निर्वाचनले तात्दै रामेछाप, मतको जोडघटाउ गर्दै राजनीतिक दल
मङ्सिर २, मन्थली । नजिकका हिमशृंखलाले यहाँका कतिपय ठाउँमा चिसो बढाएको भएपनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले पूरै रामेछाप जिल्लाको माहोललाई तताइदिएको भान हुन्छ ।
जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा...