2026-10-10 06:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अल्लु अर्जुनलाई चौकीमा लगेर सोधपुछ गरिदै, दोषी सावित भए ५ वर्ष जेल हुनसक्ने

काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले शुक्रबार बिहान घरबाट गिरफ्तार गरेको छ।

प्रहरीले अर्जुनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेर सोधपुछ सुरु गरेको छ। उनलाई मेडिकल परीक्षणका लागि गान्धी अस्पताल पनि लगिएको थियो, जहाँ कडा सुरक्षा व्यवस्था गरिएको छ।

डिसेम्बर ४ मा फिल्म ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु र उनका छोराको घाइते भएको घटनामा संलग्नताको आरोपमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, अर्जुनलाई घरबाट बिहानै बिना पूर्वजानकारी गिरफ्तार गरिएको थियो। उनलाई लुगा फेर्ने वा खाजा खाने समयसमेत दिइएको थिएन, जसले केही समर्थकलाई असन्तुष्ट समेत ब्यक्त गरेका छन्।

घटनापछि अल्लु अर्जुनले एक्स (पहिलेको ट्विटर) मा भिडियो पोस्ट गर्दै मृतक महिलाको परिवारसँग माफी मागेका थिए र २५ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका थिए। तर, पीडित परिवारले उजुरी दिएपछि डिसेम्बर ५ मा प्रहरीले अर्जुन, उनको सुरक्षा टोली, र थिएटर व्यवस्थापनविरुद्ध भारतीय न्यायिक संहिताको धारा १०५ र ११८ (१) अन्तर्गत मुद्दा दर्ता गरेको थियो। यसपछि प्रहरीले थिएटरका सञ्चालक र उनका इन्चार्जलाई पनि पक्राउ गरेको छ ।

भारतीय न्यायिक संहिताको धारा १०५ अनुसार दोषी पाइने व्यक्तिलाई न्यूनतम ५ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने