2026-10-24 02:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आज देखिने छैन चन्द्रमा, के हो कालो चन्द्रमा ?

एजेन्सी | आज अर्थात् १९ मे २०२३ शुक्रबारको दिन आकाशमा सधैजस्तो चन्द्रमा देखिनेछैन । रातको समयमा आकाश खुल्यो भनेपनि चम्किलो चन्द्रमा देखिनेछैन । आकाशमा दुर्लभ कालो चन्द्रमा हुनेछ ।

आखिर चन्द्रमा कालो कसरी हुनसक्छ ? के चन्द्रमाको प्रकाश सकिएर त्यस्तो भएको हो ? कालो चन्द्रमाले धर्तीमा कस्तो असर पार्नसक्छ ? कालो चन्द्रमाका पछाडिको विज्ञान के हो ?

हुनत कालो चन्द्रमा नामाकरणको कुनै वैज्ञानिक अर्थ छैन र यो नामसँग खगोल विज्ञानको कुनै सम्बन्ध पनि छैन । यसपटक आकाशमा देखापर्ने यस्तो चन्द्रमालाई आमरुपमा मौसमी कालो चन्द्रमा भनिन्छ ।

यो सिजनको चार नयाँ चन्द्रमामध्ये यो तेश्रो नयाँ चन्द्रमाको रुपमा रहेको छ । हरेक ३३ महिनामा यस्तो परिघटना हुने बताइन्छ ।

पृथ्वीको खगोलीय ऋतु हरेक सोल्सटिसमा सुरु भएर सम्पातमा सकिन्छ । अहिले उत्तरी गोलार्धमा वसन्त ऋतुको समय हो भने दक्षिणी गोलार्धमा हेमन्त ऋतु हो । यसको सुरुवात भर्नल इक्विनक्स अर्थात् सम्पातसँगै गत मार्च २० बाट भएको हो । सोही दिन नयाँ चन्द्रमा निस्किएको हो ।

नयाँ चन्द्रमा हरेक २९.५ दिनमा निस्किन्छ अर्थात् उक्त अवधिमा चन्द्रमाले पृथ्वीको एकपटक परिक्रमा गर्दछ । गर्मीयाममा पर्ने सोल्सटिस अर्थात् जुन २१ आउन अझै धेरै समय बाँकी छ ।

यो सिजनमा नयाँ चन्द्रमा निस्किने मिति २१ मार्च, २० अप्रिल, १९ मे र १८ जून हो । अर्थात् शुक्रबार निस्किने सिजनको तेश्रो चन्द्रमा ब्लाक मून हो ।

कालो चन्द्रमा अर्थात् ब्लाक मून चन्द्रमासँग सम्बन्धित विभिन्न घटनाहरु भन्दा फरक हुन्छ । जसरी ब्लू मून एउटा पूर्णचन्द्रको रुपमा हुन्छ भने यस्तै चन्द्रमा कतिपय बेला ब्लाक मून बन्दछ । यो हरेक ३२ महिनामा एकपटक हुन्छ ।

कुनै महिनामा नयाँ चन्द्रमा अर्थात् पूर्णिमा नभएको बेलामा पनि ब्लाक मून निस्किन्छ । यस्तो चाहीँ केवल फेब्रुअरीमा मात्रै हुन्छ । किनकि यो महिना दिनको हिसाबले छोटो हुन्छ र आमरुपमा केवल २८ दिनको मात्रै रहन्छ । यो महिनामा ब्लाक मून पाँच वा दशको फरकमा देखा पर्दछ ।

अँध्यारो चन्द्रमा यसकारण आकाशमा देख्न सकिँदैन किनकि चन्द्रमाको जुन चम्किलो हिस्सा हामीले दैनिक रुपमा देखेका हुन्छौँ त्यो अँध्यारो भागतर्फ पर्दछ । यसको अर्थ रातमा चन्द्रमा नहुने भन्ने होइन ।

तर चम्किलो भाग पछाडिपट्टि परेसँगै चन्द्रमामा कम प्रकाश हुनाले आकाशका झलमल्ला ताराको प्रकाशले चन्द्रमालाई देख्न गाह्रो हुन्छ । त्यसैले यदि तपाइँलाई अन्धकार रातमा धेरै ताराहरु आकाशमा हेर्न मन छ भने १९, २० र २१ मे को रात निकै उत्तम मौका हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने