2026-10-05 05:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित

2026-10-05

काठमाडौँ | संयुक्त राष्ट्र महासभामा सहभागी हुन न्युयोर्क पुगेका इरानी प्रतिनिधिमण्डलका थप दुई कूटनीतिज्ञहरूलाई अमेरिकाले देशबाट निष्कासित गरेको छ। अमेरिकी विदेश मन्त्रालयको कडा आदेश र ताकेतापछि पनि तोकिएको समयभित्र देश नछाडेपछि उनीहरूलाई निष्कासित गरिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोको निर्देशन उद्धृत गर्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘विदेश मन्त्री रुबियो आफ्नो कामप्रति निकै कडा हुनुहुन्छ। संयुक्त राष्ट्र महासभा समाप्त भएको धेरै समय बितिसक्दा पनि इरानी प्रतिनिधिमण्डलका दुई सदस्य अझै न्युयोर्कमै रहेको भेटियो। उनीहरूले यहाँ बस्ने अवधि नाघिसकेकाले अहिले देशबाट निकालिएको छ।’अमेरिकी अधिकारीहरूका अनुसार विदेश मन्त्रालयले गत सोमबार नै संयुक्त राष्ट्रका लागि इरानी मिसनलाई आफ्नो सम्पूर्ण प्रतिनिधिमण्डल तत्काल फिर्ता लैजान कडा आदेश दिएको थियो। तर,इरानले भने सोमबार नै विदेश मन्त्री अब्बास अरागचीसहितको टोली पूर्व-निर्धारित तालिकाअनुसार फर्किसकेको र अमेरिकाले झुटा खबर फैलाएको दाबी गरेको थियो।

इरानको खण्डनका बाबजुद शुक्रबार अमेरिकी अधिकारीहरूले इरानका दुई कूटनीतिज्ञ अझै पनि न्युयोर्कमै बसिरहेको पत्ता लगाएपछि उनीहरूलाई पुनः तत्काल अमेरिका छाड्न अन्तिम ताकेता गरेका थिए। त्यसपछि एक इरानी कूटनीतिज्ञ शुक्रबार राति र दोस्रो कूटनीतिज्ञ शनिवार बिहान अमेरिकाबाट बाहिरिएका छन्। होर्मुज जलमार्ग खोल्ने, क्षेत्रीय युद्धविराम र परमाणु कार्यक्रमसम्बन्धी अप्रत्यक्ष वार्ताहरू बिना कुनै निष्कर्ष टुङ्गिएपछि वासिङ्टन र तेहरानबिचको सम्बन्ध अझ गम्भीर मोडमा पुगेको छ। कूटनीतिक प्रयासहरू असफल भइरहँदा र नयाँ सैन्य भिडन्तको जोखिम बढिरहेका बेला अमेरिकाको यो कदमलाई तेहरानमाथि थप दबाब सिर्जना गर्ने रणनीतिका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड