2026-09-28 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आज देखिने छैन चन्द्रमा, के हो कालो चन्द्रमा ?

एजेन्सी | आज अर्थात् १९ मे २०२३ शुक्रबारको दिन आकाशमा सधैजस्तो चन्द्रमा देखिनेछैन । रातको समयमा आकाश खुल्यो भनेपनि चम्किलो चन्द्रमा देखिनेछैन । आकाशमा दुर्लभ कालो चन्द्रमा हुनेछ ।

आखिर चन्द्रमा कालो कसरी हुनसक्छ ? के चन्द्रमाको प्रकाश सकिएर त्यस्तो भएको हो ? कालो चन्द्रमाले धर्तीमा कस्तो असर पार्नसक्छ ? कालो चन्द्रमाका पछाडिको विज्ञान के हो ?

हुनत कालो चन्द्रमा नामाकरणको कुनै वैज्ञानिक अर्थ छैन र यो नामसँग खगोल विज्ञानको कुनै सम्बन्ध पनि छैन । यसपटक आकाशमा देखापर्ने यस्तो चन्द्रमालाई आमरुपमा मौसमी कालो चन्द्रमा भनिन्छ ।

यो सिजनको चार नयाँ चन्द्रमामध्ये यो तेश्रो नयाँ चन्द्रमाको रुपमा रहेको छ । हरेक ३३ महिनामा यस्तो परिघटना हुने बताइन्छ ।

पृथ्वीको खगोलीय ऋतु हरेक सोल्सटिसमा सुरु भएर सम्पातमा सकिन्छ । अहिले उत्तरी गोलार्धमा वसन्त ऋतुको समय हो भने दक्षिणी गोलार्धमा हेमन्त ऋतु हो । यसको सुरुवात भर्नल इक्विनक्स अर्थात् सम्पातसँगै गत मार्च २० बाट भएको हो । सोही दिन नयाँ चन्द्रमा निस्किएको हो ।

नयाँ चन्द्रमा हरेक २९.५ दिनमा निस्किन्छ अर्थात् उक्त अवधिमा चन्द्रमाले पृथ्वीको एकपटक परिक्रमा गर्दछ । गर्मीयाममा पर्ने सोल्सटिस अर्थात् जुन २१ आउन अझै धेरै समय बाँकी छ ।

यो सिजनमा नयाँ चन्द्रमा निस्किने मिति २१ मार्च, २० अप्रिल, १९ मे र १८ जून हो । अर्थात् शुक्रबार निस्किने सिजनको तेश्रो चन्द्रमा ब्लाक मून हो ।

कालो चन्द्रमा अर्थात् ब्लाक मून चन्द्रमासँग सम्बन्धित विभिन्न घटनाहरु भन्दा फरक हुन्छ । जसरी ब्लू मून एउटा पूर्णचन्द्रको रुपमा हुन्छ भने यस्तै चन्द्रमा कतिपय बेला ब्लाक मून बन्दछ । यो हरेक ३२ महिनामा एकपटक हुन्छ ।

कुनै महिनामा नयाँ चन्द्रमा अर्थात् पूर्णिमा नभएको बेलामा पनि ब्लाक मून निस्किन्छ । यस्तो चाहीँ केवल फेब्रुअरीमा मात्रै हुन्छ । किनकि यो महिना दिनको हिसाबले छोटो हुन्छ र आमरुपमा केवल २८ दिनको मात्रै रहन्छ । यो महिनामा ब्लाक मून पाँच वा दशको फरकमा देखा पर्दछ ।

अँध्यारो चन्द्रमा यसकारण आकाशमा देख्न सकिँदैन किनकि चन्द्रमाको जुन चम्किलो हिस्सा हामीले दैनिक रुपमा देखेका हुन्छौँ त्यो अँध्यारो भागतर्फ पर्दछ । यसको अर्थ रातमा चन्द्रमा नहुने भन्ने होइन ।

तर चम्किलो भाग पछाडिपट्टि परेसँगै चन्द्रमामा कम प्रकाश हुनाले आकाशका झलमल्ला ताराको प्रकाशले चन्द्रमालाई देख्न गाह्रो हुन्छ । त्यसैले यदि तपाइँलाई अन्धकार रातमा धेरै ताराहरु आकाशमा हेर्न मन छ भने १९, २० र २१ मे को रात निकै उत्तम मौका हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह