे हुनेछ। आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ। यो

Read More

अमेरिकाले ओलम्पिक बहिष्कारको मूल्य चुकाउनेछ : चीन

Posted on December 07, 2021 | views : 1567 |

काठमाडौँ, बीबीसी | चीनले बेइजिङमा सन् २०२२ मा हुने शीतकालीन ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने अमेरिकी योजनाको निन्दा गरेको छ। साथै यसको बदला लिने धम्की पनि दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दृढ प्रतिकार्य उपायहरू अवलम्बन गर्ने बताएका छन्। तर, थप विवरण भने दिएनन्। सोमबार अमेरि

Read More

सीता रानाले हङकङमा क्रिकेट खेल्ने

Posted on December 04, 2021 | views : 1566 |

मंसिर १८, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल- २०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । क्विन्स इभेन्ट मेनेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो ।

Read More

राष्ट्रिय टिमबाट ५ खेलाडी बाहिरिए, को-को छन् बन्द प्रशिक्षणमा ?

Posted on December 04, 2021 | views : 1818 |

मंसिर १८, काठमाडौं | राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् । महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन प्रतियोगिताका लागि तयारी गरिरहेको टोलीबाट पाँच खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिएका हुन्। नेपाल भलिबल संघले २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो । सो समूहबाट पहिलो

Read More