2026-10-05 04:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रैथाने धान हराउने चिन्ता

2025-07-07
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांशतः खेतमा पहेँले धान फल्ने गर्दथ्यो । तर अहिले त्यहाँको फाँटमा पहेँले धान पाउन मुस्किल छ ।
डेढ दशकको अन्तरालमा नै यहाँको फाँटमा पहेँले धान लगभग लोप जस्तै भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहेँले धानका विकल्पमा यहाँका खेतमा कृषकले नयाँ उन्नत जातका धान लगाउने गरेका छन् ।
पटनेरी जस्तै कास्कीकै पोखरा महानगरपालिका–३३ भरतपोखरीको खुर्वादी, छहरालगायत स्थानमा विगतमा लगाउने गरिएको बिरेनफुल जातको धान अहिले लोप नै भइसकेको छ । यहाँ लगाइने अन्य मधेशे, गुर्दी, जरनेली, मन्सरा जस्ता धानका विकल्पमा अन्य धान लगाउने गरिएको छ ।
कृषि प्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन् । परम्परागत रैथाने औषधीय गुण भएका धानका बीउ लोप हुँदै जानु यतिखेर चिन्ताको विषय बनेको छ । तालैतालले भरिएका कास्कीका ताल किनारमा विगतमा पाइने जङ्गली धान नाभो त लगभग एकादशको कथा जस्तै बनिसकेको छ । धानको अति प्राचीन प्रजाति नाभोबाटै अन्य धानको विकास भएको विश्वासका आधारमा यसलाई धानको जननीका रुपमा समेत लिने गरिएको छ ।
रैथाने प्रजातिका धानका बिउको संरक्षण गर्न लिबर्डका तर्फबाट स्थानीय समूदायलाई नै सहभागी गराएर विभिन्न प्रयास भइरहेको लिबर्डका प्राविधिक इन्द्र पौडेलले जानकारी दिनुुभयो । उहाँका अनुुसार समूदायकै सकृयतामा बेगनास क्षेत्रमा ४० भन्दा बढी जातका रैथाने धानको संरक्षण गर्ने काम भइरहेको छ ।
कास्कीकै आर्वा क्षेत्रमा ६÷७ जातका रैधाने धानको बिउ संरक्षणको पहल भइरहेको उहाँले जानकारी दिनुभयो । कास्कीकै अन्नपूर्ण गाउँपालिकाका विभिन्न ४७ रैथाने जातको धानको बिउ संरक्षणका लागि काम भइरहेको का प्राविधिक पौडेलको भनाइ छ । रैथाने जातमा अधिकांशमा रोगसँग लड्ने क्षमता कम हुने गरेका कारण रोग प्रतिरोधी जातसँग क्रसिङ गरेर परम्परागत जातहरू संरक्षण गर्ने गरिन्छ । लोपोन्मुख जातको संरक्षणका लागि बीउ सङ्कलन गरी खुमलटारस्थित जिन बैंकमा राख्ने गरिएको छ ।
रैथाने जातका धान तथा बाली विस्तारै लोपोन्मुख बन्न थालेपछि लेखनाथको सुन्दरीडाँडामा जैविक विविधता कृषि सूचना केन्द्र स्थापना गरी त्यहाँबाट पनि संरक्षणको पहल भइरहेको छ । उक्त केन्द्रले धान बालीका साथै, कोदो, तरकारीलगायतका कृषिजन्य उत्पादनका परम्परागत प्रजातिको बीउ संरक्षण गर्ने गरिएको छ । रैथाने जातको संरक्षणका लागि पछिल्लो समय कृषकको सकृयता बढेको पाइन्छ ।
उपत्यका, तालतलैया र सिमसार क्षेत्रजस्ता विविधतायुक्त भू–बनोट पाइने कास्कीमा ५० भन्दा बढी जातका स्थानीय धान लगाउने गरिए पनि विस्तारै राम्रो उत्पादनका लागि कृषक हाइब्रिड धानतर्फ आकर्षित बन्ने गरेका सुरौदीका अगुवा कृषक रमेश आचार्यले बताउनुुभयो ।
“सुरौदी र आसपासका क्षेत्रमा विगतमा लगाउने बातिसरा, मानामुरी, मधेशे, गुर्दी जस्ता धान अहिले पाइँदैन”, उहाँले भन्नुुभयो, “पछिल्ला समयमा राम्रो उत्पादन लिने सोचका साथ यस क्षेत्रमा हाइब्रिड धानको बिउ नै लगाउने गरिएको छ ।” रसायनिक मलको बढ्दो प्रयोगसँगै धानमा रहेका मौलिक गुण पनि हराउँदै गएको उहाँले बताउनुुभयो ।
विगतमा पटनेरी फाँटमा झुल्ने पहेँले धान खेतमा नै हरहर बास्ना आउने गरेकामा अहिले भने रासायनिक मलकै प्रयोगका कारण भान्छामा पनि वास्ना आउन छोडेको स्तानीय बताउँछन् । कास्कीका ताल तलैयाको छेउमा लगाइने गरेका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान लोप नै भइसकेको छ ।
समुद्री सतहबाट करीब ३०० मिटरदेखि ६०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, बिरम्फुल, आँगा, रमनी, रुदुवा मार्सी जस्ता धान देखिन छोडेका छन् । नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली पहेँले, मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित नै भइसकेको कृषकहरू बताउछन् ।
कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । पछिल्ला समयमा जिल्लामा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंले जस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ । बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो ।
विगत वर्षमा पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको सिशुवा, पटनेरीलगायतका स्थानमा बढ्दो प्लटिङका कारण धान खेतीमा कमी आउन थालेको छ । रैथाने जातको संरक्षणसँगै सकेसम्म स्थानीय जातको प्रवद्र्धन होस् भन्ने कुरामा महानगरपालिका गम्भीर रहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरिया बताउनुहुन्छ ।
महानगरपालिकाले पोखराको पहिचानका रुपमा रहेको पोखरेली जेठोबुढोको प्रवद्र्धनसँगै प्रयोग बढाउने कुरामा लागेको उहाँले बताउनुुभयो । यस वर्ष महानगरपालिका क्षेत्रमा सात हजार ५०० किलोग्राम पोखरेली जेठोबुढोको धानको बिउ अनुदानमा कृषकलाई उपलब्ध गराएको उहाँले बताउनुुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह