2026-10-10 10:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न, फिनाले कार्तिक १६ मा

कात्तिक ८, चितवन | मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ भने ग्राण्ड फिनाले यहि आउदो कार्तिक १६ गते शनिबार भब्यताको साथ् गरिने आयोजक सस्थाकी अध्यक्ष सरिता आचार्यले बताएकी छिन । भर्खरै मात्र सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफ्नो-आफ्नो कला, क्षमता प्रदर्शन गरेका थिए । 

भरतपुर चितवनमा नै पहिलो पटक युवा तथा युवतीहरुको लागि क्रियटिभ इन्साइट मिडिया प्रालिले “मिस्टर एण्ड मिस स्टार चितवन २०१९ ” प्रतियोगिताको आयोजना गरेको हो । उक्त प्रतियोगितामा सबिना गुरुङ, रुपा केसी, सिमा महतो, बेनिशा छेत्री, नविना अधिकारि, श्रवन श्रेष्ठ, सनम कंडेल, भावना पाण्डे, मनोज तामाङ, किरण दनुवारले प्रतिश्प्रधा गरिरहेका छन् ।

होटल बन्दीपुरमा सम्पन्न भएको उक्त ट्यालेन्ट राउण्ड प्रतियोगितामा बिकाश सापकोटा, कमल बराल, अस्मिता नेपालीले निर्णायकको भूमिका निर्बाह गरेका थिए ।

चितवनमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरेर अनुभब बटुली सकेकि सरिता आचार्यको आयोजनामा भईरहेको  यस प्रतियोगितमा मोडल सम्पदा अमगाई र मोडल सृष्टि भुसाल कार्यक्रम संयोजक रहेका छन् ।

भबिष्यमा नेपाल बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिएको कुरा “मिस्टर एण्ड मिस स्टार चितवन २०१९” को अधक्ष्य आचार्य बताउछिन ।

मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन। साथै बिजेतालाई नगद सहित आकर्षक पुरस्कार समेत प्रदान गरिनेछ ।

कोरियोग्राफर अस्मिता नेपालीले कोरियोग्राफी गरिरहेकी प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिदै आएको छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित अन्य गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक सस्थाले गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध