By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    15 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    18 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    18 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    18 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    21 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भारतको चन्द्र मिशनले पत्ता लगाएका कुरा कति महत्त्वपूर्ण?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > विश्व > भारतको चन्द्र मिशनले पत्ता लगाएका कुरा कति महत्त्वपूर्ण?
विश्व

भारतको चन्द्र मिशनले पत्ता लगाएका कुरा कति महत्त्वपूर्ण?

साझासवाल
Last updated: September 20, 2023 6:09 am
साझासवाल
8 Min Read
Share

असोज ३, काठमाडौँ | गत महिना चन्द्रमाको दक्षिणी ध्रुवनजिकै चन्द्रयान-३ अवतरण गराएर भारतले इतिहास रच्यो।

चन्द्रयान-३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू सङ्कलन गरेर १० दिन बिताएका थिए।

यो महिनाको सुरुमा वैज्ञानिकहरूले चन्द्रमामा लामो अवधिसम्म अँध्यारो हुने गरी सूर्यास्त हुन लाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए किनकि ती ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिन्छ।

भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले यही “२२ सेप्टेम्बरतिर” चन्द्रमामा अर्को चन्द्रदिनको आरम्भ हुँदा तिनीहरू ‘बिउँझिने’ आशा गरिएको बताएको थियो।

इसरोले ती रोभर र ल्यान्डरको गतिविधि र खोजहरूबारे नियमित जानकारीहरू प्रकाशित गर्नुका साथै तस्बिरहरू पनि सार्वजनिक गरिरहेको छ।

ती जानकारीहरूले थुप्रै भारतीयलाई उत्साहित बनाएको छ भने केहीले त्यसरी पत्ता लागेका नयाँ कुराहरूको महत्त्व के छ भनेर चासो देखाएका छन्।

बीबीसीले नासाकी पूर्ववैज्ञानिक तथा दिल्लीमा रहेको अन्तरिक्ष शिक्षा कम्पनी स्टेम एन्ड स्पेसकी सहसंस्थापक मिला मित्रलाई चन्द्रयान-३ ले गरेका ठूला खोज र तिनको महत्त्वका बारे विस्तारमा बताउन अनुरोध गरेको छ।

कति दूरी तय भयो?

सेप्टेम्बर २ तारिखमा प्रज्ञान रोभरलाई निष्क्रिय अवस्थामा राख्नुअघि इसरोले उक्त रोभरले “१ सय मिटरको दुरी पार गरिसकेको र यात्रा जारी रहेको” बताएको थियो।

प्रति सेकेन्ड एक सेन्टिमिटरको दरले अघि बढ्ने उक्त ६ पाङ्ग्रे रोभरका लागि त्यो यात्रा लामो हो।

मित्र भन्छिन् उक्त रोभरले चन्द्र सतहमा सुरक्षित रहेर चलायमान हुन सक्यो र यसअघि अनुसन्धान नभएको चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रमा धेरै सङ्ख्यामा रहेका खाडल ‘क्रेटर’ हरूमा खसेन जुन उल्लेखनीय विषय हो।

उक्त रोभरमा ‘रकर बोगी’ भनिने पाङ्ग्राहरूको विशेष संयोजन छ जसको अर्थ ति सबै छ वटा पाङ्ग्राहरू एकैसाथ चल्दैनन्।

यसबाट उक्त रोभरलाई माथि चढ्न र तल ओर्लन सहयोग पुग्छ।

तर गहिरो क्रेटरमा खसेमा भने त्यो बाहिर निस्कन सक्दैन। त्यही भएर उक्त रोभरले क्रेटरहरूको मुख छल्दै तिनलाई घुमेर अगाडि बढ्नु वा फर्केर पछाडि सर्नु जरूरी हुन्छ।

र, मित्र भन्छिन्, त्यस्तो कार्य पृथ्वीमा रहेको नियन्त्रण केन्द्रमा बसेका वैज्ञानिकहरूले गर्छन् जसले “चन्द्रमालाई रोभरको आँखाबाट हेर्छन्।”

“रोभर स्वचालित छैन र त्यसका गतिविधिहरू त्यसले पठाएका तस्बिरहरूको आधारमा नियन्त्रण केन्द्रबाट सञ्चालित हुन्छन्।”

“घुमाउरो तरिकाले ती तस्बिरहरू नियन्त्रण केन्द्र (कमाण्ड सेन्टर) सम्म आइपुग्ने भएकाले त्यसका लागि केही समय ढिलो हुन्छ। प्रज्ञानले ती तस्बिरहरू पहिला ल्यान्डरमा पठाउँछ। ल्यान्डरले चन्द्रमा वरिपरि घुमिरहेको अर्बिटरमा त्यसलाई पठाउँछ र अर्बिटरबाट त्यो पृथ्वीमा आइपुग्छ।”

त्यसैले कमाण्ड सेन्टरले पठाएको निर्देशन रोभरसम्म पुग्दा त्यो जोखिमको केही कदम अगाडि पुगिसकेको हुनसक्छ।

दुई वटा क्रेटर वरपर सुरक्षित रूपमा घुमेर अघि बढ्न सकेको तथ्यले कमान्ड सेन्टरसँग छिट्टै सञ्चार सम्पर्क गर्न सकेको रहेछ भन्ने देखाएको मित्रले बताइन्।

तातो र चिसो तापक्रमको चरम अवस्था

चन्द्रमाको माथिल्लो तहको माटो र त्यसको १० सेन्टिमिटर गहिराइको तापक्रममा निकै भिन्नता देखिएको छ।

चन्द्र सतहको माटोका बारे सङ्कलन गरिएको पहिलो खेपको डेटाका अनुसार त्यहाँको सतहमा तापक्रम ६० डिग्री सेल्सिअस देखिएको छ भने जमिनको ८० मिलिमिटर (झण्डै तीन इञ्च) सतहमुनि स्वात्तै घटेर -१० सेल्सिअस तापक्रम देखिएको छ।

नासाका अनुसार चन्द्रमा चरम प्रकृतिको तापक्रमका लागि चिनिन्छ।

दिउँसोको समयमा चन्द्रमाको भूमध्यरेखा वरपरको तापक्रम १२० डिग्री सेल्सिअस पुग्छ भने रातिको समयमा त्यो -१३० डिग्री सेल्सिअस पुग्छ। र, सूर्यको किरण कहिल्यै नपर्ने तथा सँधै छाँयामा रहने क्रेटरहरूमा तापक्रम -२५० सेल्सिअस मापन गरिएको छ।

तर तापक्रममा देखिएको यो फराकिलो अन्तर महत्त्वपूर्ण छ किनभने यसले चन्द्रमाको माटोको तापलाई रोक्न सक्ने एकदमै राम्रो इन्सुलेटर वा अवरोधक हो भन्ने देखाउने मित्र बताउँछिन्।

“यसको अर्थ अन्तरिक्षमा बस्ती बनाउन परे तातो, चिसो र विकिरणलाई रोक्न त्यसको प्रयोग गर्न सकिन्छ। यो बसोबास स्थलका लागि प्राकृतिक इन्सुलेटर हुन जानेछ,” उनले भनिन्।

यो सतहमुनि पानीको बरफ छ भन्ने सङ्केत पनि हुनसक्छ।

चन्द्रमाको क्रमिक विकासबारे जानकारी

रोभरमा रहेको लेजर डिटेक्टरले दक्षिणी ध्रुव नजिकैको चन्द्रमाको सतहमा रसायनहरूको मापन गर्‍यो। त्यसले त्यहाँ एल्मुनिअम, क्याल्सिअम, आइरन, क्रोमिअम, टाइट्यानिअम, म्याङ्गनिज, सिलिकन र अक्सिजन जस्ता तत्त्वहरूको समूह नै फेला पार्‍यो।

तर वैज्ञानिकहरूका अनुसार पत्ता लागेको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सल्फरसँग सम्बन्धित छ।

सन् १९७० देखि नै चन्द्रमामा सल्फरको उपस्थिति छ भन्ने थाहा भएको हो।

तर क्रिस्टलको हिस्सा वा खनिजभित्र नभई चन्द्रमाको सतहमै सल्फर पाइनुलाई वैज्ञानिकहरूले “एक विशाल उपलब्धि” भनेका छन्।

मित्रले पनि माटोमा सल्फर हुनु थुप्रै अर्थमा महत्त्वपूर्ण भएको बताइन्।

“सल्फर प्राय: ज्वालामुखीबाट आउँछ। त्यसैले चन्द्रमा कसरी बन्यो र यसको क्रमिक विकास कसरी भयो भन्ने जानकारीका साथै यसको भूगोलबारे हामीलाई पनि ज्ञान दिन्छ।

“यसले चन्द्रमाको सतहमा पानीको बरफ रहेको सङ्केत गर्छ र सल्फर खेतीका लागि निकै उपयोगी हुने हुँदा यदि चन्द्रमामा मानव बसोबास हुन गएको खण्डमा यसको मद्दतले त्यहाँ बिरुवा उमार्न पनि सकिने हुँदा यो खुसीको खबर हो।”

के त्यो साँच्चै चन्द्र-कम्प थियो?

विक्रम ल्यान्डरमा एउटा उपकरण छ जसले त्यसका आफ्नै अध्ययन र प्रयोगहरूका साथै रोभर र त्यसका गतिविधिहरूबाट निस्कने कम्पनहरूको मापन गर्छ।

चन्द्रमामा हुने कम्पनहरू, लुनार साइस्मिक एक्टिभिटी जाँच गर्ने उपकरणले जमिनको कम्प सुन्ने भए पनि त्यसले “प्राकृतिक रूपमै उत्पन्न भएको जस्तो देखिने एउटा गतिविधि” पनि रेकर्ड गरेको र त्यसको स्रोतको अनुसन्धान गरिरहेको छ।

यो घटनाको एम्लिट्यूड धेरै ठूलो मापन गरिएको छ जसको अर्थ त्यो निकै बलियो थियो भन्ने हुन्छ, नासाकी पूर्व वैज्ञानिक मित्र भन्छिन् यसको थुप्रै प्रकारका व्याख्याहरू हुन सक्छन्।

“त्यो चन्द्र सतहमा ठोक्किएको उल्का वा क्षुद्रग्रह जस्तो अन्तरिक्ष भग्नावशेषका कारण हुनसक्छ। वा, त्यो कुनै पृथ्वीमा हुने भूकम्पीय गतिविधि जस्तै केही हुनसक्छ। त्यसो भएमा त्यो सन् १९७० को दशकमा अभिलेख गरिए यताको पहिलो चन्द्र-कम्प हुनेछ। त्यो अवस्थामा, यसले चन्द्रमाको सतह मुनी के छ र यसको भूगोल कस्तो छ भन्ने व्याख्या गर्न सक्छ।”

चन्द्रमा प्लाज्मा के हो?

जब इसरोले एक्स (पहिलाको ट्वीटर) मा एउटा पोस्ट गर्दै ल्यान्डरमा रहेको उपकरणले चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा “चन्द्रमाको सतहको एकदमै नजिक अवस्थित प्लाज्मा वातावरणको सबैभन्दा पहिलोपल्ट मापन गरेको” र त्यहाँ त्यो “तुलनात्मक रूपमा थोरै वा पातलो रहेको” पत्ता लगाएको जनाएपछि त्यसको अर्थ के हो भनेर धेरैले जिज्ञासा राखेका थिए।

यहाँ प्लाज्मा भन्नाले वातावरणमा चार्ज भएका कण वा पार्टीकलहरूको उपस्थितिलाई जनाउँछ जसले चन्द्रयान-३ ले प्रयोग गरिरहेको रेडियो तरङ्गमा आधारित सञ्चार सम्पर्कलाई असर पार्न सक्छ।

मित्रले भनिन्, “यो निकै पातलो हुनु खुसीको खबर हो किनभने यसले रेडियो सञ्चारलाई एकदमै कम बाधा पुर्‍याउँछ।”

जब ल्यान्डर उफ्रियो

सेप्टेम्बरको सुरुमा ल्यान्डरलाई निस्क्रिय अवस्थामा राख्नुअघि गरिएको अन्तिम कार्य भनेको इसरोका अनुसार त्यसलाई गर्न लगाइएको “उफ्रिने प्रयोग” थियो।

उक्त निकायले भनेको छ ल्यान्डरलाई “उसको इन्जिन चलाउन निर्देशन दिइयो, त्यो करिब ४० सेन्टिमिटर माथि उड्यो र ३०-४० सेन्टिमिटर परको दुरीमा फेरि जमिनमा उत्रियो।”

यो “सफल प्रयोग” को अर्थ त्यो अन्तरिक्ष यानलाई भविष्यमा पृथ्वीमा नमुना ल्याउनमा प्रयोग गर्न वा अन्य मानवसहितका मिश नका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको इसरोले जनाएको छ।

त्यसो भए के यो छोटो उफ्राइ भारतको भविष्यका अन्तरिक्ष योजनाका लागि ठूलो फड्को हुनसक्छ?

मित्रले ल्यान्डरले “चन्द्रमामा अवतरण गरिसकेपछि राम्ररी काम गरिरहेको छ कि छैन भनेर यकिन गर्न त्यसको इन्जिनलाई पुनः चलाएर परीक्षण गरिएको” बताइन्।

“हालसम्म यस्तो परीक्षण र उड्ने अभ्यास पृथ्वीबाट मात्र हुने गरेकामा उक्त यानसँग चन्द्र सतहको वातावरणमा पनि उड्ने क्षमता रहेको भनेर यसले देखाएको छ”, उनी भन्छिन्।

Share This Article
Facebook Email Copy Link Print
Previous Article वैदेशिक रोजगारमा जाँदा म्यानपावरलाई तिर्नपर्ने शुल्क बढाउने निर्णय, एक महिनाको तलब बराबर हुने
Next Article आज बुधबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छः नेटो

57 years ago
काठमाडौँ - KTMविश्व

ब‌गलादेशमा राष्ट्रिय गौरवको पद्मा पुलः एडीबीले हात झिक्यो, सरकारले सम्पन्न गरेरै छाड्यो

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारविश्व

अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट

1 year ago
मुख्य समाचारविश्व

१८ युरोपेली देशले युक्रेन जोगाउन गठबन्धन बनाउने

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?