2026-09-18 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फ्यानलाई चुम्बन गर्दा विवादमा गायक उदित नारायण झा

काठमाडौँ | भारतीय गायक उदित नारायण झा विवादमा तानिएका छन्। एक महिला फ्यानलाई चुम्बन गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ।

३१ जनवरी राति उदित नारायण एक कन्सर्टमा गाउँदै थिए। त्यसपछि सेल्फी खिच्ने क्रममा एक महिला फ्यानले उनको गालामा चुम्बन गरिन्। यसपछि उदितले ती फ्यानलाई ओठमा किस गरे। जुन भिडिओ यतिखेर भाइरल भइरहेको छ।

सामाजिक सञ्जालमा विभिन्न खाले टिप्पणी भइरहेको छ। केहीले एआईद्वारा भिडिओ बनाइको बताइरहेका छन्। केहीले भने उदितको व्यवहार लज्जास्पद भन्दै कमेन्ट गरिरहेका छन्। ‘मलाई आफ्नो आँखामा विश्वास लागेन, यो के हँदैछ। हामी यी सेलिब्रेटीलाई भगवान मान्छौं,’ एक प्रयोगकर्ताले लेखेका छन्।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उदितले स्पष्टीकरणनै दिनुपरेको छ। ट्रोल भएपछि उनले कन्सर्टमा फ्यानहरू खुसी हुन्छन् र हामीले उनीहरूलाई पनि खुसी बनाउनुपर्छ भन्दै यसलाई ठूलो कुरा बनाएर फैलाउनु नहुने टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘फ्यानहरू धेरै क्रेजी छन्, हामी त्यस्ता होइनौं, हामी सभ्य मान्छे हौं। केही मानिसहरूले यसलाई प्रचार गर्छन् र यसको माध्यमबाट आफ्नो माया व्यक्त गर्छन्।’

साथै उनले यसमा ध्यान नदिन आग्रह गरेका छन्। ‘यो कुरा भाइरल बनाएर के गर्ने भीडमा धेरै मानिस थिए र हामीसँग अंगरक्षक पनि थिए। फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छ जस्तो लाग्छ। त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन्। यो सब क्रेज हो, यसमा त्यति ध्यान दिनुहुन्न।’

उदित नारायणले चर्चित हिन्दी गीतसहित थुप्रै नेपाली गीत समेत गाइसकेका छन्।

उदितनारायण यसरी विवादमा परेको भने पहिलो पटक होइन । उनले पटक पटक गायिका सहकर्मीलाई पनि विगतमा चुम्बन गरेर विवादमा परेका थिए ।

एक अवार्ड समारोहमा उदित नारायणले गायिका श्रेया घोषाललाई पनि चुम्बन गरेका थिए । गायिका श्रेया अवार्ड स्टेजमा पुगेको अवसरमा स्टेजमा उपस्थित रहेका उदितले श्रेयालाई अँगालो हालेर गालामा चुम्बन गरेका थिए । यो घटना निकै विवादित रहे पनि श्रेया उदित दुवैले प्रतिक्रिया दिएका थिएनन् ।

त्यस्तै उदितनारायण गायिका अलका याग्निकलाई चुम्बन गरेर विवादमा आएका थिए । वास्तवमा, एक रियालिटी शोको क्रममा, अलका याज्ञिक र उदितले स्टेजमा सँगै प्रस्तुति दिएका थिए । यसपछि अचानक उदितले अलकाको गालामा पनि चुम्बन गरे । उदितलाई त्यतिबेला पनि ट्रोल गरिएको थियो ।

भिडीयो:

https://youtube.com/shorts/HnQ3MVpKIyc?si=dDVsPPo4RwPIt0GM

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई